नेभिगेशन
सबै कुरा

उपकुलपति छनौट निष्पक्ष ढंगले भएको छ : शिक्षामन्त्री

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनौट निष्पक्ष ढंगले भएको दावी गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री राईले आफु नेतृत्वको उपकुलपति छनोट तथा सिफारिस समितिले मेरिटोक्रेसीका आधारमा निष्पक्ष ढंगले तीन जनाको नाम छनौट गरेर सिफारिस गरिएको बताए ।  सिफारिस गरिएका तीन जनामध्ये एक जनालाई छान्ने अधिकार कुलपतिलाई भएकाले कुलपति एवं प्रधानमन्त्री प्रचण्डले एक जनालाई उपकुलपतिमा नियुक्त गरिएको उनको भनाइ छ । उनले कुलपतिले गरेको नियुक्तिको निर्णय कानुनसम्मत रहेको बताए । मन्त्री राईले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य गर्न सवै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने धारणा राखे । 

Ncell
Extreme Energy

त्यसअघि बैठकमा समिति सदस्य विद्या भट्टराईले प्रधानमन्त्रीले मेरिटोक्रेसीका उपकुलपति नियुक्त गर्ने भनिएपनि हस्तक्षेप भएको जिकिर गरे । उनले सिफारिस समितिले सिफारिस गरेको व्यक्तिमध्ये पहिलो नंवरकोलाई छाडेर दोश्रोलाई उपकुलपति नियुक्त गर्नु मेरिटोक्रेसी विपरित भएको तर्क गरे । विश्वबिद्यालयको स्वायत्तामाथि हस्तक्षेप भएको र प्राज्ञिक मर्यादा कायम हुन नसकेको उनले बताए । 

समिति सभापति भानुभक्त जोशीले विश्वविद्यालयमा हुने उपकुलपति नियुक्तिलाई पारदर्शी र विवादसहित बनाउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

प्रस्तावित नयाँ व्यवस्थाअनुसार अब स्थायी सेवा अवधि 'एक वर्ष पूरा भएका' र अनिवार्य अवकाश हुन 'एक वर्षभन्दा बढी समय बाँकी रहेका' शिक्षकले एक सामुदायिक विद्यालयबाट अर्को सामुदायिक विद्यालयमा...
परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

परीक्षा सम्पन्न भएको एक महिनाभित्र नतिजा प्रकाशन गर्न त्रिविलाई शिक्षामन्त्रीको निर्देशन

बिहीबार काठमाडौँको कीर्तिपुरमा बसेको विश्वविद्यालयको ६७ औं वार्षिक बैठकमा पोखरेलले त्रिविको मुख्य समस्याको रूपमा रहेको परीक्षा ढिलो हुने र नतिजा समयमा नआउने परिपाटीलाई सुधार गर्न निर्देशन दिएका हुन्...
मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

मधेशमा दरबार हाइस्कुलजस्तै उत्कृष्ट विद्यालयहरूकाे आवश्यकता छ: शिक्षाामन्त्री पोखरेल

'सम्माननीय प्रधानमन्त्रीज्यूले मधेसमा वर्ल्ड क्लास विद्यालयहरू खुल्नुपर्छ भनेर मलाई सुझाव दिनुभएको छ, हाम्रो सल्लाह पनि भएको छ यो विषयमा,' उनले भने, 'हामी मधेसमा कम्तीमा सय वटा वर्ल्ड क्लास...
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा अध्ययन बिदा छानविन गर्न समिति गठन

विश्वविद्यालयका रजिस्ट्रार प्रा डा सुवीर सिंहले जारी गरेको पत्रअनुसार शिक्षा तथा खेलकुद मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त निर्देशन तथा विश्वविद्यालयको कार्यकारी परिषद्को निर्णयका आधारमा समिति गठन गरिएको...