नेभिगेशन
सबै कुरा

तीज पर्वको परम्परा जोगाउनै गाह्रो

१ असोज, भक्तपुर - आज व्रत बसेर तीज पर्व मनाइरहेकी भक्तपुरकी ४० वर्षीया मीना श्रेष्ठलाई गएको करिब महिनादिनदेखि तीज लागिरहेको छ । तीज आउनु एक महिना अगाडिदेखि नै विभिन्न समूह, सहकारी, आफन्तबीचमा दर खाने कार्यक्रम चलिरहन्छ, जुन तीजको दरखाने दिनसम्म नै जारी रहन्छ । ‘भदौ पहिलो हप्तामै नेवाः चुलोमा नेवारी खाजा समयबजी खाएर दर खाने कार्यक्रम सुरु गरियो’, उनले हाँस्दै सुनाइन्, ‘दर खाने दिनसम्म नै यो क्रम चल्यो ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भदौ लागेदेखि नै प्रत्येक शनिबार र बिदाको दिन दरखाने कार्यक्रम हुँदै आए पनि आफू भने ती कार्यक्रममा सहभागी नभएको कौशलटारकी दुर्गा सत्याल बताउँछिन् । तीज आउनु एक महिना अघिदेखि नै यस्ता दरखाने कार्यक्रम राख्नुलाई उनी राम्रो ठान्दिनन् । उनी भन्छिन्, ‘तीज भनेको त सांस्कृतिक चाड हो, महिलाहरुको विशिष्ट चाड भएकाले यसलाई सोहीअनुरुप मनाउन सकिएन भने एक दिन यो पर्वले विकृत रुप लिनसक्छ । त्यसैले हाम्रो संस्कृति हामीले नै बचाउने हो, अरुलाई दोष दिएर हुँदैन ।’

Ncell
Extreme Energy

अघिल्ला वर्षहरुमा आफू केही कार्यक्रममा गएको अनुभव सुनाउँदै उनी त्यस्ता दर खाने कार्यक्रमको ‘मेनु’ हेर्दा आफू चकित परेको बताउँछिन् । मदिरा र मासुका परिकार खाँदै विदेशी गीतमा नाच्नुमा तीजको रौनक नआउने उनको अनुभव छ । उतिबेला आफूले गाउने गरेको तीज गीत सत्यालले यसरी सम्झिन्छिन् ः 

‘हे... बाबा लिन आउनुभयो वर्ष दिनको तीजलाई पठाइदिनुस् स्वामी राजा दुई दिनलाई’

‘दरखाने अघिल्लो दिन माइतीबाट दाजुभाइ लिन जाने चलन थियो । घरबाट श्रीमान्, सासू, ससुराले बिदा दिए त माइत गइन्थ्यो, नदिए घरमै रुँदै बस्नुको विकल्प हुँदैनथ्यो’, ती दिन सम्झँदै मीनाले भनिन्, ‘साथीसङ्गी र आफन्तसँग बसेर सबै पीडा, दुःख मेट्ने यो जत्तिको उपयुक्त चाड महिलाका लागि अरू छैन ।’ उनको पुख्र्यौली घर अर्घाखाँची हो । 

तीजमा गाउने गीतको भाका र विशेषता अलग्गै भएको बताउने उनले उतिबेलाको तीज गीतलाई यसरी स्मरण गर्नुभयो । 

‘छोरी मान्छे भएर बस्नु घरै स्याहारी

दिदीबहिनी आउँछन् मेरा नजाउ पियारी’


‘दुई दिन माइत जान पाइन तीजका बेलामा

म चेलीको आँसु झ¥यो दैलो ठेलामा ।’

गोरखाको मैलुङमा बाल्यकाल बिताएका मध्यपुरथिमीकी राधिका देवकोटा पन्त २०४२ तिरको तीज सम्झँदै पुलकित हुन्छिन् । श्रीकृष्ण जन्माष्टमीको रातदेखि नै आमा दिदीबहिनी जम्मा भएर हरेक रात खानापछि हातले दाम्लो बाट्दै, मकै छोडाउँदै घन्टौँसम्म गीत गाएर बसेको स्मरण उनीसँग छ । उनले बारीमै पाकेका काँक्राको अचार हाल्ने, घ्यू र मसलाको जोहो गर्ने मात्र होइन तीज भरिलाई पुग्ने दाउरा, घाँसको व्यवस्था गरेर महिला तीज मनाउन माइत जाने उनको अनुभव छ । 

‘दर खाने दिन माइत पुगेपछि राति १२ बजे उठेर घ्यू, भात, तरकारी टन्न खाइन्थ्यो, तीजको दिन निराहार व्रत बसेर विभिन्न मठ, मन्दिरमा दर्शन गर्दै गीत गाउने र नाच्ने गरिन्थ्यो’, विगत सम्झँदै राधिकाले भनिन्, ‘भोलिपल्ट पञ्चमीको पूजा लगाएर बा, आमा, दाजुभाइ, साथीसङ्गी सबैलाई छोडेर माइतीबाट गह्रौँ मन बनाएर पुनःघर फर्किनुहुन्थ्यो आमाहरु ।’

राधिका, दुर्गा र मीनालाई अहिलेको तीज मनाउने प्रचलन पटक्कै मन परेको छैन । यो बीचमा आएका निकै उतारचढावले संस्कृतिमा पारेको प्रभावबारे जानकारहरु चिन्ता गर्छन् । फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा पोष्ट गर्न, लाइक गर्न र कमेन्ट हेर्न रुचाउनेको भीडले संस्कृति जोगाउन नसकेको उनीहरुको तर्क छ । 

वाल्मीकि क्याम्पसकी उपप्राध्यापक तनुजा दाहाल तीज मनाउने तरिका वा समय लामो देखिए पनि आफन्तको बीचमा हुने भेटघाट र मनोरञ्जन आदानप्रदानबाट मानसिक तनाव न्यूनीकरण गर्न मद्दत गरेको बताउँछिन् । तीज मनाउने प्रचलनमा देखिएको भिन्नताबारे उनी भन्छिन्, ‘परिवारको विस्तृतीकरण, आर्थिक सम्पन्नता, नारीहरुको कार्यव्यस्तता आदि कारणले तीज प्रचलनमा फरकपना देखिएको हो ।’ धर्म र पर्वको सही प्रयोग गर्न सके संस्कार र संस्कृतिको वास्तविक सम्मान, संरक्षण र संवद्र्धन हुनसक्ने दाहालको भनाइ छ । 

तीज र यस्तै हाम्रा धार्मिक सांस्कृति पर्वहरुका आफ्नै मूल्य मान्यताहरु रहेका छन् । तिनको अनुसरण गर्न सक्यौँ भने मात्र हाम्रा परम्पराहरु पनि आगामी पुस्तामा पुस्तान्तरण हुँदै जानेछन् । अन्यथा खानपिन र रङ्ग रमाइलो मात्र गर्ने क्रम पुस्तान्तरण हुने तर खास परम्पार र संस्कार भने लोप हुने खतरा रहेन देखिन्छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
२४ कम्पनीलाई आइपिओ बिक्रीका लागि अनुमति प्रदान

२४ कम्पनीलाई आइपिओ बिक्रीका लागि अनुमति प्रदान

बोर्डले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको हो । बोर्डका अनुसार कुल नौ करोड ११ लाख ८७ हजार ९४६ कित्ता...
राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल

राजनीतिक दलबीच परस्पर संवाद भइरहनुपर्छः महासचिव पोखरेल

तेत्तीसौँ मदन–आश्रित दिवसका अवसरमा ‘मदन–आश्रित प्रतिष्ठान’द्वारा आइतबार यहाँ आयोजित ‘जनताको बहुदलीय जनवाद (जबज) र युवा’ विषयक विचार गोष्ठीमा महासचिव पोखरेलले अहिले यस प्रणालीको राजनीतिक चरित्रअनुसार दलहरुबीच जनताका समस्या...
विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः  सभापति थापा

विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई सँगै लिएर काम गर्न चाहन्छुः सभापति थापा

‘प्रजातान्त्रिक विचार समाज’को स्थापना दिवसका अवसरमा आइतबार आयोजित ‘समसामयिक राजनीतिमा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा सभापति थापाले विशेष महाधिवेशनमा छुटेका नेताहरुलाई केन्द्रीय समिति र अन्य समितिमा समेट्ने बताएका...
चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

चीनले अन्तरिक्ष यात्राका लागि नयाँ अभियान सुरु गर्दै

शुक्रबार सार्वजनिक गरिएको जानकारीअनुसार अन्तरिक्षयान र त्यसलाई अन्तरिक्षमा लैजाने वाहक रकेटलाई उत्तरपश्चिम चीनस्थित जिउछ्वान उपग्रह प्रक्षेपण केन्द्रको प्रक्षेपण क्षेत्रमा सफलतापूर्वक स्थानान्तरण गरिएको छ ।