नेभिगेशन
सबै कुरा

नेपालमा रगतको सही उपयोग र उचित प्रयोग नहुँदा अभाव

डा विपिन नेपाल । रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चारमाध्यममा पढ्ने र सुन्ने गरेका छौँ । नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान गरेपनि बेलाबेलामा रगतको अभाव भएको खबर सुन्छौँ । रगतलाई सही प्रयोग गरेको खण्डमा रगतको अभाव केही हदसम्म कम गराउन सकिन्छ । नेपालमा हाल वार्षिक ३ लाख ५० हजारदेखि ४ लाख पिन्ट रगत आवश्यक हुने गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एकातर्फ रक्तदान गर्ने युवाहरू दिन प्रतिदिन रोजगारी र पढाईको सिलसिलामा विदेशिएका छन् भने अर्कातर्फ रोगी र वृद्धवृद्धा भएका कारण रक्तदान गर्ने वर्गसमेत घटिरहेको छ । तर वार्षिक रुपमा नेपालभर जम्मा ३ लाख पिन्ट मात्र रगत संकलन हुँदै आएको छ । यो डाटालाई हेर्ने हो भने पनि नेपालमा अझै वार्षिक १ लाख पिन्ट रगत अपुग भएको देखिन्छ । तर त्यो ३ लाखबाट ९ लाख रक्ततत्व बनाउन सकिन्छ। यसकारणले हेर्ने हो भने रगतको मागभन्दा रक्ततत्व बनाएर रगतको सही उपयोग गरेमा रगतको माग पुग्ने देखिन्छ ।

Ncell
Extreme Energy


नेपालमा दैनिकजसो संकलन हुँदै आएको रगतलाई राम्रो किसिमले व्यवस्थापन गर्न नसक्दा दिन प्रतिदिन रगत अभाव हुँदै आएको छ । हामीले रगतलाई राम्रो व्यवस्थापन गर्न नसक्नु रगत अभावको मुख्य कारण हो । रक्त तत्त्वहरूको प्रयोगभन्दा होल ब्लड को प्रयोग अर्को मुख्य कारण हो। 

रगत अभाव हुने अर्को मुख्य कारण भनेको बिरामीका लागि लगेर बढी भएको रगतको व्यवस्थापन नगर्नु हो । उदाहरणको लागि  कुनै एक बिरामी को लागि दुई पिन्ट रगत आवश्यक भएको भनेर लिएर जानु  र रगतको प्रयोग गर्दा एक पिन्ट रगतले मात्र पुग्दा बाँकी अर्को एक पिन्ट रगत रक्तसञ्चार केन्द्रमा फिर्ता नगर्दा खेर गइरहेको हुन्छ ।

हामीले एक पिन्ट रगतबाट तीन देखि पाँच भिन्न खालका रगत बनाउन सक्छौँ । एकै प्रकारको रगतलाई भिन्न ३ देखि ५ प्रकारको रगत बनाउनका लागि धेरै रक्त सञ्चार केन्द्र छन् तर पनि शतप्रतिशत रक्ततत्व बनाउन नेपालको अत्याधुनिक रक्तसञ्चार केन्द्र ग्राण्डी अस्पतालमा रहेको छ । ग्राण्डीको रक्तसञ्चार केन्द्रले एउटा रगतबाट ३ देखि ५ प्राकृतिक रगत बनाउँदै आएको छ  ।

जुन बिरामीलाई जस्तो रगत चाहियो त्यस्तै रक्त तत्त्व बनाएर ग्रान्डीले प्रदान गर्दै आइरहेको छ । नेपालभरको रगतको समस्या भएको  केशमा बिरामीका आफन्तहरू रगत खोज्नका लागि ग्रान्डीमा आउने गरेको कैयौँ उदाहरणहरू छन् । 

ग्रान्डीले हाल वार्षिक ३ हजारदेखि ५ हजार पिन्ट रगत संकलन गर्दै आएको छ । उक्त संकलन गरिएको ३ हजारदेखि ५ हजार पिन्ट रगतबाट ९ हजारदेखि १५ हजार पिन्ट विभिन्न किसिमका रगत बनाउँदै आएको छ ।

रगतको कम्लीकेसनको चेकजाँच ग्राण्डी अस्पतालमा हुने गरेको डा नेपालले बताए । ग्रान्डीले हाल लगभग सबै थरी ब्लड गूप्र एण्टीबडीज  को चेकजाँच गर्दै आएको छ । उक्त अस्पतालले ट्रान्सप्लान्टका लागि एन्टीवडी ट्राईट्रेसन जाँच, रगतका बिरामीलाई चाहिने टेस्ट एण्टीबडीआइडेन्टिफिकेसन गर्दै आएको छ।

 डा विपिन नेपाल रक्तसञ्चार विशेषज्ञ हुन् । उनी ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा कार्यरत छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

सहुलियत नदिने अस्पताललाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

गृह मन्त्रालयद्वारा आज जारी परिपत्रमा कार्यविधिमा उल्लेख भएको छुट/सहुलियत दिए नदिएको अनुगमन गरी तत्काल छुट दिने व्यवस्था मिलाउन र छुट/सहुलियत नदिने अस्पताललाई कानून बमोजिम कारवाही गर्न भनिएको छ...
सुविधा खोज्दै पलायन हुँदैछन् नेपाली चिकित्सक

सुविधा खोज्दै पलायन हुँदैछन् नेपाली चिकित्सक

उनका अनुसार सबभन्दा धेरै चिकित्सक अमेरिका, वेलायत, माल्दिभ्स, सयुक्त अरब इमिरेट, अस्ट्रेलिया, भारत, क्यानडा, जर्मन जाने गर्छन् । नेपालमा मेडिकल अधिकृत तहमा कमै अवसर हुने गर्दछ । त्यसैले...
डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन

डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन

‘अर्थोपेडिक’ उपचार, ‘ट्रमा’ व्यवस्थापक र हाडजोर्नीसम्बन्धी उपचारमा संलग्न चिकित्सकहरूको उपस्थितिमा बिहीबार गठन भएको ट्रमा सोसाइटीको संरक्षकमा वरिष्ठ चिकित्सक प्रा डा रमेशप्रसाद सिंह रहेका छन् ।
नेपालमा कती छ ‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम ?

नेपालमा कती छ ‘हान्टाभाइरस’ सङ्क्रमणको जोखिम ?

मन्त्रालयले अफवाहको पछि नलाग्न तथा अनावश्यक आतङ्क सिर्जना नगर्न सबैमा अनुरोध गरेको छ । साथै मन्त्रालय तथा आधिकारिक निकायबाट जारी हुने सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ...