नेभिगेशन
सबै कुरा

बाढीपहिरो लगायतका विपदमा परी २१० जनाको मृत्यु

काठमाडौँ । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बुधबारसम्म दुई सय १० जनाको मृत्यु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौँ उपत्यकामा तीन जना, कोशी प्रदेशमा २९ जना, मधेस प्रदेशमा आठ जना, बागमती प्रदेशमा ४६ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३८ जना, कर्णाली प्रदेशमा १४ जना र सुदूरपश्चिम प्रदेशमा १६ जना गरी जम्मा दुई सय १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । 

Ncell
Extreme Energy

उनका अनुसार बाढी पहिराका कारण काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ४२ जना, मधेस प्रदेशमा १२ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा २५ जना, कर्णाली प्रदेशमा ६८ जना र सुदूरपश्चिम प्रदेशमा ३६ जना गरी जम्मा दुई सय ७२ जना घाइते भएका छन् ।

बाढीपहिरोमा परेका काठमाडौँ उपत्यकामा ३३ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा चार जना, कर्णाली प्रदेशमा दुई जना र सुदूरपश्चिम प्रदेशमा एक सय एक जना गरी जम्मा दुई सय १५ जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताए ।

 उनले भने, “बाढी पहिरोमा परी कोशी प्रदेशमा तीन जना, मधेस प्रदेशमा एक जना, बागमती प्रदेशमा ४३ जना, गण्डकी प्रदेशमा दुई जना, लुम्बिनी प्रदेशमा एक जना, कर्णाली प्रदेशमा एक जना र सुदूरपश्चिम प्रदेशमा एक जना गरी ५२ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ ।” 

बाढीको कारण बुधबारसम्म चार सय आठ घर डुबानमा परेका छन् । तीन सय ६५ वटा घर, एक सय २६ वटा गोठ, ५३ वटा पुल, सात वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जाएको छ । बाढीपहिरोबाट नौ सय ७२ वटा पशुचौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट छ हजार ४९ घर परिवार विस्थापित भएका प्रवक्ता कार्कीले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन

रसुवा भेलबाढीमा ३९४ जना पर्यटक सम्पर्कविहीन

भोटेकोशी नदीमा आएको भीषण भेलबाढीमा हालसम्म ३९४ जना पर्यटक सम्पर्कविहीन भएका छन् । सरकारी निकायले सिधाकुरालाई दिएको जानकारीअनुसार सम्पर्कविहीन हुनेमा २९१ जना विदेशी नागरिक छन् । ९३ स्वदेशी...
रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा विपत्तिबारे चिनियाँ निकायले भन्यो– हिमपहिरो झरेर थुनिएको खोला एक्कासि फुट्दा भेलबाढी

रसुवा बाढीबारे चिनियाँ निकायले राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिमताल विस्फोटका कारण नभइ हिमपहिरो झरेर खोला थुनिएको सूचना पठाएको छ ।
डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

डब्लुएचओले एक हजार जनालाई पुग्ने औषधि र स्वास्थ्य उपकरण दिने

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीका पीडितलाई आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ ।
रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवा बाढी : १२ जलविद्युत् आयोजनामा क्षति, ४३१ मेगावाट बिजुली उत्पादन प्रभावित

रसुवामा आएको भीषण बाढीबाट यस क्षेत्रका १२ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।