नेभिगेशन
समाज

'यो नेपाली शिर उचाली' नामक कार्यक्रम ल्याउँदै राजेश हमाल

काठमाडौँ । महानायक राजेश हमाल नयाँ टेलिभिजन कार्यक्रम लिएर आउने भएका छन् । ‘यो नेपाली शिर उचाली नामक उनको कार्यक्रम यही चैत ३० गते शुक्रवारदेखि प्रसारण हुने भएको हो । कार्यक्रममा विदेशी भूमिमा संघर्ष गरेर गर्व गर्न लायक काम गरेका नेपालीहरुलाई महानायक हमालले उनीहरुको कर्मथलोमै गएर भेट्नेछन्, र अन्तरंग कुरा गर्नेछन् । उक्त कार्यक्रम हरेक साता साँझ ८ बजे हिमालय टेलिभिजन र साझा कथामा प्रसारण हुनेछ । 

कार्यक्रमको पहिलो सिजन बेलायत र युरोपियन मुलुकलाई कर्मभूमि बनाएका नेपालीहरुको कथाबाट सुरु हुनेछ । जसका लागि हमाल सहित प्रोडक्सन टिमले गत सेप्टेम्बरममा बेलायत र युरोपियन मुलुकहरुको भ्रमण गरेको थियो । मुभ मिडिया प्रा.लि र अल थ्री मिडिया घर प्रा.लि ले संयुक्त रुपमा उत्पादन गरेको कार्यक्रमको निर्देशन रोशन ठकुरीले गरेका छन् । 

कार्यक्रमको टिजर सार्बजनिक गर्दै महानायक हमालले यो कार्यक्रममा संसारभरि छरिएका नेपालीको सपना र संघर्षको वास्तविक कहानी हुने वताएका छन् । आ आफ्नो क्षेत्रमा सफल र सक्रिय ती नेपालीहरुको कथा सबै नेपालीका लागि प्रेरणा बन्ने र आफ्नो लागि पनि नयाँ अनुभव हुने हमालको भनाइ छ । स्वाभिमान र संभावनाको कथा उजागर हुने कार्यक्रम अनुभव र उत्प्रेरणाको दस्तावेज समेत बन्ने उनको विश्वास छ । 

कार्यक्रमका कार्यकारी निर्माता विवेक रेग्मीले नेपालीहरु हरेक क्षेत्रमा सक्षम छन्, र आफ्नो क्षमतालाई विश्वभरि प्रमाणित गरिरहेका छन् भन्ने यथार्थलाई कार्यक्रमले उजागर गर्ने बताएका छन् । कार्यक्रमले त्यस्ता नेपालीहरुसँग भएको  ज्ञान र दक्षतालाई नेपालसँग कसरी जोड्ने भन्ने बहसको सार्थक थालनी गर्ने उनको विश्वास छ । निर्देशक रोशन ठकुरीले विदेशमा नेपालीहरुले गरेको संघर्ष र उपलब्धी नेपाली मिडिया मार्फत देखाउने कार्यक्रमको निर्देशन गर्न पाउनु गर्वको विषय भएको वताएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

भारतमा यात्रु र मालवाहक रेल एक–आपसमा ठोक्किँदा कम्तीमा ११ जनाको मृत्यु

वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार स्थानीय यात्रु रेलले कार्गो ट्रेनलाई पछाडिबाट ठोक्काएको थियो । सो ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहक गाडीको माथि चढेको थियो ।
प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

प्रवासमा रहेका नेपालीलाई समानुपातिकमा मात्रै मत हाल्ने अधिकार

‘प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा मताधिकार दिनेबारे गृहकार्य सुरु गरिएको हो,’ प्रवक्ता काफ्लेले सिधाकुरासँग भने, ‘तर, तत्काल समानुपातिकमा मात्रै मताधिकार दिन सकिने अवस्था देखिएको छ । तर यो...
अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अफगानिस्तानमा शक्तिशाली भूकम्प, २० जनाको मृत्यु, तीन सय भन्दा बढी घाइते

अमेरिकी भूगर्भीय सर्वेक्षणका अनुसार अफगानिस्तानको मजार–ए–सरिफ सहर नजिकै २८ किलोमिटर  गहिराइमा उक्त भूकम्प गएको थियो ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानले घटनाको पुष्टि गर्दै भूकम्पका कारण बल्ख र समङ्गान...
दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

दक्षिणी भारतमा भयानक सडक दुर्घटनाः २० जनाको मृत्यु, दर्जनौँ घाइते

राज्य सञ्चालित यातायात बस करिब ७० जना यात्रु बोकी राजधानी हैदराबादतर्फ गइरहेको थियो । विपरीत दिशाबाट अत्यधिक गतिमा आइरहेको ट्रक चेभल्ला सहर नजिकै बससँग ठोक्किएको जिल्ला अधिकारी के.चन्द्रकलाले...