नेभिगेशन
सबै कुरा

कञ्चनपुरमा भएको अति भारी वर्षाका कारण ‘तराई क्लाउडब्रष्ट’

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले गत असार २३ गते कञ्चनपुरलगायत क्षेत्रमा भएको अति भारी वर्षाको अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो वर्षाको प्रणालीहरुको सम्मिश्रण प्रक्रिया तथा वर्षाको परिमाणका आधारमा उक्त मौसमी घटनालाई ‘तराई क्लाउडब्रष्ट’ नामाकरण गरिएको छ ।

Ncell
Extreme Energy

विभागले जिल्लाका दोधारा, हनुमान नगर र सुन्दरपुरमा जडित स्वचालित वर्षा मापन उपकरणहरुको स्थलगत परीक्षण गरी दोधारा र हनुमान नगर हावापानी केन्द्रमा जडित उपकरणको कार्य अवस्था मापदण्ड भित्रै रहेको र प्राप्त तथ्याङ्क सही रहेको उल्लेख गरेको छ ।

तथापि सुन्दरपुर केन्द्रमा जडित उपकरणबाट हाल प्राप्त भएको तथ्याङ्क विभागको मापदण्डभन्दा फरक देखिएकाले थप अध्ययन गर्नुपर्ने स्थलगत परीक्षण टोलीले पेस गरेको विभागको प्रतिवेदनको सारांशमा उल्लेख छ ।

गत असार २३ गते राति २२ः०५ देखि २३ः०५ बजेसम्म एक घण्टाको अवधिमा हनुमान नगरमा एक सय दुई मिलिमीटर वर्षा मापन भएको थियो । उक्त क्षेत्रमा  सतही, मध्य र उपल्लो वायुमण्डलमा मनसुनी र पश्चिमीवायुमा विकास भएको न्यूनचापीय प्रणालीहरुको सम्मिश्रणका कारण अत्यधिक वर्षा भएको अध्ययनबाट देखिएको विभागका प्रवक्ता सुनिल पोखरेलले जानकारी दिए।

सर्वाधिक वर्षाका कारण कञ्चनपुरका समथर भू–भागहरु डुबानमा परेको तथा विभिन्न नदीनालामा बाढी समेत आई क्षति भएको थियो । असार २५ गते बिहान ६ः१५ बजेको स्याटलाइट तस्बिरको विश्लेषण गर्दा कञ्चनपुरको करिब ९८ वर्ग किलोमिटर क्षेत्रफल ९कुल क्षेत्रफलको करिब छ प्रतिशत० भू–भाग डुबानमा परेको थियो । जसमध्ये करिब ८५ वर्ग किमी कृषियोग्य भू–भाग रहेको तथा स–साना संरचनाहरू समेत गरी करिब १४ हजार भवन प्रभावित भएका थिए ।


नेपालमा हालसम्म मापन गरिएको सर्वाधिक वर्षाको घटनामा तुलनात्मक रुपमा कम क्षति भएको विवरणहरु स्थलगत भ्रमणका क्रममा गरिएका अन्तरक्रिया तथा अन्य स्रोतबाट प्राप्त भएको छ । यसरी क्षति न्यूनीकरण हुनुमा विभागबाट समयमै प्रवाह गरिएको विशेष बुलेटिनहरु, प्रभावमा आधारित मौसम पूर्वानुमान, ‘मास एसएमएस’ सेवा तथा सो अनुरुप पर्याप्त पूर्वतयारी र पूर्वकार्य एवं प्रभावकारी खोज तथा उद्धारको प्रमुख भूमिका रहेको प्रतिवेदनको निष्कर्ष छ ।


जलवायु परिवर्तनका कारण यस्ता विषम जल तथा मौसमी घटनाहरु बढ्दै जाने हुँदा विपद्को जोखिम न्यूनीकरण गर्न पूर्वानुमान तथा पूर्वतयारीलगायतका उपरोक्त क्षेत्रहरुमा लगानी बढाउँदै जानु आवश्यक रहेको प्रतिवदेनको सुझाव छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भोटेकोशीमा पुनः बाढी बढेपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

जिल्ला प्रहरी कार्यालय रसुवालाई चीनतर्फबाट भोटेकोशीमा पुनः बाढी बढेको सूचना प्राप्त भएको जनाइएको छ।
प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री शाहले एमएमए फाइटर रवीन्द्र ढाँटलाई दिए बधाई

प्रधानमन्त्री बालेन्द्र शाहले रोड टु युएफसी सिजन–५ को सेमिफाइनलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेका नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटलाई बधाई तथा शुभकामना दिएका छन्।