नेभिगेशन
सबै कुरा

अमिलिया चेक पोइन्टबाट नक्कली बिलबिजक बरामद

दाङ । दाङको देउखुरीमा रहेको इलाका प्रहरी कार्यालय अमिलियाले राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायीद्धारा संचालित अवैध चेक पोइन्टको नक्कली बिलबिजक नियन्त्रणमा लिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा रहेका विभिन्न अवैध रुपमा स्थापना गरिएका ट्रक समितिका चेक पोइन्ट बन्द गर्ने निर्णण गरेको थियो । अनुगमन व्यवस्थापन तथा तौलपुल संचालनका लागि भनेर प्रति ट्रकबाट ५० रुपैयाँका दरले रकम उठाउदैँ आएको अवैध बिल इलाका प्रहरी कार्यालय अमिलियाले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । 

राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायी समितिले देउखुरीका २ स्थानमा अबैध चेक पोइन्ट स्थापना गर्दै शुल्क उठाउदैँ आएको थियो । पुर्ब पश्चिम् राजमार्ग अन्तरगत अमिलिया प्रहरीले अमिलिमा क्षेत्रमा रहेको चेक पोइन्टबाट आठवटा नयाँ बिल र सातवटा काटेका बिल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए ।  " न त बिलमा दर्ता नम्बर छ, न त समितिको प्यान नम्बर समेत बिलमा उल्लेख छ,  तेहि माथी काटाको गरेको भनी अबैध रुपमा काटै नरहेको स्थान बाट पैसा असुल्दै आएका रहेछन , अहिले हामिले ती बिल नियन्त्रणमा लिएका छौ " - श्रेष्ठले भने ।  आवयश्क कार्वाहीका लागि अनुसन्धान सुरु गरिएको अमिलिया प्रहरी कार्यलयले जनाएको छ ।

City Express

दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ अमिलिया र गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे जुरौनीमा राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायी समिति प्रधान कार्यालय घोराहीले दुइवटा अवैध चेक पोइन्ट स्थापना गरि गैरकानुनी तवरले रकम असुल्दै आएको चेक पोइन्टलाई शुक्रवार जिल्ला प्रशासन कार्यालय दाङमा विभिन्न मालबहाक ट्रकहरु ओभरलोड गरि संचालनमा आएको सम्बन्धमा जिल्लामा रहेका सिमेन्ट उद्योग लगायत ट्रक र टिप्पर जस्ता मालबहाक सवारी साधन व्यवसायीहरु बिच समन्वय बैठक बसि उक्त अवैध चेक पोइन्टहरु बन्द गर्ने निर्णण गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...
बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

बैतडीमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आइतबार अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

भर्खरै