नेभिगेशन
सबै कुरा

यूएईमा आममाफि कार्यक्रमः अवैध बसेका नेपालीले यसरी लिन सक्ने छन् वैध हुने सुविधा

काठमाडौं । यूएई सरकारले अवैधरुपमा बसेका नेपालीहरुले पनि लाभ पाउने गरी आममाफी २०२४ घोषणा गरेको छ। आममाफीको समयावधि गत सेप्टेम्बरदेखि अक्टोबर ३० गतेसम्म रहेको छ । यो अवधिमा प्रक्रियामा सहभागी भएमा आफ्नो भिसाा अवधि सकिएर अवैधरुपमा बसिरहेका विदेशी श्रमिक तथा पर्यटकले जरिवाना माफि पाउने छन् । साथै अन्य अध्यागमन नियम उल्लघंन गरेकाहरुले पनि यो अवधिमा प्रक्रिया पुुरा गरि स्वदेश फर्कीन सक्ने छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भिसा सकिएर पनि अवैधरुपमा यूएईमा अवैधरुपमा बसेकाहरुले चर्को जरिवाना तथा जेल सँजायसमेत भोग्नु पर्ने हुन्थ्यो । अवैधरुपमा बस्नेमा नेपालीको संख्या ठुलो रहेको छ । अहिले उनीहरुको आवासीय स्थिति नियमित गर्न र दण्ड नदिई आफ्नो देश फर्कन अवसर दिइएको यूएई सरकारले जनाएको छ । 

Ncell
Extreme Energy

साथै आममाफि २०२४ ले अवैध बसेकाहरुले आफ्नो स्टाटस परिवर्तन गरेर त्यहीँ बस्न पनि सक्ने छन् ।  जब अफर लेटर भएको खण्डमा भने अवैध रहेका नेपालीहरुले पनि भिसा स्टाटस परिवर्नत गर्न सक्ने जनाइएको छ। 

यस्तै रोजगारदाता कम्पनी छोडेर वा भागेर बसेकाहरुले पनि आममाफि २०२४ को सदुपयोग गर्न सक्ने छन् । तर अवैधबाटोबाट यूएई पुगेकाहरुले भने यो सुविधा पाउने छैनन् । 

यो आममाफि कार्यक्रमबाट माफि पाउनेहरुले भविष्यमा यूएई फर्किन अयोग्य नरहने गरी प्रतिबन्धको सूचीमा नराख्ने यूएई सरकारले जनाएको छ । साथै  भिसा स्थिति परिवर्तन गर्न वा एक्जिट इजाजत प्राप्त गर्न कुनै शुल्क नलाग्ने व्यवस्थासमेत छ । गैरकानुनी रूपमा देशमा बस्दा पहिले लागेका जरिवाना समेत माफ गरिनेछ ।

यो सबै प्रक्रिया सकिएपछि यूएर्ई छोड्न १४ दिनको समय दिइने छ, उक्त समयमा स्वदेश नगए फेरी अवैध हुने र जरिवाना लाग्ने यूएई सरकारले जनाएको छ । 

यो सुविधा लिन आवेदकहरुले यूएईमा आफ्नो भिसा भएको इमिरेट्सभित्रका अध्यागमन कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । आबुधाबी र दुबईको भिसा भएकाले तोकिएका कार्यालयहरुमा अन्य इमिरेट्सको हकमा आईसीपी सर्भिस सेन्टरहरुमा आवेदन दिन सक्नेछन् । यस्ता सेवा केन्द्रहरू माफी अवधिमा दैनिक विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछन् ।

यूएईमा अहिले ठुलो संख्यामा नेपालीहरु पनि अवैधरुपमा बसेकाले यूएईस्थित नेपाली दूतावासले आममाफी प्रक्रियामा सहभागी हुन अनुुरोध गरेको छ । साथै यो प्रक्रिायमा सहभागीह हुन चाहनेहरुलाई पासपोर्ट नभएमा निःशुल्क रुपमा एकतर्फी यात्रा अनुमतिपत्र दिने व्यवस्था गरेको जनाएकोछ । आममाफि पाएर स्वेदश फर्कीदा लाग्ने हवाई भाडा भने आफैले तिर्नुपर्ने छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...