नेभिगेशन
सबै कुरा

विदेशबाट फर्किएर नेपालमा नै उद्यम गरिरहेका ८ उद्यमी पुरस्कृत

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशबाट नेपाल फर्किएर विभिन्न क्षेत्रमा लगानी गरेका नेपाली उद्यमीलाई पुरस्कृत गरेको छ । मन्त्रालयले वैदेशिक रोजगारीबाट नेपाल फर्केर नेपालमा उद्यम गरिरहेका ८ उद्यमीलाई पुरस्कृत गरेको हो । मन्त्रालयले उनीहरुलाई मन्त्रालयमै बोलाएर खादा, नगद र प्रमाणपत्र दिएर सम्मान गरेको हो । 

मन्त्रालयले झापा गाउँपालिका ३ झापाका चन्द्र प्रकाश बस्नेतलाई उत्कृष्ठ उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । एग्री सेन्टर झापा प्रा।लि।का उनलाई मन्त्रालयले एक लाख पचास हजार नगदका साथ सम्मान गरेको छ । त्यस्तै ७ उद्यमीहरु उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । 

CG

उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनेहरुमा गुल्मीका रविलाल पन्थ, झापाका मोहन प्रसाद संग्रौला, जुम्लाका टक्क बहादुर नेपाली, कन्चनपुरका चन्द्र सिंह थापा,नुवाकोटका अर्जुन परियार, म्याग्दीका भुपेन्द्र शर्मा र बाराका हिराबहादुर थापा रहेका छन् । उनीहरु सबैले पचहत्तर हजार नगदका साथ प्रमाणपत्र पाएका छन् । 

उत्कृष्ट उद्यमीहरुलाई सम्मान गर्दै श्रममन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई फर्किएर नेपालमा नै रोजगार गर्न सक्ने वातावरण बनाउन सरकार प्रयासरत भएको बताएका छन् । ‘हामी सकेसम्म नेपालीलाई विदेश जानै नपरोस् भनेर काम गरिरहेका छौँ । तर बाध्यताले विदेशीएर फर्किएका नेपालीलाई पुन विदेशीनुपर्ने बाध्यता अन्त्य गर्नमा सरकार प्राथमिकताका साथ लागेको छ ।’, मन्त्री अर्यालले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

मुस्ताङमा स्याउको उत्पादन घट्यो, आम्दानी बढ्यो

गत वर्षको तुलनामा यस वर्ष आठ दशमलव ९७ प्रतिशतले स्याउ उत्पादनमा ह्रास आए पनि गत वर्षको भन्दा यस वर्ष स्याउको बजारीकरणबाट  रु १६ करोड ५३ लाख बढी आम्दानी...
ह्यात होटलको क्यासिनोमा छिरेर रकम चोरी गर्ने र आगजनी गर्ने दुई जना पक्राउ

ह्यात होटलको क्यासिनोमा छिरेर रकम चोरी गर्ने र आगजनी गर्ने दुई जना पक्राउ

गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिका–६ बौद्धस्थित ह्यात होटेलभित्र रहेको क्यासिनोमा छिरेर धारिलो हतियार देखाएर क्यासिनोको काउन्टरमा राखिएको नगद रकम चोरी गरी तोडफोड...
अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

अलैँचीको मूल्य बढ्दा भोजपुरका किसान उत्साहित

केही वर्षयता अलैँचीले निरन्तर उकालो मूल्य पाउँदै आएकाले किसान खेती विस्तारमा झन् सक्रिय बनेको उनको  भनाइ छ । यस वर्ष आफूले करिब साढे सात मन अलैँची उत्पादन गरेको...
उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

उत्कृष्ट करदाता सम्मानित, यी हुन् सबैभन्दा बढी कर बुझाउने करदाता

२०७६ सालदेखि २०८२ सालसम्म नियमित रूपमा सबैभन्दा बढी मुल्यअभिवृद्धि कर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसन्चार कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ सबैभन्दा बढी कर तिर्ने युनीलिभर नेपाललाई उत्कृष्ट करदाताका...