नेभिगेशन
सबै कुरा
सिधाकुरा फलोअप :

सकुशल नेपाल आइन् कुवेतमा बन्धक बनेकी नविन र मनिषाकी आमा

काठमाडौँ । एक महिनाअघि दैलेखका नविन र मनिषाले सिधाकुराको स्टुडियोमा आँशु झार्दै कुवेतमा बन्दक बनेकी आमाको पिडा सुनाएका थिए । दाजुबहिनीले हामीलाई सोधेका थिए, ‘सर हाम्री आमालाई सकुशल नेपाल ल्याउन सकिन्छ ? शनिबार बिहान नविन र मनिषाले यो प्रश्न जवाफ पाउँदै थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

वैदेशिक रोजगारीको खोजिमा सुना गत वर्ष घर छाडेकी दैलेख नारायाण नगरपालिका ११ की खगिसर सुनार घर फर्कीदै थिइन् । खगिसरा सनिबार साँझ ६ बजेको उडान मार्फत कुवेतबाट स्वदेश आउँदै थिइन् । 


बिहान ३ बजे, काठमाडौँमा झरीले चिसो बनाइरहेको थियो । त्रिभुुवन अन्तराष्ट्रि विमानस्थलको आगमन कक्ष बाहिर नविन सुनार ओत लागेर आगमन कक्षको ढोका चियाइरहेका थिए । बेला बेलामा मोवाइल स्क्रोल गर्थे, फोटो हेर्थे, समय हेर्थे । ‘कतिबेला आमा आगमन कक्षबाट निस्कन्छिन् र उनलाई देख्न पाइएला ?’ आमालाई भेट्नुअघिको तड्पाहट नविनको आँखामा प्रस्टै झल्किन्थ्यो । 

तस्विर : विमानस्थलमा आमाको पर्खाइमा नवीन सुनार

कुवेतबाट आएको जजिरा एयरलाइन्सको विमान ल्याण्ड भयो, केही छिनमा खगिसरा विमानस्थलको आगमन कक्षमा झुुल्किइन् । नविन खुशी हुँदै (आमा आउनुभयाे भन्दै) आमासामु पुगे । बाँचेर फर्कन्छु भन्ने सोच्न समेत छाडेकी खगिसरा छोरालाई अघि देख्दा हेरिरहिन्, केही बोल्न सकिनन् । नविनले नै सोधे, ‘नेपाल आउँदा कस्तो लागिरहेको छ आमा ?’ खगिसराले आँखैबाट जवाफ दिइन् । 

२०७९ असोजमा विदेश गएका मानिसहरु समेत घर फर्कदै थिए । तर, खगिसरा रोजगारीका लागि विदेश जाने भन्दै छोराछोरीलाई भाडाको कोठामा राखेर काठमाडौँ आइन् । तीन महिना काठमाडौँमा भौतारिएपछि गत पुसमा खगिसरा भारतको बाटो हुँदै घरेलु महिला कामदारको रुपमा कुवेत पुगेकी थिइन्  । घरेलु कामदारका रुपमा कुवेत पुगेकी खगिसराले केही समय काम गरिन् । छोरा नवीन सुनारका अनुसार सुरुमा खगिसराले घरमा पैसा पनि पठाएकी थिइन् ।  

तर, केही समयपछि उनी घरेलु कामदारको रुपमा रहेको घरबाट निकै दबाब र यातानाको शिकार भइन् । साहुनीले कुट्पिट गर्ने गरेको भन्दै खगिसरा छोराछोरीसँग रोएकी थिइन् । 

खगिसराले कति पिडा त छोराछोरीलाई कठिन हुन्छ भनेर पहिला सुनाएकी थिइन् तर एक दिन  भिडियो कलमै आमामाथि आक्रमण भएको छोराछोरीले देखे । 

त्यसपछि छोराछोरी आमालाई उद्धार गर्न गुहार्न थाले । कुवेतमा खगिसरा बिरामी पर्दै गइन्, पछिल्ला दिनमा त खगिसरा शारिरिकरुपमा निकै कमजोर भएकी थिइन्, भने मानसिकरुपमा समेत विचलित भएकी थिइन् । खगिसरलाई कुवेत पुुर्याएर काम लगाउने कम्पनीले नेपाल फर्काउन ४ लाख लाग्ने भनिरहेको थियो । तर खगिसराका छोराछोरी आमाको उद्धारका लागि काठमाडौँ आउने गाडी भाडा समेत अरुले नै सहयोग गर्नुपर्ने अवस्थामा थिए । उनिहरुका लागि आमाको उद्धार असम्भव लाग्न थालेको थियो । उता आमाको अवस्था दिनप्रतिदिन बिग्रिदै थियो, यता छोराछोरीको छटपटी बढीरहेको थियो । 

आमाको उद्धारको लागि भन्दै केही दिनअघि नविन र मनिषा सिधाकुरा डट कमले कार्यालयमै आएका थिए । खगिसरा र उनका छोराछोरीका विषय प्रकाशन प्रशारण गरेपछि धेरै नेपालीले उनका बारेमा चासो राखेका थिए । कुवेतमा रहेको नेपाली पुष्कर धामी, उमेश थापा, राजु धमला लगायतले तत्कालै खगिसरलाई उद्धारका लागि पहल सुरु गरेका थिए । तर २ पटकसम्म खगिसरालाई बन्दक बनाइएको घरबाट निकाल्ने प्रयास असफल भएको थियो । उनीहरुसँगै कुवेत स्थित एनआरएनए, यात्री टिम र  नेपाली दुतावासले निरन्तर पहल गरेपछि  २ साताअघि मात्रै खगिसरालाई बन्धक बनाइएको घरबाट निकालिएको थियो । त्यसपछि दुतावासको सेल्टरमा आइपुगेकी खगिसरलाई दुतावासले केही दिन काउन्सिलिङमा राखेको थियो । त्यसपछि कानुनी प्रक्रिया पुरा गराएर दुतावासलेनै नेपाल पठाएको हो । 

अब खगिसरालाई फेरि विदेश जान मन छैन, ‘आफ्ना छोराछोरीको भविष्यको चिन्ता त छँदै छ तर विदेश त म जान्न’, खगिसरा भन्छिन् । 

आमाको हात समाएर उभिएका नविनले आमालाई हेर्दै भने, ‘आमाले हामीलाई यति दुख गरेर हुर्काउनुभयो, अब आमाका लागि हामीले दुख गर्छाैँ ।’


सम्बन्धित समाचार : 

कुवेतमा बन्धक आमाको उद्धारमा हिँडेका दाजु बहिनी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

वैज्ञानिकहरूको अध्ययनले पछिल्ला वर्षमा हिमालयमा भइरहेको तापक्रम वृद्धि र त्यससँग जोडिएका भौतिक परिवर्तनलाई भोटेकोशी भेलबाढीको महत्त्वपूर्ण पृष्ठभूमिका रूपमा औंल्याएका छन्।
सुदनको सनकमा चोलेन्द्रको ११ घण्टा

सुदनको सनकमा चोलेन्द्रको ११ घण्टा

पूर्वप्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरालाई किन पक्राउ गरियो ? र, किन छाडियो ? सर्वत्र यही प्रश्न उठेको छ । योसँगै मध्यरातमा घरबाटै उठाउनुपर्ने कारण के थियो ? बिहानसम्म पर्खेको...