नेभिगेशन
सबै कुरा

वीरगंजका मेयरको नागरिकता किर्ते नदेख्ने प्रहरीलाई लालटिन उपहार

वीरगंज। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेललाई लालटिन उपहार दिइएको छ । सचेत नागरिक वीरगंजका स्थानीय सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूले ढुंगेललाई लालटिन उपहार दिएका हुन् । 

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अर्काकी छोरीलाई नागरिकता दिलाएर गरेको नागरिकता किर्ते र तिनका लागी गरेको सरकारी कागजात किर्ते लगायतको प्रमाण दिनको उज्यालो मै नदेख्ने भएकाले सांकेतिक रुपमा उनलाई लालटिन उपहार दिइएको हो । 

CG

सचेत नागरिक वीरगंजका स्थानीय सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूले वीरगंजको घण्टाघरबाट र्याली समेत निकालेको थियो । उक्त र्याली नगरको माईस्थान, महाविरस्थान, आदर्शनगर, घडीअर्वा हुँदै जिल्ला प्रहरी कार्यालय पुगेको थियो । त्यसपछि प्रदर्शकारीहरुले प्रहरी नायब उपरीक्षक मार्फत प्रहरी प्रमुखलाई लाल्टिन उपहार बुझाएका हुन् । 

मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएको विषय सिधाकुराले पुस २४ गते खुलासा गरेको थियो । मेयर सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, गृह मन्त्रालयदेखि ७ वटा निकायमा जाहेरी परेको छ । यस विषयमा गृह मन्त्रालयका सह सचिव पुष्कर राणाको संयोजकत्वमा छानविन समिति बनेपनि प्रतिवेदन अझैसम्म बाहिर आएको छैन ।  किर्ते प्रकरण सार्वजनिक भएको तीन महिना पुग्न लाग्दा हालसम्म कारबाही प्रकृया अगाडि नबढाएको भन्दै विरोधका कार्यक्रम हुँदै आएको छ । तर पनि प्रशासनले कावार्ही गर्ने छाँटकाँट नदेखाएकाले सांकेतिक रुपमा विरोधको कार्यक्रमहरू गर्न लागिएको प्रदर्शनमा सहभागी जनमतका नेता शशिकपुर मियाले बताए ।

मेयर सिंहले नयाँ नयाँ हतकण्डा अपनाइरहने, प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट प्रमाण नपाएको बताइरहने र प्रशासन हराएको भनिरहने नियतले देशमा कानुनी राज्यको अभाव खड्किएको जनमत पार्टीका केन्द्रीय सदस्य मुकेश द्विवेद्विले बताउँछन् । उनले भने, ‘मेयर सिंहले गृहमन्त्रालयको छानबिन समितिलाई बुझाएको किर्ते गरेको जन्मदर्ता, सिफारिस लगायतको सहीछाप आधारमा कारवाही प्रकृया अगाडि बढाउन सकिन्छ । तर प्रमाण मेटाउन एकपछि अर्को किर्ते गरिरहँदा सरकारी अनुसन्धान भने कमजोर भएको छ ।’ 

मेयरले कारबाहीबाट बच्न कानुनी छिद्रमा टेकेर कहिले दोश्रो श्रीमती स्विकार्ने, कहिले अंश तथा सम्बन्ध विच्छेदको मुद्दा दिन लगाउने, कहिले पञ्जिकरण अधिकारीलाई प्रलोभनमा पारी किर्ते कागजात स्विकार्न दबाब दिने त कहिले धाकधम्की दिने काम गर्दै आएपनी प्रहरी प्रशासन कारबाही गर्नुको साटो मेयरसँग फूलमालाको स्वागत पकाईरहेको प्रदर्शनकारीहरूको आरोप छ । 

विरोध कार्यक्रममा जनता समाजवादी पार्टीबाट वडा नम्बर १ का वडा अध्यक्ष मनोज राउत कुर्मी, जनमत पार्टीका केन्द्रीय सदस्य मुकेश द्विवेद्वि, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष दिलिप कुर्मी, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति मोहम्मद सहाबुदिन, राप्रपाबाट महानगर अध्यक्ष जलेश्वर सरार्फ, नेकपा एमालेका नेता लियाकत अलि लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...