नेभिगेशन
सबै कुरा

वीरगंजका मेयरको नागरिकता किर्ते प्रकरण : मुद्दा दर्ता गर्न प्रहरीको आलटाल

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला सरकारी वकिलको कार्यालयको पत्रको अवज्ञा गरेको पाइएको छ । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५ बमोजिम मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिएपनि मुद्दा दर्ता नगरी १२ दिनदेखी आलटाल गरिरहेको पाइएको छ । 

नागरिकता, जन्मदर्ता लगायतको कागजात किर्ते गरी मेयर राजेशमान सिंहले फैजदारी कसुर गरेकाले उनीविरुद्ध कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा उजुरी गर्दा तत्कालिन पर्साका प्रहरी उपरिक्षक कोमल शाहले उजुरी लिन अस्वीकार गरेका थिए । त्यसको विरुद्धमा फागुन २ गते बुधबारका दिन फैजदारी अभियोग अन्तर्गत मुद्दा दर्ता गर्न माग गर्दै सरकारी वकिलको कार्यालय पर्सामा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा वीरगंज महानगरपालिकाका वडा नम्बर ३ का मेयर ५३ वर्षिय राजेशमान सिंह, वर्ष २१ की रुबिना श्रेष्ठ, सिन्धुपाल्चोकको इन्द्रवति गाऊँपालिका वडा नम्बर १० की रिता भट्टराई, वीरगंज महानगरपालिका वडा नम्बर ३ का तत्कालिन पञ्जिकरण अधिकारी भिखारी रायलाई समेत विपक्षि बनाई फैजदारी कसुर सम्बन्धी मुद्दा चलाउन माग गरिएको थियो । 

CG

फागुन ३ गते बिहिबारका दिन निवेदनको सुनवाई गर्दै सरकारी वकिलको कार्यालय पर्साले जिल्ला प्रहरी कार्यालय पर्सालाई निर्देशन दिदै मुद्दा दर्ता गरी आवश्यक कार्वाही प्रक्रिया अघि बढाउन पत्र पठाएको थियो । 

पत्र बुझेको १२ दिन वितिसक्दा पनि जिल्ला प्रहरी कार्यालय पर्साले मुद्दा दर्ता नगरी आलटाल गर्दै आएको निवेदक मध्येका लियाकत अलीले बताए । ‘तत्कालिन प्रहरी उपरिक्षक कोमल शाह भएकै बेला जिल्ला प्रहरी कार्यालय पर्साले सरकारी वकिलको कार्यालयको निर्देशन सहितको उजुरी बुझेपनि प्रहरी उपरिक्षक कुमुद ढुङ्गेलले कार्यभार सम्हालेको हप्तादिन वितिसक्दा समेत मुद्दा दर्ता नगरी सरकारी वकिलको कार्यालयको अवज्ञा भएको छ ।’ अलीले भने । अब जिल्ला प्रहरी कार्यालयलाई समेत विपक्षी बनाएर उच्च अदालत जाने तयारी भईरहेको उजुरी कर्ता लियाकत अलिले बताए ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरिक्षक कुमोद ढुङ्गेलले पत्रको विषयमा आफूलाई जानकारी नभएको बताए । ‘यो विषयमा मलाई जानकारी छैन ।’ सिधाकुरासँग उनले भने, ‘म कहाँ आएको होला, हेर्छु ।’ 


जिल्ला प्रशासन कार्यालय पर्साबाट २०७५ साउन १३ गते रिता भट्टराई नाम गरेकी महिलाको छोरी रुबिना श्रेष्ठलाई आफैँ बाबु बनेर मेयर सिंहले किर्ते जन्मदर्ता लगायतको प्रमाणपत्रको अधारमा नागरिकता दिलाएका थिए । सोही नागरिकताका आधारमा नागरिकता पाएकी युवती अहिले पासपोर्ट समेत बनाएर विदेश उडिसकेकी छिन् । मेयर सिंहको किर्ते प्रकरण जोगाउन गठबन्धनकै सरकार लागिरहेको भन्दै सदनदेखी सडकसम्म अवाज उठेपनि उनलाई कार्वाही प्रकृया अगाडी बढाइएको छैन । सिधाकुराले पुस २४ गते मेयर सिंहले नक्कली बाबु बनेर नागरिकता दिलाइ दिएको सार्वजनिक गरेको थियो । त्यसलगत्तै उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा १६ जनाले जाहेरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय पर्साले गठन गरेको छनबिन समितिले काम गर्न नसकेपछि गृह मन्त्रालयले ३ सदस्यीय छानबिन समिति बनाएर वीरगंज पठाएको थियो । हालसम्म गृहको प्रतिवेदन समेत सार्वजनिक गरिएको छैन । 

स्थानीय तह निर्वाचनदेखि मेयर हुँदासम्म एक श्रीमती र छोरा मात्रै रहेको विवरण पेश गरेका मेयर सिंहले गत साता गृह मन्त्रालयको छानबिन समितिसँग भने दुई वटा श्रीमती रहेको बयान दिएका थिए । यसअघि दुई वटा परिवारको विवरण लुकाएका मेयर सिंहले गृह मन्त्रालयलाई बयान दिएकै भोलिपल्ट कान्छी श्रीमती भनिएकी महिला रिता भट्टराईले मेयर सिंहको निर्देशनमा कानुनी दाऊपेचबाट जोगिन जिल्ला अदालत पर्सामा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् ।

मेयरको नागरिकता कीर्तेबारे सबै समाचार पढ्नुहोस् ।

EXCLUSIVE : नागरिकता किर्तेमा वीरगंज महानगरका मेयर राजेशमान सिंह (भिडियोसहित)

नागरिकता किर्तेमा वीरगंजका मेयरविरुद्ध जाहेरी दर्ता

नक्कली बाबु बनेर नागरिकता दिने वीरगंजका मेयर के भन्छन् ? (अडियाेसहित)

मेयरले नक्कली बाबु बनेर नागरिकता दिलाएको विषयमा गृहकाे चासाे, सीडीओ भन्छन्ः तीन दिनसम्म अनुसूची नै भेटिएन

वीरगंजका मेयर राजेशमान सिंहविरुद्ध थप १५ जनाले दिए जाहेरी

वीरगंजका मेयर राजेशमान सिंह माथि छानबिन गर्न समिति गठन

राजेशमानको उध्रिएको मुकुट !

वीरगंज मेयर राजेशमान सिंहको किर्ते लुकाउन प्रशासनबाटै फायल गायब, तत्कालीन सीडीओ उमेश ढकालको भूमिका शंकास्पद  

वीरगंजका मेयर राजेशमान सिहंविरुद्ध गृह मन्त्रालयमा पनि उजुरी

वीरगंजका मेयर सिंह र पूर्व प्रमुख जिल्ला अधिकारी ढकालसहित ४ जनाविरुद्ध अख्तियारमा उजुरी दर्ता

जिल्ला प्रशासनबाटै नागरिकताको अनुसूची गायब, कर्मचारीमाथि अनुसन्धान सुरु






वीरगंजका मेयर सिंहसँग 'पति' नाता कायम भएको दाबी गर्दै रिता भट्टराईले दर्ता गरिन अंश र डिभोर्स मुद्दा

नागरिकता दिलाइएकी युवतीको जन्म दर्तामा पनि किर्ते

कारबाहीबाट जोगिन प्रधानमन्त्रीको शरणमा वीरगंजका मेयर राजेशमान ! 

मेयरको नागरिकता किर्ते प्रकरण : छानबिन गरेर कारबाही गर्न वीरगंज काँग्रेसको माग




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...