नेभिगेशन
सबै कुरा

प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत पक्राउ गर्न प्रहरी धरपकड

काठमाडौँ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई प्रहरीले असफल पक्राउ प्रयास गरेको छ। बिहीबार काठमाडौँकाे हार्दिक हाेटलमा भइरहेकाे एक कार्यक्रममा सहभागी भइरहेका बस्नेतलाई सादा पोशाकका प्रहरीले पक्राउको प्रयास गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीको साइबर ब्युरोबाट खटिएको टोलीले बस्नेतलाई पक्राउ प्रयास गरेको हो। तर, कार्यक्रममा रहेको एमाले सम्बद्ध पत्रकारहरूको प्रतिरोधका कारण प्रहरी बस्नेतलाई पक्राउ नगरी फर्किएको छ ।

Ncell
Extreme Energy

बस्नेत सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका पत्रकारहरूको संस्था प्रेस चौतारीको अध्यक्ष हुन् । बस्नेतले सञ्चालन गर्ने जनता टाइम्स डटकममा प्रकाशित समाचारकै कारणले उनलाई पक्राउ गर्न खोजिएको प्रहरीले स्राेतले बताएकाे छ। बस्नेत विरुद्ध पक्राउ पुर्जी भने जारी भइसकेको छ ।

यसैबीच नेपाल पत्रकार महासङ्घले बस्नेत पक्राउ प्रयासको विरोध जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै महासङ्घले प्रेस काउन्सिलको क्षेत्राधिकार नाघेर प्रहरीले अध्यक्ष बस्नेतमाथि धरपकड गर्न गरेको प्रयासको विरोध जनाएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...

भर्खरै