नेभिगेशन
सबै कुरा

रसियाबाट उद्धार गरिदिन भारत सरकारसँग नेपाली युवाहरुको गुहार (भिडियाे सहित)

काठमाडौँ । रसियन सेनामा भर्ती  भएका नेपाली युवहरुले उद्धारका लागि भारत सरकारसँग आग्रह गरेको भिडियो समर्वजनिक भएको छ । भिडियोमा देखिएका युवाहरुले आफ्नो नाम र ठेगाना खुलाएका छैनन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 

Ncell
Extreme Energy

सार्वजनिक भिडियोमा नेपाल सरकराले आफूहरुको उद्धारको लागि कुनै पहल नगरेकोले भारत र रुसको सम्बन्ध राम्रो भएकोले आफूहरुको पनि उद्धार गरिदिन उनीहरुले हिन्दी भाषामा नै अपिल गरेका छन् । उनीहरुका अनुसार उनीहरुको साथमा भारतीय नागरिकहरु पनि थिए । उनीहरुलाई भारत सरकारले उद्धार गरिसकेको छ । तर नोपाल सरकारले भने केही गर्न नसकेको उनीहरुको भनाई छ । 

उनीहरुका अनुसार पहिले पहिले ३० जना नेपालीहरु सँगै थिए । पछि उनीहरुलाई फरक फरक ठाउमा युद्धमा खटाइएको छ । केही गम्भिर घाइते समेत भएका छन् । 

सार्वजनिक भिडियोमा उनीहरुले भनेका छन्, ‘अहिले हामीहरु रसियाको आर्मीमा छौँ । हामी हाम्रो देश नेपालबाट आएका थियौँ । तर अहिले हामीलाई धेरै समस्या भईरहेको छ । हामीलाई हाम्रो एजेन्टले झुक्याएर यहाँ पठाएको हो । हामीलाई हेल्परको काम गर्ने भनेर पठाइएको थियो । तर यहाँ आएपछि हामीहरु लडाईँमा जानुपरेको छ । त्यसैले हामीहरु यहाँबाट निस्कन चाहन्छौँ । हामीसँग तीन जना भारतका नागरिकहरु थिए । उनीहरुलाई भारतले आफ्नो देश फर्र्काएको छ । तर हाम्रौ नेपाली एम्बेसीले हामीलाई कुनै सहयोग गरेको छैन । नेपालबाट केही भएको छैन । त्यसैले हामी हाम्रो छिमेकी देश भारतसँग मद्दत माग्न चाहन्छौँ । भारतले हामीलाई सहयोग गर्नेमा हामी आशावादी छौँ । नेपाल र भारतको राम्रो सम्बन्ध छ । त्यसैले हामी तापाईँहरुसँग मद्दत माग्न चाहन्छौँ । तपाईंहरुको देश र एम्बेसी निकै शक्तिशाली छ । हाम्रो नेपालबाट केही भरहेको छैन । हामी सबै नेपाल फर्कन चाहन्छौँ । किनभने हामीसँग धोका भएको छ । हेल्पर भनेर हानमीलाई युद्धमा पठाइएको छ । हामी कुल ३० जना थियौँ । अब जम्मा ५ जना मात्रै बाँकी छौँ । कसैलाई कहाँ पठाइएको छ, कोही गम्भिर घाइते भएका छन् । यदि केही हुनसक्छ भने हामीलाई पनि मद्दत गर्न चाहन्छौँ । नमस्ते ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...
परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

उनीहरूबीच आज बिहान बेइजिङमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध आयामहरूमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विशेषतः विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा जनता–जनताबीचको...