नेभिगेशन
सबै कुरा

धनराज गुरुङले एक महिनाअघि मात्रै तिरेका थिए ज्योति गुरुङले लिएको ऋणको किस्ता

काठमाडौँ । सहकारीको रकम हिनामिना सम्बन्धी छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले मितेरी सहकारीको निरीक्षण गरेको छ । समितिले बिहीबार उक्त सहकारीमा निरीक्षण गरेको हो । यो त्यही सहकारी हो जसको रकम हिनामिना गरेको आरोप कांग्रेस उपसभापति तथा प्रतिनिधिसभा सदस्य धनराज गुरुङमाथि लागेको छ ।  ‍

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

संसदीय विशेष छानबिन समितिका सभापति सूर्य थापासहितको निरीक्षण टोलीसँग सहकारीका अध्यक्ष कुम्भराज गुरुङले धनराजले डिभोर्स भएको भन्दै गरेको दावीमै शंका गरेका छन् । उनले डिभोर्स नै नभएको बताएका छन् । 

अध्यक्ष गुरुङसँग भएको कुराकानीको भिडियो समितिका सभापति थापाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । उक्त भिडियोमा सहकारीका अध्यक्ष गुरुङले एक महिनाअघि धनराज आफैंले आएर सहकारीको रकम तिरेको बताएका छन् । 

समितिका सदस्यले अध्यक्ष गुरुङलाई सोध्छन्, ‘धनराजले तिर्नुभएको कि ज्योतिले तिर्नुभएको ऋण ?’

जवाफमा अध्यक्ष गुरुले भन्छन्, ‘धनराजले आएर तिरेको ।’

‘कैले ?’

‘हेर्नुपर्छ । धेरै भएको छैन । एक महिना जति भयो होला ।’

कांग्रेस उपसभापति गुरुङमाथि सहकारीमा प्रबन्धक रहेकी श्रीमतीसँग मिलेर पौने १५ करोड ठगी गरेको आरोप लागेको छ । उनी विरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) मा जाहेरी परेको छ । 

जाहेरीमा सांसद गुरुङ र उनको पत्नी ज्योती गुरुङले आर्थिक अपराध गरेको किटानी छ । ललितपुर महानगरपालिका महालक्ष्मी स्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको प्रबन्धक पदमा रहेकी ज्योति गुरुङ र उनको पति धनराज गुरुङले १४ करोड ८१ लाख रुपैयाँ बचत हिनामिना गरेको संसदीय छानबिन समितिमा सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले बयान दिएका थिए ।

सहकारी ठगीको आरोप लागिरहँदा गुरुङले भने अस्वीकार गर्दै आएका छन् । उनले ज्योति गुरुङसँग २०७६ फागुनमै सम्बन्धविच्छेद भएका कारण उनले गरेको कारोबारको जिम्मा आफूले लिन नसक्ने बताउँदै आएका छन् । उनले आफ्नो घर व्यवहार सोही सहकारीको अध्यक्षका कारण बिग्रिएको भन्दै ठगीबाट जोगिन अध्यक्षले सबै दोष आफूलाई लगाएको आरोप लगाउन्दै आएका छन् । 

सम्बन्धित समाचार : 

‘सहकारी छानबिन समिति बनाएपछि धनराजले यो कुरा बाहिर नल्याइदिन तीन पटकसम्म घरमा छलफल गरे’ : कुम्भराज गुरुङ


सहकारी ठगीमा धनराजको बयानः सहकारीकै कारण श्रीमतीले छोडी


सापटी माग्दै पैसा नभएको चेक काट्थिन् ज्योति, घरमा आएका पीडितलाई हप्काउँथे धनराज




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

अन्डरवेयरभित्र लुकाएको करिब आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ

प्रहरीका अनुसार गएराति निज शौकत अस्वाभाविक रूपमा हिँडडूल गरिरहेको देखिएपछि शङ्का लागेर जाँच गर्दा उनको अन्डरवेयरभित्र प्लास्टिकले बेरेर लुकाइ राखेको अवस्थामा उक्त पदार्थ फेला परेको हो ।
कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

कटारीको चुरे जंगलबाट १३० किलो गाँजा बरामद

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प कटारीका प्रहरी निरीक्षक गोविन्द पौडेलका अनुसार चुरे जंगलमा पैदल हिँडिरहेका गाँजा तस्करहरूले सुरक्षाकर्मीलाई देखेपछि गाँजाको पोका छाडेर जंगलतर्फ भागेका थिए।
काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

काठमाडौँमा बढ्दै छ अवैध भेपको कारोबार, २ हजार ७ सय थान भेप सहित ४ जना पक्राउ

उनीहरुले काठमाडौँ महानगरपालिका–२२ स्थित आरएचएस इन्टरनेशनल प्रालि र चुच्चेपाटीस्थित रेसा कलेक्सनको गोदाम चलाएका थिए । ती गोदाममा समेत प्रहरीले छापा हानेर २ हजार ७ सय ७० थान विद्युतिय...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...

भर्खरै