नेभिगेशन
सबै कुरा
आलेख :

पढ्नलाई उमेरले छेकेन, बुढेसकालमा कक्षा १ मा भर्ना !

असोज १२, बाँके : वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै छिन् ५१ वर्षीया दुजीकुमारी ओली । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हेर्दा लाग्छ, उनी ती नानीबाबुलाई सिकाउने शिक्षिका हुन् । तर उनी शिक्षिका नभई नातिनातिना उमेरका तिनै साना नानीहरूसँगै बसेर वर्णमाला र अङ्कगणित सिक्ने कक्षा १ का विद्यार्थी हुन् । 

Ncell
Extreme Energy

दुजी ओली यतिबेला बाँकेको कोहलपुरस्थित ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा १ मा पढिरहेकी छिन् । 

उमेरले ५१ वर्ष पुगिसकेकी दुजीकुुमारीलाई  नातिले पढ्नका लागि हौसाएको बताउँछिन् । “नातिलाई विद्यालयको गृहकार्य गर्न लगाउँदा तपाईँलाई एक, दुई, तीन त आउँदैन, मलाई के पढ भन्नुहुन्छ भनेर जवाफ फर्काएपछि सिक्नकै लागि स्कुल भर्ना भएँ”, दुजी भन्छिन्  । 

बाँकेको कोहलपुर नगरपालिका–११ सैनिकटोलकी दुजीलाई छ वर्षको नातिले लगाएको वचनले स्कुलको कक्षा कोठासम्म पुर्याएको थियो । “मलाई पढ्न मन त पहिलादेखि नै थियो तर त्यो दिन नातिले त्यसो नभनेको भए म अझै पनि घरधन्दामै अल्झिरहन्थे होला”, उनले भनिन् ।

आफ्नो सहपाठी आफ्नै उमेर समूहको नभई नातिनातिनी उमेरको हुँदा नजानेको कुरा सोधेर सिक्नलाई सजिलो भएको दुजी बताउँछिन् । 

“मलाई धेरै कुरा आउँदैन । नजानेको कुरा सिक्नलाई साना उमेर भएका यिनै साथीहरूले राम्ररी सिकाउँछन्”, उनले भनिन्, “ठूलालाई नजानेको कुरा सोध्न लाज लाग्छ तर सानाबाट नजानेको कुरा सिक्न लाज नलाग्ने रहेछ” ।

पच्चीस वर्षदेखि एकल महिला भएर छोराछोरीको जिम्मेवारी पूरा गर्दै आएकी दुजीकुमारीले अहिले पनि घरको काम सकेर स्कुल आउने जाने गछिन् । 

कक्षा १२ सम्मको पढाइ पूरा गरेर कम्प्युटर सिक्ने इच्छा उनको छ । सुरुमा पढ्नलाई छोराले आनाकानी गरे पनि अहिले भने साथ दिएको र बेला–बेला सिकाउने गरेका छन् । 

दुजीकुमारीजस्तै सोही ठाउँकी प्रेमकुमारी गिरी पनि ६१ वर्षको उमेरमा कक्षा ६ मा पढ्न स्कुल जाने गछिन् । 

प्रेमकुमारीलाई बिहान स्कुल जानको लागि घरको काम सक्न भ्याइनभ्याई हुन्छ । कोहलपुर नगरपालिका–५ एनसीसिएनकी प्रेमकुमारी पनि सोही स्कुलमा पढ्छिन्  । 

प्रेमकुमारीको १३ वर्षको उमेरमा विवाह भएको थियो । विवाहपश्चात पारिवारिक बन्धनमा बाँधिएकी उनले १६ वर्षकै उमेरमा पहिलो सन्तानका रूपमा छोरीलाई जन्माइन् । 

सन्तानको मोहले पढ्न नपाएको पीडालाई मनमै भुलाइदियो । समय बित्दै गयो । प्रेमकुमारी पनि छ सन्तानको आमा बनिन् । एउटा छोरा र पाँचवटी छोरीलाई हुर्काउँदैमा उनको पढ्ने रुचिमात्रै मरेन, उमेर पनि ढल्कँदै गयो । सानैमा अधुरो भएको पढाइलाई उनले घरपरिवार र सन्तानप्रतिको जिम्मेवारीकै कारण पूरा गर्न सक्नु भएन ।

“विवाह भएपछि पनि मैले पढ्छु भनेर धेरैपटक कोसिस गरेँ”, तर घरमा त्यो वातावरण नै भएन । श्रीमानको माया, परिवारको साथ, सन्तानको सुख सबै पाएँ तर पढ्न नपाएको विषयमा दुखेको मनलाई शान्त गर्न सकिनँ”, उनले भनिन्, “भगवानले भन्नुहुन्छ तँ आँट म पुर्याउँछु । आज मलाई त्यस्तै भएको छ । मैले आँटे भगवानले मलाई यो स्कुलसम्मको बाटो देखाइदिनुभयो ।” 

पढ्नलाई उमेरले छेक्दैन भन्ने कुराको ज्वलन्त उदाहरण हुन् प्रेमकुमारी । आकाशे रङको कुर्थामा गाढा निलो रङ्गको दोपट्टा र सुरुवाल लगाएर हातभरि कपी किताब बोक्दै उनी नियमित स्कुल जाने गर्छिन् । सानैमा कक्षा ३ सम्म पढेर बीचैमा पढाइ छोडेकी प्रेमकुमारीलाई कक्षा ६ मा भर्ना हुँदा सामान्यरुपमा लिखित र मौखिक परीक्षा लिइएको उनले बताए । 

“मैले पहिला नै ३ कक्षा पास गरेको थिएँ । मेरो पढ्ने इच्छा देखेर मलाई स्कुलका प्रधानाध्यापकले कक्षा ५ मा भर्ना गरिदिनुभयो”, उनले भनिन्, “कक्षा ५ मा भर्ना हुँदा भर्खरै स्कुल पढ्ने उमेरको भएकी छु भन्ने लागेको थियो ।” आफ्नी श्रीमतीलाई यो उमेरमा पनि पढ्न मन लागिरहेको छ भन्ने थाहा पाएका श्रीमान जनकबहादुर रावतले पढ्नका लागि अनुमति दिएकै कारण आज उनी नियमित स्कुल जान पाइरहेकी छिन् ।

“स्कुल गएर पढ्छुभन्दा सुरुमा त जिस्किएको होला भन्न ठान्नुभएको रहेछ उहाँले, तर मैले साँच्चै नै म स्कुल गएर पढ्न चाहन्छु भन्दा उहाँले पढ्ने इच्छा नै भएको हो भने बीचैमा पढाइ छाड्न पाउँदिनौं नि भनेर पढ्नलाई अनुमति दिनुभयो”, खुसीको आँशु छछल्क्याउँदै प्रेमकुमारीले श्रीमानले पढ्नलाई अनुमति दिएको कुरा सुनाइन् ।

प्रेमकुमारीको भनाइअनुसार श्रीमान जनकबहादुरको दिनचर्या हिजोआज श्रीमतीलाई स्कुल जान ढिला हुुन्छ कि भनेर घडी हेर्ने र बेलुका घर फर्कने समय कुर्दैमा बित्ने गर्दछ । “बुढेसकालमै भए पनि श्रीमानले स्कुल जाने समय सम्झाउनुहुन्छ । अनि म स्कुलबाट घर कतिबेला आउँछु भनेर कुरी बस्नुहुन्छ”, उनले भनिन्, “बुढेसकालमै भए पनि श्रीमान्ले मेरो पढाइका लागि दिनुभएको ऊर्जा र सहयोगप्रति म निकै नै खुसी छु, प्रेमकुमारीलाई आँखाले साथ दिँदासम्म पढ्ने रहर छ ।”

प्रेमकुमारीजस्तै सोही कक्षामा पढ्छिन् हरिकला नेपाली पनि । उमेरले ३६ वर्षको भइन् उनी । एक छोरीकी आमा हरिकलालाई पढ्ने रहर हुँदाहुँदै पनि उमेरले तीन दशक नाघिसकेको हुनाले स्कुलमा गएर पढ्न अप्ठ्यारो बनाइरहेको बताउँछिन् । उनका अनुसार प्रेमकुमारी गिरीले स्कुलको लुगा लगाएर किताब बोक्दै हिँडेको कुराले पढ्नका लागि उनलाई समेत हौसला दिएको बताइन् । 

“पढ्ने एकदमै रहर थियो तर ३६ वर्षकी भइसकेकी थिएँ । स्कुल गएर पढ्न लाज लगिरहेको बेला मैले प्रेमकुमारी दिदीलाई किताब बोकेर स्कुल जानेआउने गरेको देखेँ । उहाँलाई देखेर नै मलाई पनि स्कुलमा आएर पढ्ने हिम्मत मिलेको हो”, हरिकलाले भनिन् “छुटेको पढाइलाई फेरि पूरा गर्न पाएकामा निकै खुसी लागेको छ । कुनै पनि हालतमा एएसइई पास गर्नु छ ।” हरिकलालाई वैदेशिक रोजगारमा रहनुभएका श्रीमान नथु गुरुङले पनि पढ्नलाई साथ दिएको उनले बताइन् । 

पढ्ने रहर मनमा हुँदाहुँदै पनि आफ्नो उमेर समूहका महिला पढ्ने स्कुलको खोजीमा रहेकी हरिकलालाई घर नजिकै स्कुलमा आफूभन्दा पनि बढी उमेर भएका साथीसँगै पढ्न पाएकामा अहिले लाज हराएको छ । हरिकलाले आफ्नो प्रेरणाको स्रोतको रूपमा प्रेमकुमारी गिरी र खगीसरा खाणलाई मान्छिन् । आफूभन्दा उमेरमा दोब्बर भए पनि एउटै उमेर समूहजस्तै लाग्छ हरिकलालाई सहपाठीद्वय प्रेमकुमारी गिरी र खगिसरा खाण । 

ज्ञानज्योति माविको कक्षा ६ मा ७७ विद्यार्थी छन् । ती ७७ विद्यार्थीमध्येका आमा विद्यार्थी हुन् प्रेमकुमारी, हरिकला र खगिसरा । विद्यालयका प्रधानाध्यापक गोविन्द ढकालले बिरामी हुँदाबाहेक नियमितरूपमा उनीहरु स्कुल आउने गरेको बताए । उनले भने, “पढ्ने इच्छा भएकालाई हामीले उमेरकै कारण देखाएर रोक्न मिल्दैन । लामो समयसम्मको पढाइ छुटेकाले सिकाइस्तर भने सामान्य रहे पनि पास गर्न सक्नुहुन्छ भन्ने लागेर नै उहाँहरूलाई भर्ना गरेका हौँ ।” सो विद्यालयमा पाँच सय ६८ विद्यार्थी अध्ययनरत छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

त्रिविसहित सबै विश्वविद्यालयमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गर्दै शिक्षा ऐन र नियमावलीबमोजिम निजी तथा सार्वजनिक विद्यालयले विद्यार्थी संख्याका आधारमा तोकिएबमोजिमका १० प्रतिशत छात्रवृत्ति प्रदान गरेको छात्रवृत्तिको विवरण...
अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

अब कन्सल्टेन्सीले २५ लाख धरौटी राख्नु पर्ने, विदेश जाने विद्यार्थीलाई लक्षित शैक्षिक मेला पनि रोक

नियमावलीअनुसार अब मन्त्रालयबाट अनुमति पत्र नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न पाइने छैन । भाषा शिक्षण र तयारी कक्षाका हकमा भने प्रदेश वा स्थानीय तहले नियमन गर्न सक्ने...
शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ

मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किसनदत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कट्टेल, राजर्षी जनक...
नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

नेपालमा करिब १४ सय विदेशी विद्यार्थी अध्ययन गर्दै

सिंहदरबारमा बुधबार बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा शिक्षा सचिव चूडामणि पौडेलले विभिन्न देशका गरेर नेपालमा हाल एक हजार ४ सय विदेशी विद्यार्थी अध्ययनरत रहेको बताएका...

भर्खरै