नेभिगेशन
सबै कुरा

बाढीपहिरोका कारण ९ वटा राजमार्ग अवरुद्ध, ५ वटा एकतर्फी सञ्चालनमा

काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले ९ वटा राजमार्गहरू अवरूद्ध भएका छन् भने ५ वटा एकतर्फी सञ्चालनमा आएका छन् । नेपाल प्रहरीका अनुसार कोशी प्रदेशको संखुवासभास्थित मकालु गाउँपालिका ३ उत्तर दक्षिण कोशी राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरूद्ध बनेको छ । यो सडकखण्ड असार ६ गतेदेखि नै अवरूद्ध रहेको र बर्खाभर नखुल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कोशी प्रदेशकै  सुनसरीको बराहक्षेत्र नगरपालिका १ धनसारेस्थित चतरा बराह क्षेत्र भित्री सडकखण्डमा पनि पहिरो खस्दा पूर्ण रूपमा अवरूद्ध रहेको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

यस्तै मधेस प्रदेशको महोत्तरीको बर्दिबास नगरपालिका ५ माइस्थानमा बाढी आउँदा पूर्व(पश्चिम लोकमार्ग एकतर्फी सञ्चालनमा छ ।

यस्तै बागमती प्रदेशमा पाँच स्थानमा सडकमा क्षति पुगेको छ। जस मध्ये दोलखाको कालिन्चोक गाउँपालिका ४ झामार्सीस्थित चरिकोट सडकखण्ड साउन १३ गतेदेखिनै बाढीका  अवरूद्ध छ। 

त्यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका ८ कालोपहिरो र सोही वडाको महादेवटारमा पहिरो खसेपछि कान्तिलोकपथ सडकखण्ड एकतर्फीमात्रै सञ्चालनमा छ। 

यस्तै सिन्धुपाल्चोकको बलेफी गाउँपालका ८ जुरेमा बाढीका कारण अरनिको राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा छ भने मेलम्ची नगरपालिका ११ धितालबेशीमा बाढीका कारण मेलम्ची जिरो किलो सडक पनि  एकतर्फी सञ्चालनमा छ। 

त्यस्तै गण्डकी प्रदेशमा बेनी नगरपालिका ४ घुमाउने भिरमा पहिरो खसेपछि  बेनी दरवाङ सडकखण्ड पूर्ण रूपमा अवरूद्ध छ। 

रघुगंगा गाउँपालिका १ र २ मा पहिरो जाँदा बेनी जोमसोम सडकखण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। 

बागलुङ नगरपालिका १० डब्लाङमा पहिरो जाँदा कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरूद्ध छ। 

त्यसैगरी लुम्बिनी प्रदेशमा प्युठानको नौबहिनी गाउँपालिका १ हाम्पालमा स्याउलीबाबाग्दुला सडकखण्ड र दाङको घोराही उपमहानगरपालिका १६ सेवार खोलामा बाढीका कारण घोराही तुलसीपुर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। 

कर्णाली प्रदेशको रूकुम पश्चिमको आठबिसकोट नगरपालिका(११ खरखरेस्थित भेरी करिडोर पनि पूर्ण रूपमा अवरूद्ध छ। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।