नेभिगेशन
सबै कुरा

रसियाबाट उद्धार गरिदिन भारत सरकारसँग नेपाली युवाहरुको गुहार (भिडियाे सहित)

काठमाडौँ । रसियन सेनामा भर्ती  भएका नेपाली युवहरुले उद्धारका लागि भारत सरकारसँग आग्रह गरेको भिडियो समर्वजनिक भएको छ । भिडियोमा देखिएका युवाहरुले आफ्नो नाम र ठेगाना खुलाएका छैनन् ।

 

सार्वजनिक भिडियोमा नेपाल सरकराले आफूहरुको उद्धारको लागि कुनै पहल नगरेकोले भारत र रुसको सम्बन्ध राम्रो भएकोले आफूहरुको पनि उद्धार गरिदिन उनीहरुले हिन्दी भाषामा नै अपिल गरेका छन् । उनीहरुका अनुसार उनीहरुको साथमा भारतीय नागरिकहरु पनि थिए । उनीहरुलाई भारत सरकारले उद्धार गरिसकेको छ । तर नोपाल सरकारले भने केही गर्न नसकेको उनीहरुको भनाई छ । 

उनीहरुका अनुसार पहिले पहिले ३० जना नेपालीहरु सँगै थिए । पछि उनीहरुलाई फरक फरक ठाउमा युद्धमा खटाइएको छ । केही गम्भिर घाइते समेत भएका छन् । 

सार्वजनिक भिडियोमा उनीहरुले भनेका छन्, ‘अहिले हामीहरु रसियाको आर्मीमा छौँ । हामी हाम्रो देश नेपालबाट आएका थियौँ । तर अहिले हामीलाई धेरै समस्या भईरहेको छ । हामीलाई हाम्रो एजेन्टले झुक्याएर यहाँ पठाएको हो । हामीलाई हेल्परको काम गर्ने भनेर पठाइएको थियो । तर यहाँ आएपछि हामीहरु लडाईँमा जानुपरेको छ । त्यसैले हामीहरु यहाँबाट निस्कन चाहन्छौँ । हामीसँग तीन जना भारतका नागरिकहरु थिए । उनीहरुलाई भारतले आफ्नो देश फर्र्काएको छ । तर हाम्रौ नेपाली एम्बेसीले हामीलाई कुनै सहयोग गरेको छैन । नेपालबाट केही भएको छैन । त्यसैले हामी हाम्रो छिमेकी देश भारतसँग मद्दत माग्न चाहन्छौँ । भारतले हामीलाई सहयोग गर्नेमा हामी आशावादी छौँ । नेपाल र भारतको राम्रो सम्बन्ध छ । त्यसैले हामी तापाईँहरुसँग मद्दत माग्न चाहन्छौँ । तपाईंहरुको देश र एम्बेसी निकै शक्तिशाली छ । हाम्रो नेपालबाट केही भरहेको छैन । हामी सबै नेपाल फर्कन चाहन्छौँ । किनभने हामीसँग धोका भएको छ । हेल्पर भनेर हानमीलाई युद्धमा पठाइएको छ । हामी कुल ३० जना थियौँ । अब जम्मा ५ जना मात्रै बाँकी छौँ । कसैलाई कहाँ पठाइएको छ, कोही गम्भिर घाइते भएका छन् । यदि केही हुनसक्छ भने हामीलाई पनि मद्दत गर्न चाहन्छौँ । नमस्ते ।’


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठोक्काएको थियो । सो ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहक गाडीको माथि चढेको थियो ।
प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो...
अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर  गहिराइमा उक्त भूकम्प गएको थियो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान...
दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

राज्य सञ्चालित यातायात बस करिब ७० जना यात्रु बोकी राजधानी हैदराबादतर्फ गइरहेको थियो । विपरीत दिशाबाट अत्यधिक गतिमा आइरहेको ट्रक चेभल्ला सहर नजिकै बससँग ठोक्किएको जिल्ला अधिकारी के.चन्द्रकलाले...