नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री हुन्छु भनेको २९ औँ दिनमा मन्त्री बनेका बिराज

काठमाडौंँ । माघ २४ गते संसदमा सम्पत्ति शुद्धिकरण विधेयकमाथिको छलफल थियो । छलफलमा आफ्नो धारणा राख्न पोडियममा उभिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद बिराज भक्त श्रेष्ठको बोल्ने अवधि सकियो । सभामुखले समय सकिएको जनाउ दिए । ‘सभामुख महोदय भुतपूर्व प्रधानमन्त्री र वर्तमान प्रधानमन्त्री मात्र होईन अब भविष्यमा हुनसक्ने प्रधानमन्त्रीलाई पनि थप समय मिलाउनु प¥यो’ आफूलाई समय कम भएको भन्दै श्रेष्ठले यत्ति बोलेपछि सिंङ्गो संसदमा हाँसो फैलियो । 

सम्भवतः संसदीय इतिहासमै पहिलो पटक संसदको पोडियमम उभिएर भावी प्रधानमन्त्री हुँ भन्ने दाबी गर्ने सांसद उनै श्रेष्ठ पहिलो हुन् । संसदमा प्रधानमन्त्री हुन्छु भनेर बोलेको २९ औँ दिनको दिन उनै श्रेष्ठ सरकारको युवा तथा खेलकुदमन्त्री भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उनले राष्ट्रपति रामचन्द्र पौडलसँग पद तथा गोपनियताको शपथ लिएका छन् । 

विवेकशिल साझा पार्टीबाट ७ वर्षअघि मात्रै राजनीतिक यात्रा सुरु गरेका श्रेष्ठ काठमाडौँको इन्द्रचोकका रैथाने नेवार परिवारका हुन् । विवेकशिल साझा हुँदै बागमति प्रदेशसभा सदस्य बनेका उनी २०७९ को संसदीय निर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौँ क्षेत्र नम्बर ८ को प्रत्यासी भए । 

संसदीय निर्वाचनमा पहिलो पटक सहभागी भएका श्रेष्ठ बहालवाला मन्त्री जीवनराम श्रेष्ठलाई हराएर सानदार मतसहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । १० हजार १ सय ५ मतसहित निर्वाचित भएका श्रेष्ठ आफू मात्रैले चुनाव जितेनन् । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो निर्वाचित सांसदको रुपमा प्रतिनिधि सभामा खाता समेत खोले ।

२०३८ वैशाख २६ गते काठमाडौँको इन्द्रचोकमा जन्मिएका बिराज राजनीतिमा रास्वपाभित्र पाको र भरपर्दो सांसदको रुपमा चिनिन्छन् । संसदीय खेललाई प्रदेशदेखि नै बुझेका श्रेष्ठ सुशासन र जनताको हितका लागि खरो रुपमा संसदमा प्रस्तुत हुने निकै कम सांसद मध्येका एक हुन् । 

जनताको दुःखलाई सरकारले चिर्नुपर्छ होइन भने सरकार र सत्ता छोड्नु पर्छ भन्ने मान्यताको वकालत गर्ने श्रेष्ठ ४२ वर्षको युवा उमेरमै सरकारको युवा तथा खेलकुद मन्त्री बनेका छन् । 

युवाहरु माझ निकै लोकप्रिय बनेका श्रेष्ठ सरकारको सबै भन्दा कम बजेट र न्यून स्रोत रहेको मन्त्रालयको बागडोर सम्हाल्दै छन् । तथापी बजेट बनाउने मुखैमा उनले पाएको यो जिम्मेवारीले उनको परिक्षा भने लिनेछ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...
धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

धरान उपमहानगरले ल्यायो दुई अर्ब २० करोडको बजेट

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट रु ८० करोड ५३ लाख ६५ हजार, सङ्घीय सरकारबाट अनुदान रु ८९ करोड २९ लाख, प्रदेश सरकारबाट अनुदान रु सात करोड ७३ लाख ४४...

भर्खरै