नेभिगेशन
सबै कुरा

रौतहटमा दुई युवकको शव फेला

गौर । रौतहटका  छुट्टाछुट्टै स्थानमा दुई युवकको शव फेला परेको छ।

शनिबार गौरस्थित टिकुलियामा २० वर्षीय युवक रोहित सहनीको शव फेला परेको  थियो भने आज बिहान  राजदेवी नगरपालिका ५ पटाही टोल स्थित गढैया बागमती नदी किनारमा अर्का एक युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। 

City Express

घरबाट शौच गर्न निस्किएका सहनीको शव घर नजिकैको केराबारीमा फेला परेको जिल्ला  प्रहरी प्रवक्ता एलिजा गिरीले बताइन्। 

राजदेवी नगरपालिका–५ पटाही टोल स्थित गढैया बागमती नदीको किनारमा   नाम, थर, वतन नखुलेको अन्दाजी २४/२५ वर्षीय युवकको शव पानीमा तैरिरहेको अवस्थामा प्रहरीले फेला परेको थियो । 

मृतकको मध्यान्नसम्म कुनै पहिचान नखुलेको र शवलाई  प्रादेशिक अस्पताल गौरमा राखिएको हुँदा  मृतकलाई चिन्न सक्ने व्यक्ति, आफन्त तथा परिवारका सदस्यहरुले  जिल्ला प्रहरी कार्यालय रौतहटमा सम्पर्क अनुरोध गरेको छ। युवकको मृत्यूको विषयमा अनुशन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिईन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...