नेभिगेशन
सबै कुरा

ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालको एक्स एकाउन्ट बन्द गर्न भारतको पत्र

काठमाडौं । भारत सरकारले ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालको एक्स (ट्वीटर) को एकाउन्ट हटाउन एक्स (ट्वीटर)लाई पत्रचार गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

लामो समयदेखि नेपालले सुगौली सन्धिमार्फत भारतमा गाभिएको ६० हजार वर्ग किलोमिटर नेपाली भूमि फिर्ता हुनुपर्ने माग राखेर अभियान चलाउँदै आएका दाहालको पोष्टले भारतको सूचना प्रविधि ऐन उल्लघंन गरेको भन्दै एक्समा भारतले पत्र पठाएको छ । 

Ncell
Extreme Energy

एक्सले नेपाललाई लेखेको इमेलमा एकाउन्ट हटाउनु पर्ने कारणमा भारतले गरेको लिगल डिमाण्ड उल्लेख गरेको छ । उक्त इमेलमा भनिएको छ‘पारदर्शिताका लागि हामीले यो जानकारी गराउँदैछौं कि तपाईंको एक्स एकाउन्ट हटाउन भारत सरकारबाट लिगल डिमान्ड भएको छ’,।

इमेलमा उनको एक्स एकाउन्टलाई अहिले भारतमा हेर्न नमिल्ने बनााइएको समेत जानकारी गराइएको छ ।  एक्सको इमेलपछि उनले लेखेका छन्, ‘संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुकको सरकार नै खनिएर मेरो आवाज दबाउन खोज्दा मेरो देशको सरकार भने मौन छ ।’

साथै उनले आफूविरुद्धको प्रहार देशविरुद्धको प्रहार भएको भन्दै लेखेका छन्, ‘म मेरो सरकारलाई भन्न चाहन्छु , ममाथिको प्रहार  देशविरुद्ध पनि हो ।’ 

नेपाली भूमि फिर्ताको माग गर्दै प्रदर्शन गर्दा उनी पटक पटक पक्राउ पर्दै आएका छन् भने अन्तराष्ट्रिय मञ्चहरुमा समेत उनले यो विषय उठान गर्दै आएका छन् । तर अहिलेसम्म उनको एक्स एकाउन्ट भने बन्द भएको छैन । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...

भर्खरै