नेभिगेशन
सबै कुरा

कालोमोसो दल्न गएकाहरु जब ५ लाखको चेकसहित झोला र जुत्तासमेत छोडेर भागे

काठमाडौँ । शुक्रबार बिहान पौने १० बजे नै डीडीसीका महाप्रबन्धक सञ्जीव झा लैनचौरस्थित कार्यालय पुगिसकेका थिए । कार्यकक्षमै संस्थानको एक मिटिङ सकेर अर्को एक मिटिङका लागि कुर्दै गर्दा उनको कार्यकक्षमा ४ जना मानिस छिरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जसमा पहिलो व्यक्ति संस्थानकै कर्मचारी थिए । उनी झा भन्दा बायाँतिरको सोफामा बसे । उनी भन्दा पछि ३ जना केटाहरु पनि भित्र छिरे । ति केटाहरु झाको कार्यकक्षमा छिर्दा बिहानको करिब पौने ११ बजेको संस्थानका कर्मचारीहरु बताउँछन् । 

Ncell
Extreme Energy

कार्यालयमा छिर्दा महाप्रबन्धकलाई भेट्नुपर्ने विशेष काम छ भन्दै आएका उनीहरु जब झाको कार्याकक्षमा पुगे हतार हतार दौडिएर झा भएको टेबलमा पुगेर उनीमाथि केही दल्न खोजे । 

संस्थानका अधिकारीहरुका अनुसार कार्यकक्षमा छिरेकामध्ये पहिलो केटाले रातो प्लाष्टिकमा लगेको केही झामाथि खन्याउन खोजे । तर,कुर्सीबाट उठेर महाप्रबन्धक झाले प्लाष्टिक बोकेको युवामााथि प्रतिकार गरे । ‘ति युवाले केही पोख्न खोजे तर झाले उक्त प्लाष्टिकसहित उनको हात समातेर घचेडिदिए,’ प्रत्यक्षदर्शी एक कर्मचारी भन्छन्, ‘पहिलो युवालाई महाप्रबन्धक झाले उठेर प्रतिकार गरेपछि संगै रहेका अर्को केटोले अत्तालिदैं मसी छर्किन थाले । कार्यकक्ष छिरेको मध्ये तेस्रो केटाले क्रान्तिकारी युवा संघ जिन्दावाद भन्दै आत्तिदै नारा लगाए ।’  

महाप्रबन्धक र कालोमोसो दल्न गएकाहरुबीच भएको छिनाझम्टी र घम्साघम्सि भयो । झालाई आक्रमण भएको सुनेपछि झाको कार्यकक्षमा आएपछि अन्य कर्मचारीहरु पनि उनीहरुलाई प्रतिकार गर्न तम्सिए । केहीबेर महाप्रबन्धको कार्यकक्ष रणमैदान भयो । कालो दल्न गएकाहरुलाई कर्मचारीहरुले धुँइपत्ताल लखेटे । महाप्रबन्धकको कार्यकक्षबाट भागेक ति युवाहरु केही घाइते समेत भएको प्रत्यक्षदर्शीहरु बताउँछन् । ‘महाप्रबन्धकको कार्यकक्षबाट भागेका उनीहरु डीडीसीको पर्खाल नाघेर भागे,’ एक कर्मचारी भन्छन्,‘आफ्नो झोला र जुत्ता समेत यही छोडेर भागेका छन् । कसरी उनीहरु लखेटिए आफैं सोच्नुस् ।’ डीडीसीका कर्मचारीहरुकाअनुसार कालोमोसो दल्न आएकाहरु सम्भवत अब डीडीसी छिर्न नसक्ने गरी लखेटिएका छन् । 

५ लाखको चेक छोडेर भागे 

महाप्रबन्धकमाथि आक्रमण भएपछि कर्मचारीहरुले तत्कालै प्रहरी वृत्त लैनचौरलाई खबर गरेका थिए । प्रहरी आइपुग्दा कालोदल्न आएका युवाहरु भगिसकेका थिए । तर, प्रहरीले घटनास्थल मुचुल्का गरेको छ । जहाँ ति युवाहरु भाग्दा छोडिएको झोलामा ५ लाख रुपैयाँको चेक भेटिएको छ ।

प्रहरी स्रोतकाअनुसार पोखराको दूधपोखरी बचत तथा ऋण सहकारी संस्थामा खाता रहेका भीम बहादुर सार्कीले राजेन्द्र थापाको नाममा रहेको चेक कालोमोसो दल्न आएकाले छोडेका थिए ।


यस्तै, उनीहरुको झोलाबाट एउटा हस्तलिखित पर्चा र भाग्दा छुटेको एक जोर जुत्ता पनि प्रहरीले बरामद गरेको छ । दूग्ध विकास संस्थाकाअनुसार घटना लगत्तै प्रहरीले घटनास्थलको सबै सीसी टिभी फुटेज संकलन गरेर घटनास्थलमा भेटिएका सबै बस्तुहरु अनुसन्धानका लागि लिएर गएको छ । 

कालोमोसो दल्न सकेनन् तर दलेको प्रचार गरे

डीडीसीका महाप्रबन्धकलाई कालोमोसो दल्न गएकाहरु प्रतिकार पछि त्यहाँबाट भागेका थिए । शुक्रबार अबेरसम्म पनि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छैन् । तर, कालोमोसो दल्न नसकेर प्रतिकार भएर लखेटिएकाहरु आफैले सञ्चार माध्यममा फोन गर्दै काालोमोसो दलेको दाबी गर्दै सूचना टिपाए । सिधाकुराको सम्पर्कमा आएका तिनै मध्येका एक युवाले आफूहरुले भ्रष्टचारीलाई कारबाही गरेको दाबी गरे । तर, सिधाकुराले बरामद गरेको भिडियो प्रमाणअनुसार उनीहरुले झालाई कालोमोसो दलेको नभई प्रतिकार पछि हतासमा भागेको देखिन्छ । 

कालोमोसो दल्नेहरु खोज्दै प्रहरी 

गत सोमबार यातायात व्यवस्था विभागका महानिर्देशक उद्धब रिजाल माथि यस्तै प्रकृतिको दुव्र्यवहार भएको थियो । कार्यकक्ष प्रवेश गर्नै लाग्दा उनीमाथि कालोमसी छ्याप्ने प्रयास भएको थियो । सो घटानमा पनि यही समूह परिचालन भएको बताइन्छ । पाँच दिनअघि महानिर्देशकलाई दुव्र्यवहार गरेका उनीहरुलाई समयमै कारबाही नहुँदा शुक्रबार डीडीसीका महाप्रबन्धकमाथि उस्तै प्रकृतिको घटना दोहोरीएको सुरक्षा मामलाका जानकारहरु बताउँछन् । 

लैनचाैर घटनामा पनि नजिकको प्रहरी युनिटले अनुसन्धान गरिरहेको नेपाल प्रहरीले दाबी गरेको छ । केन्द्रिय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भीमप्रसाद ढकालले देशैभर पछिल्लो समय भएको यस्ता अराजक गतिविधिलाई प्रहरीले उच्च निगरानीमा राखेको दाबी गर्छन । 

‘गत सोमबार र आज भएको घटनामा संलग्नलाई पक्राउ गरेर कानुनी दायरामा ल्याइन्छ,’ प्रवक्ता ढकालले सिधाकुरासँग भने,‘कुनै पनि बहानामा कसैलाई मान मर्दन गर्न पाइन्न ।’ यस्तो अराजक हर्कत गर्नेहरु बिरुद्ध प्रहरीले उच्च निगरानी बढाएको भन्दै ढकालले उनीहरु छिट्टै कानुनी दायरामा आउने बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...