नेभिगेशन
सबै कुरा

बजेट अभावले पश्चिम नवलपरासीकाे बर्दघाटस्थित खजुरा खाेलामा निर्माणाधिन पुल अलपत्र

काठमाडौँ । निकै तामझामले शिलान्यास गरिएको पश्चिम् नवलपरासीको बर्दघाट नगरपालिका वडा नम्बर ५ र १६ जोड्ने  खजुरा खोलामा पुल निर्माण कार्य अलपत्र बनेको छ । २०७७ पुषमा निर्माण कम्पनी श्रीमृत सन्जिवनी सेवासँग ठेक्का सम्झौता भई २०७९ चैत्र बाट काम सुरु भएको पुलको निर्माण कार्य अघि बढ्न सकेको छैन । ९ करोड ७७ लाखको लागतमा निर्माण हुने भनिएको पुल बजेट अभावमा अलपत्र बनेको हो ।

७५ मिटर लम्बाई र ११ मिटर चौडाई रहने पुलको निर्माण कार्य ३० महिना भित्र सक्नु पर्ने भएपनी हालसम्म पुलको एउटा मात्रै पिल्लर (फाउन्डेसन)तयार भएको छ । बजेट अभावकै कारण पुल निर्माणको काम ठप्प भएको सडक डिभिजन कार्यालय पुल महाशाखाका ईन्जिनियर सन्तोष भण्डारीले बताए ।

CG

सुरुमा ६० लाख रुपैयाँ मात्रै बिनियोजन भएको थियो । अहिले चालू आर्थिक वर्षमा ४७ लाख बिनियोजन भएको छ । ठेकेदारले फाउन्डेसनको काम  सुरु गर्दा अघिल्लो बर्षकै भुक्तानी लिन बाँकी रहेकाले चालू आबको बजेट समेत भुक्तानी भैसकेको ईन्जिनियर भण्डारीले जानकारी दिए । ‘अहिले जम्मा ४७ लाख रुपैयाँ मात्रै बिनियोजन  भएकोमा पहिलेको कामकै भुक्तानी दिन बाँकी थियो त्यो भुक्तानी दिदा अब ११÷१२ लाख मात्रै बाँकी होला’, भन्डारीले भने ।

हाल बजेट नै बिनियोज नभएका कारण पुल निर्माणकार्य ठप्प छ । २०७९ चैत्र १२ गते पुलको शिलान्यास गरिएको थियो ।

पुल नहुँदा  घुमाउरो लामो दुरीको बाटो प्रयोग गर्नु पर्दा स्थानियलाई बर्षायाममा निकै सास्ती हुने गरेको छ । पुल निर्माणपछि त्रिवेणी धाम सम्म पुग्न र त्यस क्षेत्रका नागरिकलाई आवजजावतमा सहज हुने विश्वास लिईएपनि निर्माण कार्य अलपत्र बन्दा स्थानिय निराश बनेका छन । थप बजेटको सुनिश्चितता नभई निर्माण कार्य अघि नबढ्ने देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
खोला भित्रबाटै डाइभर्सन निर्माण गरेर अवरुद्ध बिपी राजमार्ग संचालन

खोला भित्रबाटै डाइभर्सन निर्माण गरेर अवरुद्ध बिपी राजमार्ग संचालन

बाढीले सडक नै बगाएपछि यो वर्षदेखि खोलामै अस्थायी सडक बनाएर सवारी आवत जावत भइरहेको हो । खोलाबाट नै बनाइएको सडकबाट यात्रा गर्दा जोखिम बढ्नुको साथै यात्रुलाई क्षतिग्रस्त खण्ड...
तीन पटक म्याद थप गर्दा समेत धवलागिरी अस्पताल निर्माण कार्य अधुरै

तीन पटक म्याद थप गर्दा समेत धवलागिरी अस्पताल निर्माण कार्य अधुरै

तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न चुनौति छ । गत साउन महिनादेखि रोकिएको भवन निर्माण मध्यहिँउदसम्म...
करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

करिब छ महिनापछि सञ्चालनमा आयो रसुवागढी नाका

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार गत असार २४ गते ल्हेन्देखोलामा आएको बाढीले मितेरी पुल बगाएपछि पूर्ण रूपमा बन्द भएको उक्त नाका बिहीबार बिहानदेखि सञ्चालनमा आएको हो...
नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

नेपाल–आसियान पर्यटन वर्ष २०२६ घोषणा

बोर्डका कार्यकारी प्रमुख अधिकृत दीपक राज जोशीले उद्घाटन समारोहमा स्वागत मन्तव्य दिँदै आसियान मुलुकलाई नेपालका लागि उच्च सम्भावनायुक्त बजारका रूपमा प्रस्तुत गर्दै सन् २०२६ लाई लक्षित विशेष रणनीति...