नेभिगेशन
सबै कुरा

विदेशबाट फर्किएर नेपालमा नै उद्यम गरिरहेका ८ उद्यमी पुरस्कृत

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विदेशबाट नेपाल फर्किएर विभिन्न क्षेत्रमा लगानी गरेका नेपाली उद्यमीलाई पुरस्कृत गरेको छ । मन्त्रालयले वैदेशिक रोजगारीबाट नेपाल फर्केर नेपालमा उद्यम गरिरहेका ८ उद्यमीलाई पुरस्कृत गरेको हो । मन्त्रालयले उनीहरुलाई मन्त्रालयमै बोलाएर खादा, नगद र प्रमाणपत्र दिएर सम्मान गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले झापा गाउँपालिका ३ झापाका चन्द्र प्रकाश बस्नेतलाई उत्कृष्ठ उद्यमी राष्ट्रिय पुरस्कार प्रदान गरेको छ । एग्री सेन्टर झापा प्रा।लि।का उनलाई मन्त्रालयले एक लाख पचास हजार नगदका साथ सम्मान गरेको छ । त्यस्तै ७ उद्यमीहरु उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । 

Ncell
Extreme Energy

उद्यमी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनेहरुमा गुल्मीका रविलाल पन्थ, झापाका मोहन प्रसाद संग्रौला, जुम्लाका टक्क बहादुर नेपाली, कन्चनपुरका चन्द्र सिंह थापा,नुवाकोटका अर्जुन परियार, म्याग्दीका भुपेन्द्र शर्मा र बाराका हिराबहादुर थापा रहेका छन् । उनीहरु सबैले पचहत्तर हजार नगदका साथ प्रमाणपत्र पाएका छन् । 

उत्कृष्ट उद्यमीहरुलाई सम्मान गर्दै श्रममन्त्री डिपी अर्यालले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई फर्किएर नेपालमा नै रोजगार गर्न सक्ने वातावरण बनाउन सरकार प्रयासरत भएको बताएका छन् । ‘हामी सकेसम्म नेपालीलाई विदेश जानै नपरोस् भनेर काम गरिरहेका छौँ । तर बाध्यताले विदेशीएर फर्किएका नेपालीलाई पुन विदेशीनुपर्ने बाध्यता अन्त्य गर्नमा सरकार प्राथमिकताका साथ लागेको छ ।’, मन्त्री अर्यालले भने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...
सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

सफ्टी हाइजिनले प्रधानमन्त्री राहत कोषमा दियो २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग

यस सहयोगले विपदबाट प्रभावित नागरिकहरूको तत्काल उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा थप सहयोग पुग्ने कम्पनीले विश्वास लिएको जनाएको छ । सफ्टी हाइजिनले विपद्को यस कठिन समयमा सामाजिक उत्तरदायित्वप्रतिको...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।