नेभिगेशन
सबै कुरा

बाढीपहिरोका कारण ९ वटा राजमार्ग अवरुद्ध, ५ वटा एकतर्फी सञ्चालनमा

काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले ९ वटा राजमार्गहरू अवरूद्ध भएका छन् भने ५ वटा एकतर्फी सञ्चालनमा आएका छन् । नेपाल प्रहरीका अनुसार कोशी प्रदेशको संखुवासभास्थित मकालु गाउँपालिका ३ उत्तर दक्षिण कोशी राजमार्ग बाढीका कारण पूर्ण रूपमा अवरूद्ध बनेको छ । यो सडकखण्ड असार ६ गतेदेखि नै अवरूद्ध रहेको र बर्खाभर नखुल्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

कोशी प्रदेशकै  सुनसरीको बराहक्षेत्र नगरपालिका १ धनसारेस्थित चतरा बराह क्षेत्र भित्री सडकखण्डमा पनि पहिरो खस्दा पूर्ण रूपमा अवरूद्ध रहेको प्रहरीले जनाएको छ । 

CG

यस्तै मधेस प्रदेशको महोत्तरीको बर्दिबास नगरपालिका ५ माइस्थानमा बाढी आउँदा पूर्व(पश्चिम लोकमार्ग एकतर्फी सञ्चालनमा छ ।

यस्तै बागमती प्रदेशमा पाँच स्थानमा सडकमा क्षति पुगेको छ। जस मध्ये दोलखाको कालिन्चोक गाउँपालिका ४ झामार्सीस्थित चरिकोट सडकखण्ड साउन १३ गतेदेखिनै बाढीका  अवरूद्ध छ। 

त्यस्तै मकवानपुरको भिमफेदी गाउँपालिका ८ कालोपहिरो र सोही वडाको महादेवटारमा पहिरो खसेपछि कान्तिलोकपथ सडकखण्ड एकतर्फीमात्रै सञ्चालनमा छ। 

यस्तै सिन्धुपाल्चोकको बलेफी गाउँपालका ८ जुरेमा बाढीका कारण अरनिको राजमार्ग एकतर्फी मात्रै सञ्चालनमा छ भने मेलम्ची नगरपालिका ११ धितालबेशीमा बाढीका कारण मेलम्ची जिरो किलो सडक पनि  एकतर्फी सञ्चालनमा छ। 

त्यस्तै गण्डकी प्रदेशमा बेनी नगरपालिका ४ घुमाउने भिरमा पहिरो खसेपछि  बेनी दरवाङ सडकखण्ड पूर्ण रूपमा अवरूद्ध छ। 

रघुगंगा गाउँपालिका १ र २ मा पहिरो जाँदा बेनी जोमसोम सडकखण्ड पनि पूर्ण रूपमा अवरूद्ध छ। 

बागलुङ नगरपालिका १० डब्लाङमा पहिरो जाँदा कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरूद्ध छ। 

त्यसैगरी लुम्बिनी प्रदेशमा प्युठानको नौबहिनी गाउँपालिका १ हाम्पालमा स्याउलीबाबाग्दुला सडकखण्ड र दाङको घोराही उपमहानगरपालिका १६ सेवार खोलामा बाढीका कारण घोराही तुलसीपुर सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। 

कर्णाली प्रदेशको रूकुम पश्चिमको आठबिसकोट नगरपालिका(११ खरखरेस्थित भेरी करिडोर पनि पूर्ण रूपमा अवरूद्ध छ। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजिएको कांग्रेस संस्थापन पक्षको निष्कर्ष

विशेष महाधिवेशनका नाममा पार्टीभित्र उल्झन सिर्जना गर्न खोजिएको कांग्रेस संस्थापन पक्षको निष्कर्ष

उनले इतिहासको मोडमा कांग्रेस अत्यन्त पेचिलो ठाउँमा प्रवेश गरेको र पार्टीभित्र विभाजन गर्न चाहने, पार्टी कमजोर गराउन चाहने तत्वहरू पनि त्यति नै सक्रिय भएको बताए । अहिले राष्ट्रिय...
दुबई उडेका युवक ४ महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला

दुबई उडेका युवक ४ महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला

एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको उद्धार नेपालका अध्यक्ष इन्द्रलाल गोलेले जानकारी दिए । वैदेशिक रोजगारीका...
अमेरिका भ्रमणका नाममा म माथि राजनीति भयो: मन्त्री गुप्ता

अमेरिका भ्रमणका नाममा म माथि राजनीति भयो: मन्त्री गुप्ता

भ्रमण स्वीकृत भएपछि एनआरएनए अमेरिकाका फरक फरक समूहले फरक फरक विज्ञप्ति निकालेका थिए । 'धेरै कार्यक्रमका लागि निमन्त्रणा आएका थिए, अरू भिसा, टिकटको प्रक्रिया गर्नु अघि  मन्त्रिपरिषद्मा स्वीकृत...
रास्वपा उपसभापति डीपी अर्याल काठमाडौँ ९ बाट चुनाव लड्ने

रास्वपा उपसभापति डीपी अर्याल काठमाडौँ ९ बाट चुनाव लड्ने

रास्वपा काठमाडौँ जिल्ला क्षेत्रिय निर्वाचन समितिले उक्त निर्णय गरेर अहिले पार्टी केन्द्रिय कार्यालयलाई जानकारीका लागि जाँदै गरेको सिधाकुरालाई जानकारी दियो । ‘काठमाडौँ ९ बाट केन्द्रिय नेता डोलप्रसाद अर्याललाई...