नेभिगेशन
सबै कुरा

यी हुन् माओवादीबाट मन्त्री बन्नेहरु

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका तर्फबाट ५ जना मन्त्रीहरु सरकारमा जाने भएका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ परराष्ट्र मन्त्री बन्ने भएका छन् भने उपमहासचिव वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् । 

त्यस्तै यसअघि पनि संचार मन्त्रालयको जिम्मेवारी सम्हालेकी रेखा शर्माले पुन सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएकी छिन् भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी शक्ति बस्नेत पाएका छन् । त्यस्तै सोमबार सपथ लिएका हितबहादुर तामाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

माओवादीबाट मन्त्री बनेका नारायणकाजी श्रेष्ठ यसअघि पनि उपप्रधान तथा गृहमन्त्री थिए भने शक्ति बस्नेत पनि माओवादीबाटै उर्जा मन्त्री बनेका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै