नेभिगेशन
सबै कुरा

अमिलिया चेक पोइन्टबाट नक्कली बिलबिजक बरामद

दाङ । दाङको देउखुरीमा रहेको इलाका प्रहरी कार्यालय अमिलियाले राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायीद्धारा संचालित अवैध चेक पोइन्टको नक्कली बिलबिजक नियन्त्रणमा लिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा रहेका विभिन्न अवैध रुपमा स्थापना गरिएका ट्रक समितिका चेक पोइन्ट बन्द गर्ने निर्णण गरेको थियो । अनुगमन व्यवस्थापन तथा तौलपुल संचालनका लागि भनेर प्रति ट्रकबाट ५० रुपैयाँका दरले रकम उठाउदैँ आएको अवैध बिल इलाका प्रहरी कार्यालय अमिलियाले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायी समितिले देउखुरीका २ स्थानमा अबैध चेक पोइन्ट स्थापना गर्दै शुल्क उठाउदैँ आएको थियो । पुर्ब पश्चिम् राजमार्ग अन्तरगत अमिलिया प्रहरीले अमिलिमा क्षेत्रमा रहेको चेक पोइन्टबाट आठवटा नयाँ बिल र सातवटा काटेका बिल नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख लालबहादुर श्रेष्ठले जानकारी दिए ।  " न त बिलमा दर्ता नम्बर छ, न त समितिको प्यान नम्बर समेत बिलमा उल्लेख छ,  तेहि माथी काटाको गरेको भनी अबैध रुपमा काटै नरहेको स्थान बाट पैसा असुल्दै आएका रहेछन , अहिले हामिले ती बिल नियन्त्रणमा लिएका छौ " - श्रेष्ठले भने ।  आवयश्क कार्वाहीका लागि अनुसन्धान सुरु गरिएको अमिलिया प्रहरी कार्यलयले जनाएको छ ।

Ncell
Extreme Energy

दाङ देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ अमिलिया र गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे जुरौनीमा राप्ती अञ्चलन संयुक्त ट्रक यातायात व्यवसायी समिति प्रधान कार्यालय घोराहीले दुइवटा अवैध चेक पोइन्ट स्थापना गरि गैरकानुनी तवरले रकम असुल्दै आएको चेक पोइन्टलाई शुक्रवार जिल्ला प्रशासन कार्यालय दाङमा विभिन्न मालबहाक ट्रकहरु ओभरलोड गरि संचालनमा आएको सम्बन्धमा जिल्लामा रहेका सिमेन्ट उद्योग लगायत ट्रक र टिप्पर जस्ता मालबहाक सवारी साधन व्यवसायीहरु बिच समन्वय बैठक बसि उक्त अवैध चेक पोइन्टहरु बन्द गर्ने निर्णण गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...