नेभिगेशन
सबै कुरा

बजेट अभावले पश्चिम नवलपरासीकाे बर्दघाटस्थित खजुरा खाेलामा निर्माणाधिन पुल अलपत्र

काठमाडौँ । निकै तामझामले शिलान्यास गरिएको पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ र १६ जोड्ने  खजुरा खोलामा पुल निर्माण कार्य अलपत्र बनेको छ । २०७७ पुषमा निर्माण कम्पनी श्रीमृत सन्जिवनी सेवासँग ठेक्का सम्झौता भई २०७९ चैत्र बाट काम सुरु भएको पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन । ९ करोड ७७ लाखको लागतमा निर्माण हुने भनिएको पुल बजेट अभावमा अलपत्र बनेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

७५ मिटर लम्बाई र ११ मिटर चौडाई रहने पुलको निर्माण कार्य ३० महिना भित्र सक्नु पर्ने भएपनी हालसम्म पुलको एउटा मात्रै पिल्लर (फाउन्डेसन)तयार भएको छ । बजेट अभावकै कारण पुल निर्माणको काम ठप्प भएको सडक डिभिजन कार्यालय पुल महाशाखाका ईन्जिनियर सन्तोष भण्डारीले बताए ।

Ncell
Extreme Energy

सुरुमा ६० लाख रुपैयाँ मात्रै बिनियोजन भएको थियो । अहिले चालू आर्थिक वर्षमा ४७ लाख बिनियोजन भएको छ । ठेकेदारले फाउन्डेसनको काम  सुरु गर्दा अघिल्लो बर्षकै भुक्तानी लिन बाँकी रहेकाले चालू आबको बजेट समेत भुक्तानी भैसकेको ईन्जिनियर भण्डारीले जानकारी दिए । ‘अहिले जम्मा ४७ लाख रुपैयाँ मात्रै बिनियोजन  भएकोमा पहिलेको कामकै भुक्तानी दिन बाँकी थियो त्यो भुक्तानी दिदा अब ११÷१२ लाख मात्रै बाँकी होला’, भन्डारीले भने ।

हाल बजेट नै बिनियोज नभएका कारण पुल निर्माणकार्य ठप्प छ । २०७९ चैत्र १२ गते पुलको शिलान्यास गरिएको थियो ।

पुल नहुँदा  घुमाउरो लामो दुरीको बाटो प्रयोग गर्नु पर्दा स्थानियलाई बर्षायाममा निकै सास्ती हुने गरेको छ । पुल निर्माणपछि त्रिवेणी धाम सम्म पुग्न र त्यस क्षेत्रका नागरिकलाई आवजजावतमा सहज हुने विश्वास लिईएपनि निर्माण कार्य अलपत्र बन्दा स्थानिय निराश बनेका छन । थप बजेटको सुनिश्चितता नभई निर्माण कार्य अघि नबढ्ने देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८ प्रतिशत काम सम्पन्न भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीनवटै प्याकेजको भौतिक प्रगति उल्लेख्य रहेको छ ।
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
भोटेकोशी बाढीपछिको खोजी र उद्धार स्थगित

भोटेकोशी बाढीपछिको खोजी र उद्धार स्थगित

सरकारले ‘अत्यावश्यक’बाहेक भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ।