नेभिगेशन
सबै कुरा

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारी तथा भिजिट भिसामा विभिन्न देश पठाइदिने भन्दै एक हजारभन्दा बढीलाई ठगी गरेको आरोपमा प्रहरीले विभिन्न कन्सलटेन्सीका छ जना सञ्चालकलाई पक्राउ गरेको छ । 

सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ घर भइ काठमाडौँ कोटेश्वर बस्ने २७ वर्षीय रेशम रावल, सोही ठेगाना भएका २४ वर्षीय प्रेमबहादुर रावल, डडेल्धुरा अमरगढी नगरपालिका–९ का २६ वर्षीय राजेश साउद, अछाम रामारोशन गाउँपालिका–१ का २५ वर्षीय टङ्कराज खनाल, काठमाडौँ धुम्बाराही बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–९ घर भएका ३० वर्षीय सुरेन्द्र तामाङ र काठमाडौँ नरेफाँट बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ३५ वर्षीय सन्तविर घिमिरेलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।

City Express

उनले भने, “पक्राउ परेकाले कम्तीमा पनि एक हजारभन्दा धेरै व्यक्तिहरुबाट रु दुई करोड ५० लाखभन्दा बढी रकम ठगी गरेको अनुसन्धानबाट खुल्न आएकाले हामीले पक्राउ गरेका छौँ ।”

रेशम रावलले काठमाडौँ कोटेश्वर र तिनकुनेमा सञ्चालन गरेका युनिक, वर्ल्डवाइड तथा रियान्स कन्सलटेन्सी, ग्लोबल ह्युमन रिसोर्सेस म्यानेजमेन्ट कम्पनी र रावल ट्राभल एण्ड टुर्सबाट पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसियालगायतका देशहरूमा वैदेशिक रोजगारी तथा भिजिट भिसामा पठाउने भन्दै गैरकानूनी रुपमा कागजात, रकम सङ्कलन गरेको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी जिसीले बताए । 

प्रहरीले उक्त कन्सलटेन्सीबाट दुई सय २० थान राहदानी बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुले विभिन्न सामाजिक सञ्जालमार्फत विभिन्न देशमा आकर्षक तलब भत्ता सेवा सुविधा पाइन्छ भनी झुट्टा विज्ञापन प्रचारप्रसार गर्ने गरेको, पीडितको सक्कल कागजपत्र लिएको र विदेश पठाउने काम नभएपछि उक्त कागजपत्र माग्न जाँदा पीडितलाई रु एक लाख ५० हजारदेखि रु दुई लाखसम्म रकम दिनु अनि मात्र डकुमेन्ट फिर्ता दिने भनी थर्काउने गरेको आरोप छ । विभिन्न होटल, कृषि फार्म, विद्यालय आदिको स्ट्याम्प प्याड प्रयोग गरी झुट्ठा कागजात बनाइदिने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । 

पक्राउ परेकालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको सूचना अधिकारी जिसीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...