नेभिगेशन
सबै कुरा

जनैपूर्णिमा मेलाको लगि तयार ‘गोसाइँकुण्ड’ (तस्विरहरु)

काठमाडाैँ । पर्यटकीय तथा धार्मिक महत्व बोकेको रसुवा जिल्लाको गोसाइँकुण्डलाई शिवकुण्ड पनि भन्ने गरिन्छ । समुन्द्र सतहबाट करिव ४,३८० मिटरको उचाईमा अवस्थित सो कुण्डमा दशहरा र जैनपूर्णिमा गरी वर्षमा दुई पटक मेला लाग्ने गर्दछ । यस बर्ष यही भदौ ३ गते परको जैनपूर्णिमाका लागि श्रद्धालुहरु सो क्षेत्र तिर हिँडिसकेका छन् । 

राजधानी काठमार्डौ लगायत देशका विभिन्न ठाँउबाट श्रद्धालुहरु गोसाईकुण्ड पुग्ने गर्दछन् । त्यसकारण अन्य दिनहरुको तुलनामा भन्दा जनैपूर्णिमाका दिन कुण्डमा स्नान गर्ने, भगवान शिवको पूजाआराधना गर्ने श्रद्धालुहरुको बोक्लो उपस्थिति रहने गर्दछ । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये भैरवकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, सूर्यकुण्ड आदि । यहाँको प्राकृतिक वनावट र कुण्डहरूले गोसाइँकुण्डको गन्तव्यलाई निकै आकर्षक बनाउने गर्दछ, साथमा यात्राका क्रममा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्ने गर्दछ । 

City Express


धार्मिक दृष्टिकोणबाट गोसाइँ भगवान् श्री शिवले समुन्द्र मंथनबाट उत्पन्न कालकुट विषको डाह शान्त पार्न हिमालय खण्डमा आई आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउदा गंगाजल (त्रिशुल धारा) उत्पति भएपछि कुण्डमा शयन गरी चिसो पानीद्धारा विषको डाह शान्त पारेको हुँदा गोसाईकुण्डमा त्रिशुल धाराको पानी गोसाई महादेवलाई सिंचन गर्न गएको किंवदन्ती रहेको छ । यो कुण्डमा शिवको आकृतिको मूर्ति जस्तो गेरु रङको चट्टान देखिन्छ । गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्यो भन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड छन् ।

त्रिशुली नदिको उद्गम स्थल त्रिशुल धारा, १०८ वटा कुण्ड, तामाङ संस्कार र संस्कृति, अमरसिंह गुफा, विभिन्न गुम्वा, विभिन्न वन्यजन्तु, चराचुरुङगी तथा जडीबुटी आदि सो क्षेत्रको आकर्षणको रुपमा रहेको छ ।   काठमाडौँबाट विभिन्न बाटो हुदै गोसाईकुण्ड पुग्न सकिन्छ । काठमाडौँबाट धुन्चे हुदै धुन्चेबाट पैदल यात्राबाट पुग्न सकिने गोसाईकुण्ड, सिन्धुपाल्चोकको मेलम्चीबाट कुटुमसाङ ठाडेपाटीको पैदल यात्रा पनि निकै आकर्षक रहेको छ त्यसै गरि सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक हिसाबले राम्रो पदयात्रा मानिन्छ । नुवाकोटको घ्याङफेदी तालु कसेरी हुँदै गोसाइँकुण्ड जान सकिन्छ । त्यसै गरि मालाभञ्याङ, सागरकुण्ड र राउचुलीको पदयात्रा गरि गोसाइँकुण्ड पुग्न सकिन्छ ।  








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गएको महिना ८८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

गएको महिना ८८ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

बोर्डको तथ्याङ्कअनुसार नेपाल आएका पर्यटकमध्ये भारतबाट ३५ हजार ५०५ अर्थात् ४० प्रतिशत पर्यटक भित्रिएका छन्भने चीनबाट सात हजार ५३३ अर्थात् ८।५, अमेरिकाबँट ६ हजार ६८ अर्थात् ६।८ प्रतिशत,...
प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले मार्फा प्यालेस होटलमा विशेष छुट पाउने

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीले मार्फा प्यालेस होटलमा विशेष छुट पाउने

एक समारोहका बीच मार्फा प्यालेस होटलका तर्फबाट केशव रिजाल र प्रभु बैंक लिमिटेड तर्फबाट, जोमसोम क्ल्स्टर प्रमुख तथा जोमसोम शाखाका शाखा प्रबन्धक नरेन्द« थकालीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्...
मौसमअनुसार परिवर्तन हुने ताप्लेजुङको ‘छ्यो थाङ्गी छ्यो पोखरी’

मौसमअनुसार परिवर्तन हुने ताप्लेजुङको ‘छ्यो थाङ्गी छ्यो पोखरी’

स्थानीयवासी वाङ्गे शेर्पा थोक्प्याका अनुसार स्थानीय थोक्प्या समुदायहरूको स्थानी भाषाअनुसार छ्यो (पोखरी) थाङ्गीको अर्थ (टार) छ्यो (पोखरी) यसको पूरा अर्थ पोखरी भएको टार हुन्छ । तर पछिल्लो समय...
नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा

नेपाल पर्वतारोहण सङ्घको अध्यक्षमा शेर्पा

त्यसैगरी, वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पा, द्वितीय उपाध्यक्षमा बोधराज भण्डारी ,महासचिवमा राजेन्द्र लामा विजयी भएका छन् ।