नेभिगेशन
सबै कुरा

काठमाडौँ जलमग्न, बस्ती पस्यो बाढी

काठमाडौँ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न बस्तीमा बाढी पसेको छ भने अधिकांश क्षेत्र जलमग्न भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गएरातिदेखिको वर्षाका कारण काठमाडौंका बागमती नदीमा बाढी आएको छ भने हनुमन्ते खोलाको जगाती, खोड्कु खोलाको झरुवा रासी, बागमती नदीको खोकना बाढी मापन केन्द्रमा बाढीको सतह चेतावनीको तहसम्म पुगेको छ ।

Ncell
Extreme Energy


वर्षाका कारण बनस्थलीको मिलिजुली टोल, स्वयम्भुको सानो भर्‍याङ क्षेत्र डुबानमा परेको छ भने बल्खुको तरकारी बजार, कुलेश्वरको फलफूल बजार तथा सुकुम्बासी बस्तीमा बाढी पसेको काठमाडौँ महानगरले जनाएको छ । यस्तै माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन समेत फुटेर थप डुबान भएको छ ।


यस्तै र्कीतिपुर ६ चोभारमा पहिरोले हेटौँडा बल्खु सडक अवरुद्ध भएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।