नेभिगेशन
सबै कुरा

'जनस्तरका सामुदायिक संघ–संस्थाको नेतृत्व छनौटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको विपक्षमा रास्वपा'

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनस्तरका सामुदायिक संघ–संस्थाको नेतृत्व छनौटमा हुने दलीय स्वार्थ प्रेरित प्रतिस्पर्धाको विपक्षमा रहेको बताएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पार्टीका प्रवक्ता एवं महामन्त्री मुकुल ढकालले बुधबार एक विज्ञप्ती गर्दै विद्यालय, खानेपानी, सिंचाइ, वनजस्ता सामुदायिक संस्थाको उपभोक्ता र व्यवस्थापन समिति वा विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समितिमा हुने भागबण्डाको रास्वपाले विरोध गर्ने र त्यस्ता भागबण्डामा पार्टीको रुपमा प्रतिनिधित्व गरेर सहभागी नहुन निर्देशन दिएका छन् । 

Ncell
Extreme Energy

‘विद्यालय, खानेपानी, सिंचाइ, बनजस्ता सामुदायिक संस्थाको उपभोक्ता र व्यवस्थापन समिति होस् या विकास निर्माणसँग सम्बन्धित स्थानीयस्तरका समिति नै किन नहुन्, तिनमा राजनीतिक भागवण्डा वा दलीय प्रतिस्पर्धाका आधारमा नेतृत्व छनोट गरिनु सर्वथा गलत प्रवृत्ति हो । सामुदायिक संस्था स्थापना र सञ्चालनको उद्देश्य गैरराजनीतिक र क्रियाकलापहरू समुदाय केन्द्रित हुनुपर्छ भन्ने रास्वपाको स्पष्ट मान्यता छ, त्यसैले ती संस्थाको नेतृत्व छनौटमा दलीय संलग्नता भइरहेकाप्रति हामी सचेत छौं , जनहितका लागि गर्नुपर्ने काममा पनि भागवण्डा खोजेर जनतालाई सधैं राजनीतिक पार्टीको अधिनमा राख्ने प्रवृत्तिको हामी घोर विरोध गर्दछौं ।’, विज्ञप्तीमा भनिएको छ । 

त्यस्तै त्यस्ता संघ संस्थामा पार्टीको प्रतिनिधि बनेर संस्थालाई संक्रमित गर्ने कुसंस्कारको बाछिटा रास्वपामा पार्न खोज्नेहरु सक्रिय भएको पार्टीले जनाएको छ । 

‘रास्वपा राजनीतिक दललाई आफ्नो राजनीतिक सीमामा बाँध्नुपर्छ भन्ने सन्दर्भमा कुनै सम्झौता गर्दैन, यद्यपि रास्वपाका समर्थक व्यक्तिगत रूपमा सहभागी भएका हुन सक्छन्‌ ।’, विज्ञप्तीमा भनिएको छ, ‘कुनै पार्टी सदस्य व्यक्तिगत हैसियतमा त्यस्ता गतिविधिमा भाग लिने व्यक्तिगत स्वतन्त्रताको विषय हुन सक्ला तर, त्यस्तो व्यक्तिगत उम्मेदवारीका क्रममा पार्टीको संस्थागत प्रतिनिधित्वका रूपमा प्रचारप्रसार नगर्न, रास्वपाका समर्थकहरू सामूहिक रूपमा प्यानल बनाउन, सगोलमा भोट नमाग्न तथा अन्य दलहरूसँग राजनीतिक अभिप्रायले समूह बनाएर विरोध, समर्थन, वक्तव्य नगर्न र नगराउन सम्बन्धित सबैमा अनुरोध गर्दछौँ ।’

त्यस्तै विज्ञप्तीमा पार्टीसँग आबद्ध जोकोहीले त्यस्ता गतिविधिमा संलग्न रहेको पाइए रास्वपाले पार्टी सदस्य नरहने गरी कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।