नेभिगेशन
सबै कुरा

देश छोड्दिन भन्ने साथीलाई विमानस्थलबाट बिदाई

काठमाडौँ । काँधमा चन्द्र सूर्य अङ्कित राष्ट्रिय झण्डा, गलामा केही थान खादा, एउटा कालो पछाडि भिर्ने झोला भिरेर सुटकेस गुडाएर देश छाड्दैछन् धनकुटाका आयुष खड्का । उनलाई बिदाई गर्न स्कुलका साथी प्रदीप विमानस्थल आए । परिवारबाट बिदाई भएर आएका साथीलाई उनले खादा लगाए र सोधे  ‘ हिँडेको तँ नि ?’ आयुषले भने ‘अँ हिँडेको ।’ 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘हाम्रा साथीहरू सबै विदेश गए । त र म मात्रै बाँकी थियौँ त पनि हिँडिस् अब म एक्लै भएँ,’ प्रदीपले आयुषलाई भने । आयुष प्रवेशद्वारतर्फ अघि बढ्दै गर्दा प्रदीप पछिपछि जाँदै थप बोल्छन् ‘गाउँमा ४० भन्दा धेरै युवा विदेश हिँडे, अब मेला पात पर्व र अप्ठ्यारोमा पनि गाउँमा युवा छैनन् बिजोग छ । त नरोई जा है’ सुटकेस राखेको ट्रलीलाई त्यही छोडेर आयुष फरक्क फर्किएर दौडिदै आउँछन् र भक्कानिएर प्रदीपलाई अङ्गालो हाल्छन् । त्यसपछि उनी विमानस्थलको चेकजाँच कक्षतर्फ लाग्छन् ।

Ncell
Extreme Energy


अहिले सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको यो छोटो भिडियोको घटना असार ३१ गते बिहान १० बजेको हो । धनकुटा महालक्ष्मी नगरपालिका ९ का आयुष जापानको राजधानी टोकियोका लागि उड्दै गर्दा दुई साथी बीच बिछोड अघिको संवादले एक पटक सबैका सामु देशको चित्र देखिएको छ । 

साथीलाई विमानस्थलमा भावुक बिदाई गरेका प्रदीपका अनुसार आयुष कहिल्यै विदेश नजाने भनेर योजना सुनाउँथे । ‘गाउँ र इटहरीमा ठिकै गरी बसिरहेको उ बरु काठमाडौँ आएर मसँगै थिएटर पढ्ने  र हिरो बन्ने योजना सुनाउँथ्यो,’ सिधाकुरासँग प्रदीपले भने, ‘तर, उ पनि एक्कासि देश छोड्ने निधोमा पुगेछ, गाउँ अब सुनो भयो म पनि एक्लो भएँ ।’ 

आयुष र प्रदीपको घर धनकुटाको गुराँस डाँडा गाउँ हो । मूर्ति महेश्वर माध्यमिक विद्यालय कल्चौर पढेका प्रदीप आयुष भन्दा उमेरले केही वर्ष जेठा छन् । तर, गाउँमा भएका थोरै युवाहरू मध्येका उनीहरु नजिकका साथी हुन् । 

प्रदीपका अनुसार आयुषको परिवारमा ३ भाइ छोरा र एक बहिनी छोरी छन् । जसमध्ये घरमा बसेको कान्छो छोरा आयुष पनि जापान उडे । उनका दुई जना दाजुहरु र दिदी पनि विदेशमै छन् । ‘अब उसको घरमा आमा र बुबा मात्रै हुनुहुन्छ । यो हाम्रो गाउँको दुःख हो । सबै परिवार युवाबिहिन छ गाउँमा तन्नेरीहरु नै छैनन् । ’

आयुषले एक्कासि बिदाई गर्न एयरपोर्ट बोलाएपछि आफू अचम्ममा परेको प्रदीप बताउँछन् । उ विदेश जान्छु भन्दा सुरुमा मैले पनि विश्वास गरिन तर भिडियो कलमा मलाई अघिल्लो दिन राती भिषा र टिकट देखायो । बिदाई गर्न बोलाए पछि खादा बोकेर बिमानस्थलको प्रस्थान हातामा पुगेको र आफू भावुक भएको उनले सिधाकुरालाई बताए । 

प्रदीपले अघिल्लो साता आफ्नो बुबा बिरामी भएको घटनाले पनि आयुषको बिदाई भावुक बनेको सम्झन्छन् । ‘गत साता मात्रै बुबा बिरामी भएको आमाले फोनमा भन्नु भयो । तत्काल अस्पताल लैजानु पर्ने भयो तर अस्पताल पु¥याइदेउ भन्न युवा कोही थिएनन्,’ प्रदीप भन्छन्, ‘गाउँका पाका काकाहरुले बुबालाई जसो तसो अस्पताल पुर्याउनु भयो ।’ 

अहिले प्रदीप पशुपतिनाथ क्षेत्रमा गाई पाल्ने संस्थामा काम गर्छन् । सडकमा फालिएका गाईगोरु संकलन र स्याहाँर गर्ने कामका अलवा उनी एक कला केन्द्रमा नाट्य कला पढ्दै पनि छन् ।धनकुटा महालक्ष्मी नगरपालिका ९ का वडा अध्यक्ष टेकबहादुर थापा प्रदीप र आयुषको विमानस्थलको कहानी सत्य घटनामा आधारित भएको बताउँछन् । 

पछिल्लो समय विदेश जानु अनिवार्य जस्तै भएको भन्दै उनले यस्तो संस्कारले समाजको थिती नै बिग्रिएको उनको भनाई छ । ‘कुनै बेला गाउँ युवाहरुले भरिएका हुन्थे । गाउँ हराभरा थियो,’ वडा अध्यक्ष थापा भन्छन् ‘तर अहिले गाउँ रित्तो छ, मेला पर्व, धार्मिक र सांस्कृतिक कार्यक्रम युवा बिहिन छन् । अस्पताल जान साथी र घाट जान मलामी पनि छैनन् ।’यो देशैभरको जटिल समस्या भएको भन्दै वडा अध्यक्ष थापा सबैलाई सचेत हुन र सोही अनुसारको युवा मैत्री नीति र व्यवस्थाको लागि केन्द्र सरकारलाई आग्रह गर्छन् ।    

आयुष त एक प्रतिनिधि पात्र मात्रै हुन् ।  वैदेशिक रोजगार विभागकाअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै सात लाख ४१ हजार ३०२ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । २०८० साउन १ गतेदेखि २०८१ असार मसान्तसम्मको अवधिमा उनीहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका हुन् । सो तथ्याङ्कअनुसार दैनिक औसतमा दुई हजार ३० जनाभन्दा बढी युवाले रोजगारीको खोजीमा देश छोडिरहेको देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

सशस्त्रका एआईजी वंशीराजले प्रधानमन्त्री बालेनमाथि सुराकी गरेको आरोप, अवकासको एक साताअघि निलम्बनको झट्का

उनीमाथि लागेको मुख्य आरोप हो– सरकारी सूचनाको दुरुपयोग । एक जना उच्चतहको कर्मचारी, त्यसमा पनि उच्च सुरक्षा अधिकारी, सम्भवतः यो तहको कर्मचारीले सरकारी सूचना र पदसँग जोडिएको शक्तिको...
हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

हिउँदमा लोडसेडिङको जोखिम, बिजुली आपूर्ति गर्न के छ सरकारको तयारी ?

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले पूर्वाधारहरुको मर्मत सम्भार गरी आन्तरिक उत्पादनलाई प्राथमिकता दिइने र अपुग विद्युत भारतबाट आयात गरी व्यवस्थापन गरिने बताएका छन् । सरकारले...