नेभिगेशन
सबै कुरा
सिधाकुरा फलोअप :

सकुशल नेपाल आइन् कुवेतमा बन्धक बनेकी नविन र मनिषाकी आमा

काठमाडौँ । एक महिनाअघि दैलेखका नविन र मनिषाले सिधाकुराको स्टुडियोमा आँशु झार्दै कुवेतमा बन्दक बनेकी आमाको पिडा सुनाएका थिए । दाजुबहिनीले हामीलाई सोधेका थिए, ‘सर हाम्री आमालाई सकुशल नेपाल ल्याउन सकिन्छ ? शनिबार बिहान नविन र मनिषाले यो प्रश्न जवाफ पाउँदै थिए । 


CG

वैदेशिक रोजगारीको खोजिमा सुना गत वर्ष घर छाडेकी दैलेख नारायाण नगरपालिका ११ की खगिसर सुनार घर फर्कीदै थिइन् । खगिसरा सनिबार साँझ ६ बजेको उडान मार्फत कुवेतबाट स्वदेश आउँदै थिइन् । 


बिहान ३ बजे, काठमाडौँमा झरीले चिसो बनाइरहेको थियो । त्रिभुुवन अन्तराष्ट्रि विमानस्थलको आगमन कक्ष बाहिर नविन सुनार ओत लागेर आगमन कक्षको ढोका चियाइरहेका थिए । बेला बेलामा मोवाइल स्क्रोल गर्थे, फोटो हेर्थे, समय हेर्थे । ‘कतिबेला आमा आगमन कक्षबाट निस्कन्छिन् र उनलाई देख्न पाइएला ?’ आमालाई भेट्नुअघिको तड्पाहट नविनको आँखामा प्रस्टै झल्किन्थ्यो । 

तस्विर : विमानस्थलमा आमाको पर्खाइमा नवीन सुनार

कुवेतबाट आएको जजिरा एयरलाइन्सको विमान ल्याण्ड भयो, केही छिनमा खगिसरा विमानस्थलको आगमन कक्षमा झुुल्किइन् । नविन खुशी हुँदै (आमा आउनुभयाे भन्दै) आमासामु पुगे । बाँचेर फर्कन्छु भन्ने सोच्न समेत छाडेकी खगिसरा छोरालाई अघि देख्दा हेरिरहिन्, केही बोल्न सकिनन् । नविनले नै सोधे, ‘नेपाल आउँदा कस्तो लागिरहेको छ आमा ?’ खगिसराले आँखैबाट जवाफ दिइन् । 

२०७९ असोजमा विदेश गएका मानिसहरु समेत घर फर्कदै थिए । तर, खगिसरा रोजगारीका लागि विदेश जाने भन्दै छोराछोरीलाई भाडाको कोठामा राखेर काठमाडौँ आइन् । तीन महिना काठमाडौँमा भौतारिएपछि गत पुसमा खगिसरा भारतको बाटो हुँदै घरेलु महिला कामदारको रुपमा कुवेत पुगेकी थिइन्  । घरेलु कामदारका रुपमा कुवेत पुगेकी खगिसराले केही समय काम गरिन् । छोरा नवीन सुनारका अनुसार सुरुमा खगिसराले घरमा पैसा पनि पठाएकी थिइन् ।  

तर, केही समयपछि उनी घरेलु कामदारको रुपमा रहेको घरबाट निकै दबाब र यातानाको शिकार भइन् । साहुनीले कुट्पिट गर्ने गरेको भन्दै खगिसरा छोराछोरीसँग रोएकी थिइन् । 

खगिसराले कति पिडा त छोराछोरीलाई कठिन हुन्छ भनेर पहिला सुनाएकी थिइन् तर एक दिन  भिडियो कलमै आमामाथि आक्रमण भएको छोराछोरीले देखे । 

त्यसपछि छोराछोरी आमालाई उद्धार गर्न गुहार्न थाले । कुवेतमा खगिसरा बिरामी पर्दै गइन्, पछिल्ला दिनमा त खगिसरा शारिरिकरुपमा निकै कमजोर भएकी थिइन्, भने मानसिकरुपमा समेत विचलित भएकी थिइन् । खगिसरलाई कुवेत पुुर्याएर काम लगाउने कम्पनीले नेपाल फर्काउन ४ लाख लाग्ने भनिरहेको थियो । तर खगिसराका छोराछोरी आमाको उद्धारका लागि काठमाडौँ आउने गाडी भाडा समेत अरुले नै सहयोग गर्नुपर्ने अवस्थामा थिए । उनिहरुका लागि आमाको उद्धार असम्भव लाग्न थालेको थियो । उता आमाको अवस्था दिनप्रतिदिन बिग्रिदै थियो, यता छोराछोरीको छटपटी बढीरहेको थियो । 

आमाको उद्धारको लागि भन्दै केही दिनअघि नविन र मनिषा सिधाकुरा डट कमले कार्यालयमै आएका थिए । खगिसरा र उनका छोराछोरीका विषय प्रकाशन प्रशारण गरेपछि धेरै नेपालीले उनका बारेमा चासो राखेका थिए । कुवेतमा रहेको नेपाली पुष्कर धामी, उमेश थापा, राजु धमला लगायतले तत्कालै खगिसरलाई उद्धारका लागि पहल सुरु गरेका थिए । तर २ पटकसम्म खगिसरालाई बन्दक बनाइएको घरबाट निकाल्ने प्रयास असफल भएको थियो । उनीहरुसँगै कुवेत स्थित एनआरएनए, यात्री टिम र  नेपाली दुतावासले निरन्तर पहल गरेपछि  २ साताअघि मात्रै खगिसरालाई बन्धक बनाइएको घरबाट निकालिएको थियो । त्यसपछि दुतावासको सेल्टरमा आइपुगेकी खगिसरलाई दुतावासले केही दिन काउन्सिलिङमा राखेको थियो । त्यसपछि कानुनी प्रक्रिया पुरा गराएर दुतावासलेनै नेपाल पठाएको हो । 

अब खगिसरालाई फेरि विदेश जान मन छैन, ‘आफ्ना छोराछोरीको भविष्यको चिन्ता त छँदै छ तर विदेश त म जान्न’, खगिसरा भन्छिन् । 

आमाको हात समाएर उभिएका नविनले आमालाई हेर्दै भने, ‘आमाले हामीलाई यति दुख गरेर हुर्काउनुभयो, अब आमाका लागि हामीले दुख गर्छाैँ ।’


सम्बन्धित समाचार : 

कुवेतमा बन्धक आमाको उद्धारमा हिँडेका दाजु बहिनी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

पोखरा र भैरहवा विमानस्थल भ्रष्टाचारबारे राजन दाहालको भित्री खुलासा

लेखनाथ दाहाल (राजन) विघटित प्रतिनिधिसभा सदस्य हुन् । उनी तत्कालीन माओवादीका केन्द्रका तर्फबाट २०७९ मा सिन्धुलीबाट निर्वाचित भएका थिए ।  भ्रष्टाचार, अनियमितता, मुलुकको फितलो कूटनीति, अर्थराजनीति देखि भू(राजनीतिसम्म...
बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

बाइक बिक्रीपछिको झुर सर्भिसिङले हैरान छन् रोयल इन्फिल्डका ग्राहक

रोयल इन्फिल्डमै काम गर्ने कर्मचारीहरुकाअनुसार एक दिनमा बाइक सर्भिसिङ गरेर पाइन्छ भन्ने त परिकल्प नै नगरे हुन्छ । ‘बाइक बिक्री अहिले बढेको छ । सोहीअनुसार सर्भिसिङ सेन्टर र...
भिजिट भिसामा रमेश लेखकको कनेक्सन, तर उन्मुक्ति !

भिजिट भिसामा रमेश लेखकको कनेक्सन, तर उन्मुक्ति !

अख्तियारले अनुसन्धान गरेको भन्दै तत्कालीन सरकारले थामथुम पार्ने प्रयास गरेको थियो । तर  अख्तियारले ७ महिना अनुसन्धान गर्दा पनि उनीहरुमाथि अनुसन्धान नसकिएको दाबी गर्दै मुद्दा बुझाएको छ ।...
म थाकेँ, त्यसैले देश छाेड्ने निर्णयमा पुगेँ : उज्वल बिक्रम थापा

म थाकेँ, त्यसैले देश छाेड्ने निर्णयमा पुगेँ : उज्वल बिक्रम थापा

सरकारले पर्याप्त लगानी नगरेका कारण उपचार सम्भव भएर पनि मानिसहरूले मृत्युवरण गर्न परेका घटनाहरूले आफूलाई विक्षिप्‍त बनाउने थापा बताउँछन् । स्रोत साधनमा लगानी भएको भए यो मान्छे बाँच्छ...