नेभिगेशन
सबै कुरा

उद्योग र उर्जा मन्त्रालयकाे चमेना गृहमा पनि बाल श्रम शोषण, २ जनाको उद्धार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बाल श्रमिक उद्धार टोलीले विश्व बाल श्रम विरुद्धको दिवसकाे दिन सिंहदरवारभित्र छापा मारेको छ । उक्त क्रममा उद्योग मन्त्रालय र उर्जा मन्त्रालयकाे चमेना गृहमा पनि बाल श्रम शोषण भएको पाइएको छ । 

महानगरको टोली उर्जा मन्त्रालयको क्यान्टिनबाट एक जना र उद्योग मन्त्रालयको क्यान्टिनबाट एक जना बाल श्रमिकको उद्धार गरेको हो । महानगरको टोलीलेसिंह दरवारका अन्य स्थानहरुमा पनि बाल श्रमिकको खोजी गरिरहेको छ । 

City Express

यसअघि महानगरेको टोलीले सिंह दरवारको प्रशासनीक अदालतको भवनमा रहेको क्यान्टिनबाट २ जना बालबालिको उद्धार गरेको थियो । 

काठमाडौँमा विभिन्न क्षेत्रमा बालबालिकामाथि शारिरिक तथा श्रम शोषण भैरहेको सूचना प्राप्त भएपछि उनीहरुको उद्धारका लागि महानगरपालिकाले एक वर्ष लगाएर ‘बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी कार्यविधि २०८०’ तयार पारेको छ । अहिले सोहि कार्यविधि अनुसार स्यंमसेवकको खोजी, पीडित बालबालिका खोजी देखि उद्धार र दिर्घकालीन व्यवस्थापन गर्न लागिएको हो । 

यसअघि काठमाडौँ महानगरपालिकाको बाल उद्धार टोलीले ६ महिनाका अन्तरालमा घरेलु कामदारका रुपमा पसलदेखि सांसद, प्रहरी, पूर्व न्यायाधीश, आइएनजीको अधिकारीको घरमा श्रम शोषण देखि यौन शोषणसम्म भोगका १९ जना बालिका र १८ जना बालकको उद्धार गरिसकेको छ । महानगरले ७० जना बालिबलिकालाई रेड जोन अर्थात चरम शोषणमा परेकाको सूचीमा राखेको थियो । अहिले महानगरले रेड जोनमा परेको बाबलिकाको उद्धार गरिरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...