नेभिगेशन
सबै कुरा

दुर्गा प्रसाईं समूहको अराजकताः दिनदहाडै काठमाडौँमै हात बाँधेर पूर्व डिएसपीलाई जुत्ताको माला लगाएर भिडियो खिचियो

काठमाडौं । दुर्गा प्रसाईँको आलोचना गरेको भन्दै एक पूर्व प्रहरी अधिकारीमाथि काठमाडौंमै दिनदहाडै अभद्र व्यवहार गरिएको पाइएको छ । 

दुर्गा प्रसाईँको अभियानको आलोचना गरेको भन्दै अर्घखाँचीका केपी शर्मा पन्थीलाई प्रसाईँको समूहले पशुपति क्षेत्रमा दिउँसै बाँधेर जुत्ताको माला लगाएर भिडियो बनाएको हो । 

CG

सिधाकुरालाई प्राप्त भिडियोमा शर्मालाई केही युवाहरूले अब आइन्दा प्रसाईँको आलोचना नगर्न भन्दै फलामे कुर्सीमा बाँधेर जुत्ताको माला लगाएर भिडियो खिचेको देखिन्छ । 

फलामे कुर्सीको पछाडि हात बाँधेर जुत्ताको माला लगाएर सम्मान गरिएको भन्दै भिडियो खिचेका युवाहरूले अब देखि प्रसाईँको आलोचना नगर्ने शर्तमा मात्रै ति व्यक्तिलाई छाडेको भिडियोमा देखिन्छ ।  

‘अब यस्तो बोल्दै जानु भयो भने हाम्रो टोलीले जिब्रो कटिङ गर्छ । जिब्रो कटिङ मात्रै होइन ठोक्दिन्छु । दुर्गा दाइले धेरै सहयोग गर्नु भएको छ । नत्र गोली हान्थे म’ भिडियोमा सुनिन्छ । 


युवाहरूको समूहले गरेको सो दुर्व्यवहार आफू माथि भएको सिधाकुराको सम्पर्कमा आएका केपी शर्मा पन्थी बताए ।  पन्थीका अनुसार एक टेलिभिजनमा दिएको अन्तरवार्तालाई लिएर उनीमाथि वैशाख ९ गते अभद्र व्यवहार गरिएको थियो । 

‘वैशाख ९ गते केही युवाहररुले पटक पटक भेट्न बोलाए पछि म भेट्न भनेर पशुपति क्षेत्रमा पुगेको थिएँ’ पन्थीले भने, ‘त्यसपछि मलाई फलामे कुर्सीमा बाँधेर जुत्ताको माला लगाइयो, भिडियो खिचियो ।’ 

सो बेला आफूसँग कुनै प्रमाण नभएका कारण कानुनी उपचारमा जान नसकेको तर २७ वैशाखमा आफूमाथि भएको अभद्र व्यवहारको भिडियो पाएपछि गौशाला प्रहरीमा निवेदन दिएको पन्थीको भनाई छ । 

शर्माका अनुसार उनले इलाममा दुर्गा प्रसाईंले प्रहरी र रवि लामिछाने विरुद्ध गरेको भाषणको आलोचना गरेका थिए । प्रहरी कर्मचारी माथि प्रसाईंले नराम्रो बोलेको  र आफूले उक्त कुराको विरोध गरेको शर्माले सिधाकुरालाई बताए ।

गौशाला प्रहरी वृत्तका प्रमुख केशव कुमार थेवेले सिधाकुरासँग उक्त घटनाको पुष्टि गरे । पन्थीको जाहेरीका आधारमा सो कार्यमा संलग्न एक जनालाई नियन्त्रणमा लिइएको र बाँकी अन्यको खोजी भइरहेको थेवेले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

नक्कली नोट छाप्ने मेसिनसहित थप दुई जना पक्राउ

प्रहरीले केही दिनअघि गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेल चोकबाट एक हजार दरको ९३ थान नक्कली नोटसहित छ जनालाई नियन्त्रणमा लिएको थियो । उनीहरुमाथि अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ...
युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

पक्राउ पर्नेमा दाङ राप्ति गाउँपालिका–१ बस्ने प्युठान, प्युठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौँ स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ का ४० वर्षीय आइते तामाङ र काठमाडौँ...
छुरा प्रहार गरी श्रीमतीको हत्या, श्रीमानद्वारा आत्महत्याको प्रयास

छुरा प्रहार गरी श्रीमतीको हत्या, श्रीमानद्वारा आत्महत्याको प्रयास

आइतबार बिहान करिब ८ बजेको समयमा बेलका नगरपालिका–३ किरात चोक बस्ने ३० वर्षका खगेन्द्र राई र उनकी २७ वर्षीया श्रीमती भावना भनिने गंगा राईबीच आपसी विवाद हुँदा श्रीमानले...
सन् २०२५ मा १२८ पत्रकारको हत्या

सन् २०२५ मा १२८ पत्रकारको हत्या

तीमध्ये आधाभन्दा बढी मध्यपूर्वमा भएको हो । आइएफजेका महासचिव एन्थोनी बेलाङ्गरले भने, “सन् २०२४ भन्दा बढेको यो सङ्ख्या केवल तथ्याङ्क मात्र होइन, यो हाम्रा सहकर्मीहरूका लागि विश्वव्यापी रेड...