नेभिगेशन
सबै कुरा

गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड ऋण लिने पक्राउ

काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाएर १९ करोड ऋण लिने पक्राउ परेका छन् । जग्गा हिनामिना गराउन नक्कली लालपुर्जा बनाउने दुई जना पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । पक्राउ पर्नेहरुमा ललितपुर महानगरपालिका–४ जावलाखेलका उविन्द्रराज शाक्य र शोभा शाक्य रहेका छन् । 

गायक अमात्यको बारास्थित १२ बिघा जग्गाको किर्ते कागजात बनाएर १९ करोड रुपैयाँ बैंकबाट निकालेर ठगी भएको थियो । प्रहरीले २०७८ कात्तिकमा चार जनालाई पक्राउ गरेको थियो । त्यसमध्ये दुई जना फरार रहेकोमा हाल पक्राउ गरिएको सीआइबीले जनाएको छ । 

City Express

जग्गाको रेखदेख गर्नेबाट उनको जग्गामा अनधिकृत व्यक्तिहरू आएर शङ्कास्पद गतिविधि गर्ने गरेको जानकारीका आधारमा खोजबिन गर्दा उनको जानकारीबिना नै जग्गा कुमारी बैंक न्युरोड शाखामा धितो राखेर १९ करोड रुपैयाँ बराबरको कर्जा लिएको खुलेको थियो । त्यसपछि गायक अमात्य कानुनी उपचारमा गएका थिए ।

नक्कली लालपुर्जा बनाएको कसुरमा काठमाडौँका एसके महर्जन र मुक्तिलाल गौतम र बैंकका कर्मचारीहरू यस अघि नै पक्राउ परिसकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...