नेभिगेशन
सबै कुरा

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड ऋण लिने पक्राउ

काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड ऋण लिने पक्राउ परेका छन् । जग्गा हिनामिना गराउन नक्कली लालपुर्जा बनाउने दुई जना पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–४ जावलाखेलका उविन्द्रराज शाक्य र शोभा शाक्य रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गायक अमात्यको बारास्थित १२ बिघा जग्गाको किर्ते कागजात बनाएर १९ करोड रुपैयाँ बैंकबाट निकालेर ठगी भएको थियो । प्रहरीले २०७८ कात्तिकमा चार जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये दुई जना फरार रहेकोमा हाल पक्राउ गरिएको सीआइबीले जनाएको छ । 

Ncell
Extreme Energy

जग्गाको रेखदेख गर्नेबाट उनको जग्गामा अनधिकृत व्यक्तिहरू आएर शङ्कास्पद गतिविधि गर्ने गरेको जानकारीका आधारमा खोजबिन गर्दा उनको जानकारीबिना नै जग्गा कुमारी बैंक न्युरोड शाखामा धितो राखेर १९ करोड रुपैयाँ बराबरको कर्जा लिएको खुलेको थियो । त्यसपछि गायक अमात्य कानुनी उपचारमा गएका थिए ।

नक्कली लालपुर्जा बनाएको कसुरमा काठमाडौँका एसके महर्जन र मुक्तिलाल गौतम र बैंकका कर्मचारीहरू यस अघि नै पक्राउ परिसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...

भर्खरै