नेभिगेशन
सबै कुरा

कृष्ण कंडेलमाथि लागेका ८ आरोप र खण्डन

काठमाडौँ । आफ्नै कलाकारले विद्रोह गरेर गम्भिर आरोप लगाएपछि बिहीबार ‘इन्द्रेणी’ कार्यक्रमका सञ्चालक कृष्ण कंडेलले पत्रकार सम्मेलन गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘इन्द्रेणी’ को बुद्धनगरस्थित स्टुडियोमा आयोजित पत्रकार सम्मेलनमा कंडेलले पत्रकार सम्मेलनको अधिकांश समय आफ्नो बचाउमा खर्च गरे । तर, पूर्व कर्मचारीहरूले लगाएको आरोपको स्पष्ट जवाफ दिन सकेनन् । बरु उनले भावनात्मक कुरा गरेर पत्रकार सम्मेलन भर आफूमाथि लागेको आरोप पन्छ्याउने प्रयास गरे । 

Ncell
Extreme Energy

शुक्रबारको कंडेलको पत्रकार सम्मेलन र बुधबार र बिहीबार उनीमथि इन्द्रेणीकै कलाकारले लगाएको आरोप र जवाफ हामीले यहाँ तुलना गरेका थियौँ । पत्रकार सम्मेलन गरेर इन्द्रेणीबाट निकालिएका कलाकार शर्मिला श्रेष्ठसहितका कलाकारले लगाएको आरोपबारे कंडेल स्पष्ट खण्डन गर्न  सकेनन्  । 

आरोप र खण्डन  

आरोपः कलाकार शर्मिला श्रेष्ठ लगायतलाई इन्द्रेणीले जागिरबाट निकाल्यो ।

खण्डन : निकालिएको होइन । 

आरोपः कलाकारहरुमाथि यौनहिंसा गरियो 

खण्डनः निराधार हो ।

आरोप : कलाकारलाई १० वर्ष काम गरे घर दिने सम्झौता थियो, घर दिने बेलामा निकालियो ।

खण्डनः कसैलाई यस्तो सम्झौता गरेको छैन । 

आरोपः महिला कलाकारको घरमा कँडेल गए 

खण्डन : म सबै कलाकारको घरमा राम्रो नियत र सेवाका लागि जान्छु । यो गलत हो  ?

आरोप : कार्यक्रममा लामो समयदेखि काम गरेका कलाकार शर्मिला श्रेष्ठ र अन्य कलाकारलाई जागिरबाट निकालेको ।

खण्डन :आफूले इन्द्रेणीमा काम गरेका कलाकारलाई अन्याय गरेको छैन । 

आरोप : कलाकारहरुको यौन शोषण र दुर्व्यवहार गरेको । 

खण्डन : ति सबै आरोपहरु निराधार हुन् । 

आरोप : स्टाफ मिटिङ भनेर बोलाई कर्मचारीमाथि कुटपिट गरेको । 

खण्डन : मेरो परिवारको समेत चरित्रहत्या गर्ने कुरा गरेपछि, आवेशमा आएपछि, छोरालाई नै नराम्रो गर्न खोजेपछि उनीहरुलाई धकेलेको हो । 

आरोप : इन्द्रेणीमा आर्थिक अनियमितता गरेको बाहिर आउने डरले कलाकारहरुलाई निकालेको । 

खण्डन : कानुन अनुसार अडिट गरिएको छ । आर्थिक अनियमितता भएकै छैन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘एक्स्ट्रिम म्युजिक सिरिज’: नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !

‘एक्स्ट्रिम म्युजिक सिरिज’: नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब !

एक्स्ट्रिम इनर्जी ड्रिंकको अवधारणामा आधारित यस सिरिजको व्यवस्थापन आर्बिट्ररी रेकड्र्स र निर्माण एनएफटीपी (नर्थ फ्रम दिस प्लानेट) ले गरिरहेका छन् । सिरिजअन्तर्गत प्रत्येक दुई सातामा एउटा नयाँ मौलिक...
रोशनराज भट्टराई र एलिना चौहानको 'तीजको लहर' गीत सार्वजनिक

रोशनराज भट्टराई र एलिना चौहानको 'तीजको लहर' गीत सार्वजनिक

गीतकार रोशनराज भट्टराई र गायिका एलिना चौहानकाे नयाँ तीज गीत 'तीजको लहर' सार्वजनिक भएको छ ।
लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

लालीबजारको प्रदर्शन रोकियो, दुबै पक्षसँग छलफल गर्न २२ गते पेशी

अदालतले २२ गतेसम्म चलचित्रको प्रदर्शन नगर्नु नगराउनु भी विपक्षीको नाममा अल्पकालिन अनतरिम आदेश दिएको हो । आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए १५ दिनभित्र...
अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथामा बनेको म्युजिक भिडियो 'तेरी मेरी कहानी'

अर्जुनले ल्याए सिर्जना र विवेकको प्रेमकथामा बनेको म्युजिक भिडियो 'तेरी मेरी कहानी'

ब्रेन क्यान्सरका कारण विवेकको निधन भएको वर्ष दिनको तिथि पारेर गीत रिलिज गरिएको हो । विवेकको उपचार चलिरहेको समयमा अमेरिकाबाट सिर्जनाले पोस्ट गर्ने भिडियोहरु नेपाल र भारतमा सामाजिक...