नेभिगेशन
सबै कुरा

वीरगंजका मेयरको नागरिकता किर्ते नदेख्ने प्रहरीलाई लालटिन उपहार

वीरगंज। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेललाई लालटिन उपहार दिइएको छ । सचेत नागरिक वीरगंजका स्थानीय सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूले ढुंगेललाई लालटिन उपहार दिएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले अर्काकी छोरीलाई नागरिकता दिलाएर गरेको नागरिकता किर्ते र तिनका लागी गरेको सरकारी कागजात किर्ते लगायतको प्रमाण दिनको उज्यालो मै नदेख्ने भएकाले सांकेतिक रुपमा उनलाई लालटिन उपहार दिइएको हो । 

Ncell
Extreme Energy

सचेत नागरिक वीरगंजका स्थानीय सर्वसाधारण तथा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरूले वीरगंजको घण्टाघरबाट र्याली समेत निकालेको थियो । उक्त र्याली नगरको माईस्थान, महाविरस्थान, आदर्शनगर, घडीअर्वा हुँदै जिल्ला प्रहरी कार्यालय पुगेको थियो । त्यसपछि प्रदर्शकारीहरुले प्रहरी नायब उपरीक्षक मार्फत प्रहरी प्रमुखलाई लाल्टिन उपहार बुझाएका हुन् । 

मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतीलाई नागरिकता दिलाएको विषय सिधाकुराले पुस २४ गते खुलासा गरेको थियो । मेयर सिंहविरुद्ध जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, गृह मन्त्रालयदेखि ७ वटा निकायमा जाहेरी परेको छ । यस विषयमा गृह मन्त्रालयका सह सचिव पुष्कर राणाको संयोजकत्वमा छानविन समिति बनेपनि प्रतिवेदन अझैसम्म बाहिर आएको छैन ।  किर्ते प्रकरण सार्वजनिक भएको तीन महिना पुग्न लाग्दा हालसम्म कारबाही प्रकृया अगाडि नबढाएको भन्दै विरोधका कार्यक्रम हुँदै आएको छ । तर पनि प्रशासनले कावार्ही गर्ने छाँटकाँट नदेखाएकाले सांकेतिक रुपमा विरोधको कार्यक्रमहरू गर्न लागिएको प्रदर्शनमा सहभागी जनमतका नेता शशिकपुर मियाले बताए ।

मेयर सिंहले नयाँ नयाँ हतकण्डा अपनाइरहने, प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट प्रमाण नपाएको बताइरहने र प्रशासन हराएको भनिरहने नियतले देशमा कानुनी राज्यको अभाव खड्किएको जनमत पार्टीका केन्द्रीय सदस्य मुकेश द्विवेद्विले बताउँछन् । उनले भने, ‘मेयर सिंहले गृहमन्त्रालयको छानबिन समितिलाई बुझाएको किर्ते गरेको जन्मदर्ता, सिफारिस लगायतको सहीछाप आधारमा कारवाही प्रकृया अगाडि बढाउन सकिन्छ । तर प्रमाण मेटाउन एकपछि अर्को किर्ते गरिरहँदा सरकारी अनुसन्धान भने कमजोर भएको छ ।’ 

मेयरले कारबाहीबाट बच्न कानुनी छिद्रमा टेकेर कहिले दोश्रो श्रीमती स्विकार्ने, कहिले अंश तथा सम्बन्ध विच्छेदको मुद्दा दिन लगाउने, कहिले पञ्जिकरण अधिकारीलाई प्रलोभनमा पारी किर्ते कागजात स्विकार्न दबाब दिने त कहिले धाकधम्की दिने काम गर्दै आएपनी प्रहरी प्रशासन कारबाही गर्नुको साटो मेयरसँग फूलमालाको स्वागत पकाईरहेको प्रदर्शनकारीहरूको आरोप छ । 

विरोध कार्यक्रममा जनता समाजवादी पार्टीबाट वडा नम्बर १ का वडा अध्यक्ष मनोज राउत कुर्मी, जनमत पार्टीका केन्द्रीय सदस्य मुकेश द्विवेद्वि, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष दिलिप कुर्मी, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का क्षेत्रिय सभापति मोहम्मद सहाबुदिन, राप्रपाबाट महानगर अध्यक्ष जलेश्वर सरार्फ, नेकपा एमालेका नेता लियाकत अलि लगायतको उपस्थिति रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।

भर्खरै