नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री हुन्छु भनेको २९ औँ दिनमा मन्त्री बनेका बिराज

काठमाडौंँ । माघ २४ गते संसदमा सम्पत्ति शुद्धिकरण विधेयकमाथिको छलफल थियो । छलफलमा आफ्नो धारणा राख्न पोडियममा उभिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिराज भक्त श्रेष्ठको बोल्ने अवधि सकियो । सभामुखले समय सकिएको जनाउ दिए । ‘सभामुख महोदय भुतपूर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्री मात्र होईन अब भविष्यमा हुनसक्ने प्रधानमन्त्रीलाई पनि थप समय मिलाउनु प¥यो’ आफूलाई समय कम भएको भन्दै श्रेष्ठले यत्ति बोलेपछि सिंङ्गो संसदमा हाँसो फैलियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्भवतः संसदीय इतिहासमै पहिलो पटक संसदको पोडियमम उभिएर भावी प्रधानमन्त्री हुँ भन्ने दाबी गर्ने सांसद उनै श्रेष्ठ पहिलो हुन् । संसदमा प्रधानमन्त्री हुन्छु भनेर बोलेको २९ औँ दिनको दिन उनै श्रेष्ठ सरकारको युवा तथा खेलकुदमन्त्री भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उनले राष्ट्रपति रामचन्द्र पौडलसँग पद तथा गोपनियताको शपथ लिएका छन् । 

Ncell
Extreme Energy

विवेकशिल साझा पार्टीबाट ७ वर्षअघि मात्रै राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठ काठमाडौँको इन्द्रचोकका रैथाने नेवार परिवारका हुन् । विवेकशिल साझा हुँदै बागमति प्रदेशसभा सदस्य बनेका उनी २०७९ को संसदीय निर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ८ को प्रत्यासी भए । 

संसदीय निर्वाचनमा पहिलो पटक सहभागी भएका श्रेष्ठ बहालवाला मन्त्री जीवनराम श्रेष्ठलाई हराएर सानदार मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । १० हजार १ सय ५ मतसहित निर्वाचित भएका श्रेष्ठ आफू मात्रैले चुनाव जितेनन् । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो निर्वाचित सांसदको रुपमा प्रतिनिधि सभामा खाता समेत खोले ।

२०३८ वैशाख २६ गते काठमाडौँको इन्द्रचोकमा जन्मिएका बिराज राजनीतिमा रास्वपाभित्र पाको र भरपर्दो सांसदको रुपमा चिनिन्छन् । संसदीय खेललाई प्रदेशदेखि नै बुझेका श्रेष्ठ सुशासन र जनताको हितका लागि खरो रुपमा संसदमा प्रस्तुत हुने निकै कम सांसद मध्येका एक हुन् । 

जनताको दुःखलाई सरकारले चिर्नुपर्छ होइन भने सरकार र सत्ता छोड्नु पर्छ भन्ने मान्यताको वकालत गर्ने श्रेष्ठ ४२ वर्षको युवा उमेरमै सरकारको युवा तथा खेलकुद मन्त्री बनेका छन् । 

युवाहरु माझ निकै लोकप्रिय बनेका श्रेष्ठ सरकारको सबै भन्दा कम बजेट र न्यून स्रोत रहेको मन्त्रालयको बागडोर सम्हाल्दै छन् । तथापी बजेट बनाउने मुखैमा उनले पाएको यो जिम्मेवारीले उनको परिक्षा भने लिनेछ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।