नेभिगेशन
सबै कुरा

पेट्रोलियम पदार्थकाे कृत्रिम अभाव : उपभोक्ता लाइनमा, निगमलाई हाइसञ्चो

काठमाडौँ । काठमाडौं उपत्यकासहित देशैभर आइतबारबाट पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराइएको छ । इन्धन ढुवानी गर्ने ट्यांकर चालकहरूले विभिन्न माग राख्दै वितरण प्रणाली अवरुद्ध पारेपछि अहिले पेट्रोल पम्पहरूमा इन्धन नभएको बोर्ड झुन्डिएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

व्यापारीहरुसँग करारमा नियुक्त गरेको ट्याङ्करका चालकको आन्दोलनमा आयल निगमले बेलैमा हस्तक्षेप गर्न नसक्दा इन्धन जस्तो अत्यावश्यक सेवाको आपूर्ति अवरुद्ध भएको छ ।   

Ncell
Extreme Energy



इन्धन भर्न पम्पसम्म पुगेका उपभोक्ताहरू रित्तै फर्काइएका छन् । केही पम्पहरूले आफूसँग भएको डिजेल, पेट्रोल बिक्री गरेका छन् जहाँ उपभोक्ताको लामो लाइन लागेको छ ।  आइतबार दिउँसो र साँझ इन्धन अभावबारे सिधाकुराको टोली शहरका विभिन्न ठाउँहरूमा पुग्दा अधिकांश पम्पहरू बन्द अवस्था भेटीए । 

बन्द पम्पका कारण सेवाग्राही रित्तो हात फर्किए भने अलि अलि तेल दिइराखेका पम्पहरूमा उपभोक्ताको लामो लाइन देखियो । टेकुको कनक पम्पमा इन्धन नभएको भन्दै बोर्ड झुण्याइएको थियो । दिउँसैदेखि सो पम्पमा तेल भर्न पुगेका सेवाग्राही रित्तो हात फर्काइएका थिए ।

 

नयाँ बजारको नेवा ट्रेडमा तेल भर्न उपभोक्ताहरू लामो लाइनमा थिए । पम्प सञ्चालकका अनुसार अघिल्लो दिन नै किनेको तेल नसकिने बेलासम्म उपभोक्तालाई बिक्री गरिएको हो । पम्पमा लाइन लागेका उपभोक्ताहरू किन इन्धनका लागि लाइन लाग्नु पर्यो भन्नेसम्ममा अनविज्ञ देखिए ।  

यता नेपाल प्रहरीको नक्साल र सामाखुसीको पम्ममा इन्धन भर्न आइतबार साँझ लामो लाइन लाग्यो । सशस्त्र प्रहरीको हल्चोक  र नेपाली सेनाको रिपु मर्दिनी पम्पमा पनि इन्धन भर्नेको लाइन लाग्यो । अन्त कतै इन्धन नपाएर हैरान भएका उपभोक्ता त नेपाल प्रहरीको नक्सालको पम्पमा मध्य रातसम्म पनि बसिरहेका छन् ।

बजारमा इन्धनको अभावमा उपभोक्ता हैरानी ब्यहोरी रहँदा नेपाल आयल निगम भने हाइसन्चोमा बसेको छ । इन्धन अभाव किन भएको भन्ने सम्म निगमले उपभोक्तालाई औपचारिक जानकारी गराएको छैन् । निगमका कार्यकारी सम्पर्क बाहिर छन् भने तल्लो तहका कर्मचारी वार्ता भइरहेको र केही दिनमा समस्या समाधान हुने दाबी गर्छन् । 

किन भयो इन्धन अभाव

नेपाली कांग्रेस निकट पेट्रोलियम ढुवानी गर्ने ट्यांकर चालकहरुले केही दिनअघि देखि निगमविरुद्ध आन्दोलित भएका थिए । त्यसमा एमाले र माओवदी निकट श्रमिकहरु पनि मिसिएको निगमको दाबी छ । 

ढुवानी मजदुरहरुको तलब भत्ता श्रम ऐन अनुसार हुनुपर्ने र श्रमिकहरुको सुरक्षा ग्यारेन्टी गरिनुपर्ने लगायतका माग राख्दै ट्याकंर चालकहरुले पेट्रोलियम ढुवानी नै रोकेका थिए । 

नेपाल पेट्रोलियम ट्यांकर चालक संघका अध्यक्ष ईश्वर लामाकाअनुसार आफूहरुको माग पुरा गर्न निगमले चासो नदिएपछि वितरण रोकिएको हो । 

जेठ ३२ गते देखि कालोपट्टी बाँधेर काम गरेको, १ गते ट्यांकरमा को झण्डा गाडेर काम गरेको र आज बागमति प्रदेशमा इन्धनको वितरण गर्ने थानकोट डिपोमा इन्धन नखन्याउने तथा वितरण नगरिएको लामाले बताए । 

‘आफूहरुको माग पुरा नहुन्जेलसम्म निगमको डिपोमा तेल नखन्याउने र पम्पहरुलाई पनि वितरण नगर्ने हाम्रो आदोलनको कार्यक्रम हो,’ अध्यक्ष लामाले भने, ‘हाम्रो माग पुरा गर्न निगम र मन्त्रालयले चासो नै नदेखाएका कारण हड्तालमा उत्रिन परेको हो ।’

आफ्नो सात बुँदे माग पुरा नगरेसम्म ढुवानी सुचारु नगर्ने उनीहरुको दाबी छ । चालकहरुको हड्तालका कारण थानकोटा डिपोबाट इन्धनको वितरण नै प्रभावित भएको छ । करिब ३ सय ढुवानीका ट्यांकर डिपोअघि तेर्स्याएर उनीहरु आन्दोलनमा छन् । 


श्रम ऐनअनुसार नियुक्ति र सुविधासँगै, स्वरोजगारको हकमा मात्र लागु गरिएको दोब्बर बैंक ग्यारेन्टी र वार्षिक नविकरण खारेज गर्न, तापक्रमको सही व्यवस्था गर्न, सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन लगायतका माग गरेका छन् ।

निगमलाई हाइसञ्चो 

नेपाल आयल निगमको कार्यकारी निर्देशक डा. चण्डिक भट्ट छन् । नेपाली कांग्रेका कर्मचारी नेता समेत रहेका भट्ट यस अघिको कांग्रेस सम्मिलित गठबन्धनमा आरजु देउवाको कोटाबाट निगमको कार्यकारी बनेका हुन् । 

संयोग वा नियोजित उनै भट्ट सर्मथित पार्टीको ट्यांकर ढुवानी गर्ने चालहरुले आइतबारबाट इन्धनको आपूर्ति ठप्प पारेका छन् । तर, भट्टले आपूर्ति सहज बनाउन कुनै पहल गरेका छैनन् । आइतबार आपूर्ति रोकिएर इन्धन हाहाकार भएपछि उनले निगमबाट बार्ताका लागि कनिष्ट कर्मचारी खटाएका छन् । 

निर्णय गर्न नसक्ने तहमा रहेका कर्मचारीसँग बार्ता नहुने भन्दै मजदुर चालकहरुँग भएको आइतबा दिउँसको बार्ता बिना निश्कर्ष टुंगिएको छ ।

‘निर्णय गर्न नसक्ने कर्मचारी पठाएर आफू पन्छिने कार्यकारीले निगम चलाउन सक्दैन । उनी हाम्रो माग र बजारमा आपूर्ति सहज बनाउने कुरामा गम्भीर छैनन्,’ आन्दोलनकारी श्रमिक संगठनका एक नेताले सिधाकुरासँग भने, ‘यस अघि पनि पटक पटक माग औपचारिक ढंगबाट राखेकै हौँ तर सुनेनन्, गंभिर भएनन् ।’

ति नेताका अनुसार आइतबार थानकोट डिपोमा निगमका वितरण विभागका केही अधिकारीसँग बार्ता भए पनि उनीहरुले केही गर्न नसक्ने भएका कारण कुनै समझदारी नभएको हो । 

दिनभर उपभोक्ता इन्धन नपाएर हैरानी खेपेको विषयमा जिज्ञासा राख्न प्रयास गर्दा निगमका कार्यकारी निर्देशक भट्ट सम्पर्कमा आएनन् । निगमका प्रवक्ता मनोज ठाकुरले भने बार्ता भइरहेको र भोली बिहानसम्म निष्कर्ष  निस्कने दाबी गरे । इन्धन अभाव हुन नदिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको पम्पलाई यथेष्ट मात्रामा इन्धन उपलब्ध गराई रहेको उनको दाबी छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा,  एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

प्रहरीले गोली हानेर नियन्त्रणमा लियो आयन माझी समूहका लुटेरा, एकै व्यक्ति २७ मुद्दामा प्रतिवादी

जिल्ला प्रहरी परिसर काठमाडौँले बिहीबार पत्रकार सम्मेलन गर्दै सिलसिलाबद्ध रूपमा चोरी तथा लुटपाटमा संलग्न आयन माझी समुहलाई पक्राउ गरिएको जनाएको हो । उक्त समूहका मुख्य व्यक्ति सिन्धुली, मरिण...

भर्खरै