नेभिगेशन
सबै कुरा

जन्मकैद सुनाइएका छोरा बचाउन ६५ वर्षीय बाबुको संघर्ष 

काठमाडाैँ । नाम यमबहादुर श्रेष्ठ, उमेर ६५, घर ओखलढुंगा चिशंखुगढी ३ दियाले । बुढ्यौली र सङ्घर्षले थकित अनुहार, भर्खरै पोखिएला झैँ परेलीको डिलैसम्म रसाइरहेका आँखा । एउटा सानो कालो झोला, झोलामा केही थान कागजात र एउटा सेतो टिसर्ट । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टिसर्टमा एउटा लक्का जवान युवकको फोटो, फोटो क्याप्सन ‘भुवन श्रेष्ठ बचाउ अभियान ,सहयोगका लागि सम्पर्क मोबाइल नम्बर ९८६०७४८३८१, ९८६७७३५५१४ ।’ 

Ncell
Extreme Energy


केही दिनदेखि काठमाडौँका मूल सडकहरूमा यमबहादुर आफ्नो छोराको जीवन माग्दै आम नेपालीहरूसँग याचना गरिरहेका छन् । कसैले ठुलाबडा र सरकारका मान्छेलाई भेट्न भन्छन्, कसैले बाटोबाटै जनताको साथ माग्न भन्छन् । यमबहादुर आफै सबै जान्दैनन् । सहयोगीको साथमा कहिले सिंहदरबार त कहिले सडकमा भौँतारिइरहेका छन् । बस् आफ्नो २८ वर्षीय छोरालाई सकुशल नेपाल फिर्ता ल्याउन ।

 

५ वर्ष अघि उनका माइला छोरा भुवन श्रेष्ठ वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (दुबई) पुगे । दुबईमा भुवनसँगै धादिङका पहलमान थापा र नवलपरासी मध्यबिन्दु ११ का बाबुराम आले  मगर एउटै कोठामा बस्थे । 

बुबा यमबहादुरका अनुसार एक दिन आलेमगर गम्भिर बिरामी परे । भुवन र पहलमानले उनलाई उपचारका लागि अस्पताल लिएर गए तर उनको बाटोमै निधन भयो । अस्पताल नपुग्दै मगरको मृत्यु भएपछि उनीहरूले मृतक साथीको शव कोठामा ल्याए र प्रहरीलाई खबर गरे । प्रहरीले आएर शव लिएर गयो  र उनीहरूलाई हत्याको आरोपमा पक्राउ गर्यो ।  ‘छोराले हामीलाई पक्राउ पर्नुअघि सुनाएको यत्ति हो,’ यमबहादुरले सिधाकुरासँग भने, ‘तर, अहिले उ र धादिङका साथी पहलमान मगरलाई अदालतले जन्मकैदकाे सजाय सुनाएको छ ।’ 


उनका अनुसार घटनामा छोरा र उनका साथी दोषी हुन वा होइनन् भन्ने कुरा स्वयम् पीडितका परिवारले समेत छुट्याउन सकेका छैनन् । तथापि मृतक नेपाली परिवारसँग भएको समझदारीअनुसार ५०/५० लाख रुपैयाँ ब्लडमनी तिरेको खण्डमा भुवन र पहलमान जीवितै नेपाल फर्कन सक्छन् । तर, यही रकम अभावमा यमबहादुर सडक देखि सिंहदरबारसम्म पुगिरहेका छन् । 

‘मेरो पनि उमेरले डाँडा काटिसक्यो, दुबई गएको २ वर्षपछि उसले असारमा वा दशैँमा घर आउँछु भनेको थियो,’ बाबु यमबहादुर सम्झन्छन्, ‘तर, छोरा हत्या आरोपमा जेलमा पर्यो ।’ उनका अनुसार अहिले पनि छोरासँग नेपालबाट बेला बेलामा कुरा गर्न पाइन्छ । छोराले बुबा मेरो के हुन्छ ? भनेर सोध्छन्,’ भावविह्वल हुँदै दुबईको जेलमा रहेका छोरालाई यामबहादुर भन्छन्, ‘छोरा, म बुढेसकालको हड्डी खियाएर लागिरहेको छु । देश विदेशबाट सहयोग मिलिरहेको छ । म तिमीहरू दुवै जनालाई नेपाल फर्काउँछु ।’  

छोरा र उनको साथीलाई स्वेदश फर्काउन अभियान थालेको भन्दै उनले देश विदेशमा रहेका नेपालीलाई सहयोगका लागि अपिल गरे, ‘मेरो छोरा र उनको साथीलाई स्वेदश फर्काइदिनुस् ।’


छोराको उद्धारका लागि सरकार देखि सांसद समेतलाई भेट्दा पनि उनीहरूले सहयोग गर्ने बचन मात्रै दिएको यमबहादुर बताउँछन् । अन्त कतैबाट नभएपछि आम जनताबाट ससानो सहयोग खोजेको भन्दै उनले गच्छअनुसारको सहयोगका लागि सबैलाई अपिल गरे । 

धादिङका पहलमान थापाको परिवार त सहयोगको अपिलसमेत गर्न सक्ने अवस्थामा नरहेको भन्दै उनले दुवै छोराहरूको स्वेदश फिर्ताकालागि सहयोग गर्न सबैलाई आग्रह गरे ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

विपत्तिको छायामा दसैं, घर फर्किने बाटोकाे भय

यसपालि मनसुन लम्बिएको छ। दसैं आइसक्दा पनि मनसुन पूर्णरूपमा बाहिरिएको छैन। पश्चिमी वायुले पनि पानी बोकेर ल्याउँदा देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। वर्षाले हिलाम्य सडक...
एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

पछिल्ला २ दशक नेपाली फुटबलले पटक पटक संकट भोग्दै आइरहेको छ । एन्फाका पदाधिकारीले सुशासनको नियम उल्लंघन गर्दै कमाउ धन्दामा लाग्दा पटक पटक निलम्बित हुनु परेको छ ।...