नेभिगेशन
सबै कुरा

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत पक्राउ गर्न प्रहरी धरपकड

काठमाडौँ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले असफल पक्राउ प्रयास गरेको छ। बिहीबार काठमाडौँकाे हार्दिक हाेटलमा भइरहेकाे एक कार्यक्रममा सहभागी भइरहेका बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउको प्रयास गरेका हुन् । 

प्रहरीको साइबर ब्युरोबाट खटिएको टोलीले बस्नेतलाई पक्राउ प्रयास गरेको हो। तर, कार्यक्रममा रहेको एमाले सम्बद्ध पत्रकारहरूको प्रतिरोधका कारण प्रहरी बस्नेतलाई पक्राउ नगरी फर्किएको छ ।

City Express

बस्नेत सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका पत्रकारहरूको संस्था प्रेस चौतारीको अध्यक्ष हुन् । बस्नेतले सञ्चालन गर्ने जनता टाइम्स डटकममा प्रकाशित समाचारकै कारणले उनलाई पक्राउ गर्न खोजिएको प्रहरीले स्राेतले बताएकाे छ। बस्नेत विरुद्ध पक्राउ पुर्जी भने जारी भइसकेको छ ।

यसैबीच नेपाल पत्रकार महासङ्घले बस्नेत पक्राउ प्रयासको विरोध जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासङ्घले प्रेस काउन्सिलको क्षेत्राधिकार नाघेर प्रहरीले अध्यक्ष बस्नेतमाथि धरपकड गर्न गरेको प्रयासको विरोध जनाएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...