नेभिगेशन
सबै कुरा

मेलम्चीमा भ्रष्टाचारः ४ जना दोषी ठहर, भिम उपध्यायसहित १० जनालाई सफाई

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा ४ जना दोषी ठहर भएका छन् । दोषी ठहर हुनेमा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता कम्पनी इप्टिसाका टिम लिडर शिवकुमार शर्मा रहेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो । उनीहरुमाथि निर्धारणका लागि लागि अर्को पेशी तोक्न आदेश दिएको छ । 

Ncell
Extreme Energy

इजलासले मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षहरु डा. सञ्जय शर्मा, भीमप्रसाद उपाध्याय र मुकुन्द प्रसाद पौडेल लगायत १० जनालाई सफाई दिएको छ । 

मेलम्ची खानेपानी परियोजनामा अनियमितता गरेको अभियोगमा २०८० फागुन ६ गते पूर्व सचिव तथा निर्माण कम्पनी सहित १५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा पूर्वसचिव भिम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्र ठाकुरलाई प्रतिवादी बनाएको थियो । अख्तियारले मेलम्ची खानेपानी विकास समितिको बोर्डको तत्कालीन अध्यक्ष रहेका खानेपानी मन्त्रालयका तत्कालीन सचिव उपाध्यायविरुद्ध ४ करोड ११ लाख ३४ हजार २ सय ७९ रुपैयाँ बिगो माग दाबी गरेको थियो । 

यस्तै तत्कालीन बोर्ड अध्यक्ष एवं खानेपानी मन्त्रालयका तत्कालीन सचिव डा. शर्मा र अर्थ मन्त्रालयका तत्कालीन सह–सचिव तथा तत्कालीन बोर्ड सदस्य  पौडेलविरुद्ध जनही ६ करोड ९७ लाख ८३ हजार १ सय ७८ रूपैयाँ बिगो माग दाबी गरेको थियो ।

यस्तै मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल र रुद्रसिंह तामाङ, कार्यकारी निर्देशहकरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा, सूर्यराज कडेल सहित १५ जना नेपाली र तीन विदेशी परामर्शदातालाई पनि प्रतिवादी बनाएको थियो । 

तामाङ विरुद्ध अख्तियारले ११ करोड ०९ लाख १७ हजार ४ सय ५८ रूपैयाँ  बिगो माग दाबी गरेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...

भर्खरै