नेभिगेशन
सबै कुरा

ढोलाहिटी ग्याङ फाइट प्रकरण : मुख्य चार आरोपी सार्वजनिक

काठमाडाैँ। ललितपुरको ढोलाहिटीमा भएको ग्याङ फाइटमा २ जनाको हत्या गरेको अभियोगमा ५ जनालाई कर्तव्य ज्यानमा मुद्दामा अनुसन्धान गर्ने तयारी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरले पत्रकार सम्मेलन गरी उक्त घटनामा संलग्न मुख्य चार आरोपीलाई सार्वजनिक गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको एक खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाहरुबिच ग्याङ् फाइट हुँदा पूजन राई र रोबस राईको मृत्यु भएको थियो । उनीहरुमाथि चक्कु प्रहार गरेर हत्या गरेको अभियोगमा ललितपुर प्रहरीले ५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको बताएको छ । अभियुक्त रहेका ५ जनाविरुद्ध मुद्दा चलाउने तयारी भएपनि एकजना भने अझै फरार रहेको प्रहरीले जनाएको छ  । 

Ncell
Extreme Energy

उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले खोटाङका विजय राई र सुलभ राई, भोजपुरका विशाल हाड मुकारूङ राई र काठमाडौँका हाड राई पक्राउ गरेको छ । विजय राई र सुलभ राई होटल संचालक रहेको प्रहरीले जनाएको छ । त्यस्तै घटनापछि राजु गुरुङ भन्ने व्यक्ति भने फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको  छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...

भर्खरै