नेभिगेशन
सबै कुरा

ढोलाहिटी ग्याङ फाइट प्रकरण : मुख्य चार आरोपी सार्वजनिक

काठमाडाैँ। ललितपुरको ढोलाहिटीमा भएको ग्याङ फाइटमा २ जनाको हत्या गरेको अभियोगमा ५ जनालाई कर्तव्य ज्यानमा मुद्दामा अनुसन्धान गर्ने तयारी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न मुख्य चार आरोपीलाई सार्वजनिक गरेको हो ।

आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको एक खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाहरुबिच ग्याङ् फाइट हुँदा पूजन राई र रोबस राईको मृत्यु भएको थियो । उनीहरुमाथि चक्कु प्रहार गरेर हत्या गरेको अभियोगमा ललितपुर प्रहरीले ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको बताएको छ । अभियुक्त रहेका ५ जनाविरुद्ध मुद्दा चलाउने तयारी भएपनि एकजना भने अझै फरार रहेको प्रहरीले जनाएको छ  । 

City Express

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खोटाङका विजय राई र सुलभ राई, भोजपुरका विशाल हाड मुकारूङ राई र काठमाडौँका हाड राई पक्राउ गरेको छ । विजय राई र सुलभ राई होटल संचालक रहेको प्रहरीले जनाएको छ । त्यस्तै घटनापछि राजु गुरुङ भन्ने व्यक्ति भने फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको  छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

दुर्घटनामा एकै परिवारका तीन सहित चार जनाको मृत्यु, बसले अटोरिक्सालाई ठक्कर दिएको थियो

विराटनगरबाट धनगढी गइरहेको सुप्र०१–००१ख ३२८८ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको प्रदेश२–०१–००१ह १२३० नम्बरको अटोरिक्सालाई शनिबार साँझ ठक्कर दिएको थियो ।

भर्खरै