नेभिगेशन
सबै कुरा

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिदैँ छन् ।  

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका छन्  । उनले कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्)को २०८१ वैशाख २७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठक आह्वान गरेका हुन् । 

यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएका थिए । 

उनलाई नेकपा (एमाले) का ३९, नेकपा (माओवादी केन्द्र) का १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ । 

आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची रहेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

साढे ७ घण्टापछि सकियो रवि लामिछानेको बयान

बयानका लागि लामिछानेलाई आज दिउँसो १ बजे नख्खु कारागारबाट सिंहदरवारस्थित आयोगको कार्यालय लगिएको थियो । आयोगले उनीसँग करिब साढे ७ घण्टा बयान लिएको छ ।
आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

आफुहरुको पार्टीलाई एक नम्वरको पार्टी बन्न कसैले रोक्न नसक्ने प्रचण्डको दावी

बुधबार काठमाडौंको भृकुटिमण्डपमा आयोजित पार्टी एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले कम्युनिस्ट इतिहासमा १० घटकको एकता भएको दिन अभूतपूर्व, ऐतिहासिक र असाधारण हुने भन्दै एक नम्वरको पार्टी बन्न...
सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

सार्वजनिक स्थल र दुर्गम क्षेत्रमा निःशुल्क वाइफाइ अभियानकै रूपमा अगाडि बढाइन्छः सञ्चारमन्त्री खरेल

काठमाडौँका महत्त्वपूर्ण सार्वजनिक स्थानमा उपलब्ध गराइएको निःशुल्क वाइफाइ इन्टरनेट सेवाको बुधबार स्थलगत निरीक्षण गर्दै उनले सङ्घीय राजधानी काठमाडौँका संवेदनशील र महत्त्वपूर्ण सार्वजनिक स्थलका साथै काठमाडौँ बाहिरका ग्रामीण क्षेत्रमा...
महाधिवेशन सम्बन्धमा काँग्रेस नेताहरुबीच आ–आफ्नै अडान, बिहीबार बस्ने गरी बैठक स्थगित

महाधिवेशन सम्बन्धमा काँग्रेस नेताहरुबीच आ–आफ्नै अडान, बिहीबार बस्ने गरी बैठक स्थगित

बुधबार पार्टी कार्यालय सानेपामा बसेको बैठकमा संस्थापन पक्ष नेताहरुले प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन् भने संस्थापनइतर समूहका नेताहरुले निर्वाचन अघि नै महाधिवेशन गर्नुपर्ने धारणा राखेका छन्...