नेभिगेशन
सबै कुरा

नवनियुक्त ३ उपप्रधानसहित १६ मन्त्रीले लिए पद तथा गोपनियताको सपथ

काठमाडौँ । नयाँ गठबन्धनका तीन उपप्रधान सहित १६ मन्त्रीहरुले आज पद तथा गोनियताको सपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरुलाई सफल ग्रहण गराएका हुन् । नयाँ गठबन्धनले एमालेले ८, माओवादीले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ र नेकपा एकिकृत समाजवादी २ मन्त्रालय पाउने गरी भागबण्डा गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

जसमध्ये आज एमालको ७ जना, माओवादी केन्द्रका ४ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ र नेकपा एकिकृत समाजवादीका २ मन्त्री सपथ ग्रहण गरेका हुन् । एमाले, माओवादी र रास्वपाका एक÷एक जना मन्त्रीले सोमबार नै सपथ ग्रहण गरेका थिए । 

Ncell
Extreme Energy


एमालेबाट रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री बनेका छन् । भने पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राई खानेपानी, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी र बलराम अधिकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन् । 

त्यस्तै नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुन अर्थमन्त्री, शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइ, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् । 

यता राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् भने डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका छन् । 

त्यस्तै नेकपा एकिकृत समाजवादीको तर्फबाट भानुभक्त जोशी संघीय मामला तथा सामान्य प्रशासन मन्त्री भएका छन् भने धनबहादुर बुढा  शहरी विकास मन्त्री भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।