नेभिगेशन
सबै कुरा

ताइवानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

ताइवानको पूर्वी तटीय क्षेत्रमा बुधबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।  भूकम्पका कारण ताइवानसँगै चीन, जापान, फिलिपिन्समा सुनामी आउन सक्ने प्रारम्भिक चेतावनी जापानको मौसम पुर्वानुमानसम्बन्धी निकायले जारी गरेको छ ।

ताइवानको ख्वालिएन शहरदेखि करिब १८ किलोमिटर टाढा केन्द्रबिन्दु बनाई भूकम्प गएको अमेरिकी भौगर्भिक अध्ययन निकाय (यूएसजीएस) ले जनाएको छ । ताइवानी अधिकारीहरूका अनुसार यो भूकम्प ताइवानमा २५ वर्षयताकै सबैभन्दा शक्तिशाली रहेको बताएका छन् ।

चीनको दक्षिण–पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबारको भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्युड अथवा सोभन्दा ठूला नौवटा परकम्प गएका अधिकारीहरूले बताएका छन् ।

भूकम्पका कारण भएको क्षतिको विवरण सङ्कलन भइरहेको बताइएको छ । आवासीय भवनहरू भत्केका र मानिसहरूलाई उनीहरूका घर एवम् विद्यालयबाट उद्धार गर्दै गरिएका दृश्य देखिने भिडियो तथा तस्वीर स्थानीय सञ्चारमाध्यमले देखाएका छन् । ताइवानमा भूकम्पका कारण पहाडी भेगमा निकै ठाउमा पहिरो गएको बताइएको छ । 

जापानको दक्षिण–पश्चिमी क्षेत्रको ठूलो हिस्सामा सुनामीले ३ मिटर उचाइसम्म छाल निम्त्याउन सक्ने अनुमान गरिएको त्यहाँको मौसमसम्बन्धी निकायले जनाएपनि पछि यसलाई संशोधन गर्दै कुनै ठूलो सुनामीको जोखिम नरहेको बताएको छ । 

चीनको दक्षिण–पूर्वी फुजिएन प्रान्तका कतिपय हिस्सामा भूकम्पको धक्का महसुस गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ। सन् १९९९ को सेप्टेम्बरमा ताइवानमा ७.६ म्याग्निट्यूडको विनाशकारी भूकम्प जाँदा दुई हजार ४०० व्यक्तिको ज्यान गएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठोक्काएको थियो । सो ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहक गाडीको माथि चढेको थियो ।
प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो...
अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर  गहिराइमा उक्त भूकम्प गएको थियो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान...
दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

राज्य सञ्चालित यातायात बस करिब ७० जना यात्रु बोकी राजधानी हैदराबादतर्फ गइरहेको थियो । विपरीत दिशाबाट अत्यधिक गतिमा आइरहेको ट्रक चेभल्ला सहर नजिकै बससँग ठोक्किएको जिल्ला अधिकारी के.चन्द्रकलाले...