नेभिगेशन
सबै कुरा

आईएमई समुहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो

काठमाडौँ । आईएमई समुहको कम्पनी हाइड्रो सपोर्ट प्रालि मार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिका कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवद्र्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्झौतामा हाइड्रो सपोर्ट प्रालिको तर्फबाट आईएमई समुहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकको तर्फबाट सहवित्तीयकरणको लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् । 

Marvel
Extreme Energy

सहवित्तीयकरणका बैंकहरूको अगुवाइ नविल बैक लिमिटेडले गरेको छ भने अन्य सहभागि बैकहरूमा एभरेष्ट बैक लिमिटेड, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य वैक र प्रभु बैक लिमिटेड रहेका छन् ।

निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा  ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपूँजी ९इक्विटी०बाट जुटाइएको छ । इक्विटीमा आईएमई  समुह र सर्वसाधारणको लगानी रहने छ। 

सहवित्तीयकरणका बैकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्ने छन् । कुल ऋणमध्ये  नविल बैंकको ३ अर्ब  १२ करोड,  एभरेष्ट बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंक प्रत्येकले २ अर्ब र नेपाल बैक, राष्ट्रिय वाणिज्य बैक र प्रभु बैक, प्रत्येकले १ अर्ब रूपैयाँ रहने छ । मध्य कालीगण्डकी जलविद्युत आयोजनाको निर्माण सन् २०२४ बाट सुरुभई ४ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

नेपाल विद्युत प्रधिकरणसँग विद्युत खरिद बिक्रि सम्झौता हुँदा हिउँदयामको विद्युत खरिद दर ८.४० रुपैयाँ र वर्षायामको दर ४.८० रुपैयाँ कायम भएको आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाट बाट १ अर्ब ९ करोड रुपैयाँ आम्दानी हुने र वर्षामा २७७ गिगावाट बाट १ अर्व ३३ करोड रुपैयाँ आम्दानी भई वार्षिक कुल ४०७ गिगावाट विद्युत उत्पादन बाट २ अर्व ४२ करोड रुपैयाँ आम्दानी हुने छ । हालसम्म आयोजना निर्माण तयारीका कामहरु भइरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

आईएमई ग्रुपको ग्रुप भाइस प्रेसिडेन्टमा जगदीश खड्का नियुक्त

आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले नवनियुक्त खड्कालाई स्वागत गर्दै उनको नियुक्तिले समूहका कम्पनीलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले डिजिटल रूपान्तरणलाई विस्तार...
होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

होण्डाको दशैं योजनाका तीन साताका विजेता सार्वजनिक, २१ जनाले जिते नगद पुरस्कार

कम्पनीका अनुसार पहिलो साताका विजेतामध्ये कोशी प्रदेशबाट रामचन्द्र न्यौपानेले १० हजार, मधेस प्रदेशबाट अफजल मियाँले १ लाख, बागमती प्रदेशबाट गोकुलप्रसाद ओलीले १० हजार, गण्डकी प्रदेशबाट विज्ञान लामाले १०...
म्याक्स टाइगरको दशैं धमाका : ककनीका प्रदीपले जिते प्रोटोन कार, २८ जनालाई बाइक र स्कुटर

म्याक्स टाइगरको दशैं धमाका : ककनीका प्रदीपले जिते प्रोटोन कार, २८ जनालाई बाइक र स्कुटर

कम्पनीका अनुसार अभियानअन्तर्गत १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर जितेका हुन् । मोटरसाइकल जित्नेमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल,...
यी हुन् राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित १९ व्यक्ति तथा कम्पनी

यी हुन् राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित १९ व्यक्ति तथा कम्पनी

बढी आयकर दाखिल गरेर सम्मानित हुनेमा  सूर्य नेपाल प्रालि रहेको छ । त्यसैगरी एकलौटी फर्महरूमध्ये थर्ड आई रहेको छ । वस्तु निर्यातको कारोबारतर्फ डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेवातर्फ...