नेभिगेशन
सबै कुरा

यूएईमा आममाफि कार्यक्रमः अवैध बसेका नेपालीले यसरी लिन सक्ने छन् वैध हुने सुविधा

काठमाडौं । यूएई सरकारले अवैधरुपमा बसेका नेपालीहरुले पनि लाभ पाउने गरी आममाफी २०२४ घोषणा गरेको छ। आममाफीको समयावधि गत सेप्टेम्बरदेखि अक्टोबर ३० गतेसम्म रहेको छ । यो अवधिमा प्रक्रियामा सहभागी भएमा आफ्नो भिसाा अवधि सकिएर अवैधरुपमा बसिरहेका विदेशी श्रमिक तथा पर्यटकले जरिवाना माफि पाउने छन् । साथै अन्य अध्यागमन नियम उल्लघंन गरेकाहरुले पनि यो अवधिमा प्रक्रिया पुुरा गरि स्वदेश फर्कीन सक्ने छन् । 

भिसा सकिएर पनि अवैधरुपमा यूएईमा अवैधरुपमा बसेकाहरुले चर्को जरिवाना तथा जेल सँजायसमेत भोग्नु पर्ने हुन्थ्यो । अवैधरुपमा बस्नेमा नेपालीको संख्या ठुलो रहेको छ । अहिले उनीहरुको आवासीय स्थिति नियमित गर्न र दण्ड नदिई आफ्नो देश फर्कन अवसर दिइएको यूएई सरकारले जनाएको छ । 

CG

साथै आममाफि २०२४ ले अवैध बसेकाहरुले आफ्नो स्टाटस परिवर्तन गरेर त्यहीँ बस्न पनि सक्ने छन् ।  जब अफर लेटर भएको खण्डमा भने अवैध रहेका नेपालीहरुले पनि भिसा स्टाटस परिवर्नत गर्न सक्ने जनाइएको छ। 

यस्तै रोजगारदाता कम्पनी छोडेर वा भागेर बसेकाहरुले पनि आममाफि २०२४ को सदुपयोग गर्न सक्ने छन् । तर अवैधबाटोबाट यूएई पुगेकाहरुले भने यो सुविधा पाउने छैनन् । 

यो आममाफि कार्यक्रमबाट माफि पाउनेहरुले भविष्यमा यूएई फर्किन अयोग्य नरहने गरी प्रतिबन्धको सूचीमा नराख्ने यूएई सरकारले जनाएको छ । साथै  भिसा स्थिति परिवर्तन गर्न वा एक्जिट इजाजत प्राप्त गर्न कुनै शुल्क नलाग्ने व्यवस्थासमेत छ । गैरकानुनी रूपमा देशमा बस्दा पहिले लागेका जरिवाना समेत माफ गरिनेछ ।

यो सबै प्रक्रिया सकिएपछि यूएर्ई छोड्न १४ दिनको समय दिइने छ, उक्त समयमा स्वदेश नगए फेरी अवैध हुने र जरिवाना लाग्ने यूएई सरकारले जनाएको छ । 

यो सुविधा लिन आवेदकहरुले यूएईमा आफ्नो भिसा भएको इमिरेट्सभित्रका अध्यागमन कार्यालयमा सम्पर्क गर्नुपर्नेछ । आबुधाबी र दुबईको भिसा भएकाले तोकिएका कार्यालयहरुमा अन्य इमिरेट्सको हकमा आईसीपी सर्भिस सेन्टरहरुमा आवेदन दिन सक्नेछन् । यस्ता सेवा केन्द्रहरू माफी अवधिमा दैनिक विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुनेछन् ।

यूएईमा अहिले ठुलो संख्यामा नेपालीहरु पनि अवैधरुपमा बसेकाले यूएईस्थित नेपाली दूतावासले आममाफी प्रक्रियामा सहभागी हुन अनुुरोध गरेको छ । साथै यो प्रक्रिायमा सहभागीह हुन चाहनेहरुलाई पासपोर्ट नभएमा निःशुल्क रुपमा एकतर्फी यात्रा अनुमतिपत्र दिने व्यवस्था गरेको जनाएकोछ । आममाफि पाएर स्वेदश फर्कीदा लाग्ने हवाई भाडा भने आफैले तिर्नुपर्ने छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

सुन्तला किसानको गुनासो: 'मौसमले ठग्छ, स्थानीय सरकारले कर लिन्छ'

यहाँका कृषकले कम्तीमा २० देखि ८०० सम्म सुन्तलाका बोट लगाएका छन् । मङ्सिर महिनामा धान भित्र्याउने समय भए पनि यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला भएकाले कृषक यतिबेला...
ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा

गाउँमा राम्रो पढाइ हुने विद्यालय नभएका कारण ढेबुवा र जेरुङघाटका विद्यार्थीहरू छिमेकी जिल्ला सिन्धुलीको फिक्कल गाउँपालिकाका रत्न गङ्गा मावि र आधारभूत विद्यालय राईगाउँ तीनखण्डेमा पढ्दै आएका छन् ।...
जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’

परिवारले छोरा गुमाएको दुःखमाथि सरकारले दिएको प्रतीक्षाको बोझ बोकिरहेका छन् । औपचारिक रूपमा सहिद घोषणा भएको सुन्दा एकछिन मन बलियो बने पनि खोइ त त्यो सम्मानसँगै आउने जिम्मेवारी...
‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

‘जब स्कुलले थर फेरिदियो, विजयले पढ्नै सकेनन्’

“धान खाने खेत सम्पत्ति मुद्दा लडेरै सकियो । अब त घरबास मात्रै छ । न छोरीले न्याय पाइ न नातीले बुबाको नाम पायो”, उनले भनिन् । गाँउमा सबैलाई...