नेभिगेशन
सबै कुरा

प्रधानमन्त्री ओलीलाई काठमाडौँदेखि भैरहवासम्म बसमा यात्रा गर्न गगन थापाको आग्रह

पश्चिम नवलपरासी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई काठमाडौँदेखि भैरहवासम्मको यात्रा गर्न आग्रह गरेका छन् । एक कार्यक्रमका लागि पश्चिम नवलपरासी पुगेका थापाले सडकको दुरावस्थाका कारण दैनिक सयौँ नागरिकले सो सडकखण्डमा सास्ती भोग्नुपरेको बताउँदै प्रधानमन्त्रीलाई गएर अनुगमन र अनुभव लिन आग्रह गरेका हुन् । 

महामन्त्री थापाले प्रधानमन्त्रीलाई अहिले गठन भएको कार्यसम्पादन टोलिसहित भ्रमण गर्न आग्रह गरेका छन् । त्यस्तै उनले हुलाकी राजमार्गको अवस्था पनि उस्तै भएको भन्दै सरकारले पूर्वाधार निर्माणमा तदारुकता नदिएको आरोप लगाए । ‘मैले गत माघमै यात्राका क्रममा देखिएका समस्याहरु प्रतिवेदन बनाएर बुझाएको थिएँ । जसमा यी सडकखण्डपनि समावेश भएका थिए । तर यसतर्फ कसैको चासो देखिएन ।’, महामन्त्री थापाले भने ।

CG

पश्चिम नवलपरासीमा निर्माणाधिन अवस्थामा रहेको हुलाकी राजमार्गको काम समयमै सम्पन्न नभएको भन्दै  प्रतापपुर गाँउपालिका अध्यक्ष उमेश चन्द्र यादव शुक्रबार बिहान ११ बजेदेखि आमरण अनसनमा बसेका छन । अनसनलाई ऐक्यवद्धता जनाउन नेपाली काँग्रेसका महामन्त्री थापा समेत सो स्थानमा पुगेका हुन् । 

समयमै सडक नबनेको भन्दै प्रतापपुरका जनप्रतिनिधिहरु गत भदौ २३ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...