नेभिगेशन
सबै कुरा

जनैपूर्णिमा मेलाको लगि तयार ‘गोसाइँकुण्ड’ (तस्विरहरु)

काठमाडाैँ । पर्यटकीय तथा धार्मिक महत्व बोकेको रसुवा जिल्लाको गोसाइँकुण्डलाई शिवकुण्ड पनि भन्ने गरिन्छ । समुन्द्र सतहबाट करिव ४,३८० मिटरको उचाईमा अवस्थित सो कुण्डमा दशहरा र जैनपूर्णिमा गरी वर्षमा दुई पटक मेला लाग्ने गर्दछ । यस बर्ष यही भदौ ३ गते परको जैनपूर्णिमाका लागि श्रद्धालुहरु सो क्षेत्र तिर हिँडिसकेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राजधानी काठमार्डौ लगायत देशका विभिन्न ठाँउबाट श्रद्धालुहरु गोसाईकुण्ड पुग्ने गर्दछन् । त्यसकारण अन्य दिनहरुको तुलनामा भन्दा जनैपूर्णिमाका दिन कुण्डमा स्नान गर्ने, भगवान शिवको पूजाआराधना गर्ने श्रद्धालुहरुको बोक्लो उपस्थिति रहने गर्दछ । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् । जसमध्ये भैरवकुण्ड, सरस्वतीकुण्ड, पार्वतीकुण्ड, सूर्यकुण्ड आदि । यहाँको प्राकृतिक वनावट र कुण्डहरूले गोसाइँकुण्डको गन्तव्यलाई निकै आकर्षक बनाउने गर्दछ, साथमा यात्राका क्रममा भेटिने तामाङ संस्कृति र प्रकृतिका छटाले पनि मन तान्ने गर्दछ । 

Ncell
Extreme Energy


धार्मिक दृष्टिकोणबाट गोसाइँ भगवान् श्री शिवले समुन्द्र मंथनबाट उत्पन्न कालकुट विषको डाह शान्त पार्न हिमालय खण्डमा आई आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउदा गंगाजल (त्रिशुल धारा) उत्पति भएपछि कुण्डमा शयन गरी चिसो पानीद्धारा विषको डाह शान्त पारेको हुँदा गोसाईकुण्डमा त्रिशुल धाराको पानी गोसाई महादेवलाई सिंचन गर्न गएको किंवदन्ती रहेको छ । यो कुण्डमा शिवको आकृतिको मूर्ति जस्तो गेरु रङको चट्टान देखिन्छ । गोसाइँकुण्डका वरिपरि नौ कुण्ड छन् भने त्यो भन्दा माथि पश्चिमपट्टि पाँच कुण्ड छन् ।

त्रिशुली नदिको उद्गम स्थल त्रिशुल धारा, १०८ वटा कुण्ड, तामाङ संस्कार र संस्कृति, अमरसिंह गुफा, विभिन्न गुम्वा, विभिन्न वन्यजन्तु, चराचुरुङगी तथा जडीबुटी आदि सो क्षेत्रको आकर्षणको रुपमा रहेको छ ।   काठमाडौँबाट विभिन्न बाटो हुदै गोसाईकुण्ड पुग्न सकिन्छ । काठमाडौँबाट धुन्चे हुदै धुन्चेबाट पैदल यात्राबाट पुग्न सकिने गोसाईकुण्ड, सिन्धुपाल्चोकको मेलम्चीबाट कुटुमसाङ ठाडेपाटीको पैदल यात्रा पनि निकै आकर्षक रहेको छ त्यसै गरि सुन्दरीजलदेखि गोसाइँकुण्डसम्मको यात्रा धार्मिक, ऐतिहासिक हिसाबले राम्रो पदयात्रा मानिन्छ । नुवाकोटको घ्याङफेदी तालु कसेरी हुँदै गोसाइँकुण्ड जान सकिन्छ । त्यसै गरि मालाभञ्याङ, सागरकुण्ड र राउचुलीको पदयात्रा गरि गोसाइँकुण्ड पुग्न सकिन्छ ।  








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

भोटेकोशी बाढीः ७५७ जना पर्यटक सम्पर्कविहीन

नेपाल पर्यटन बोर्डले भोटेकोशी बाढीपछि नेपाल भ्रमणमा रहेका करिब ७५७ जना पर्यटकहरु सम्पर्कविहीन रहेको जनाएको छ ।
व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

व्यावसायिक संस्थालाई राजनीतिबाट टाढा राखौँः सभामुख

सभामुख डोलप्रसाद (डीपी) अर्यालले व्यावसायिक तथा पेशागत संस्थाभित्र राजनीतिक गतिविधि नगर्न सुझाव दिएका छन् ।
नेपाल ल्याइयो थप तीन आरोहीको शव

नेपाल ल्याइयो थप तीन आरोहीको शव

किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव मंगलबार अपरान्ह कतार एअरवेजमार्फत नेपाल ल्याइएको हो ।
ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

ढोरपाटनमा सिकार खेल्न मात्रै विदेशी पर्यटक आउने गरेकामा पछिल्लो समय ढोरपाटन उपत्यका, निशेलढोर र ढोरबराह मन्दिर, बुकीपाटन र जलजलालगायतका क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्...