नेभिगेशन
सबै कुरा

सरकारले साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडाैँ । सरकारले साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । 

शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले वर्तमान सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता समद्ध सवै मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको जानकारी दिए ।

बैठकले सामान्य प्रक्रियाबाट फछर्यौट हुन नसकेका बेरुजु फछर्यौट गर्न प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य अच्युत प्रसाद मैनालीको अध्यक्षतामा बेरुजु फछर्यौट समिति गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने निर्णय गरेको छ ।

त्यस्तै काठमाडौँ उपत्यकाको खानेपानी आपूर्ति सुधार आयोजनाका लागि एसियाली विकास बैंकबाट प्रप्त हुने करिव २२ अर्व ८९ करोड रुपैया बरावरको सहुलितयपूर्ण ऋण सहयता तथा करिव २ अर्व १ करोड रुपैयाँ बराबरको अनुदान सहायता एवं जापान फण्डबाट प्राप्त हुने करिव ४० करोड ३९ लाख रुपैया बराबरको अनुदान सहायता सम्बन्धी बितिय सम्झौता तथा अन्य दस्तावेजलाई अन्तिम रुप दिन सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । 

बैठकले प्रत्येक बर्षको बैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने निर्णय गरेको छ भने वाली तथा पशुधन वीमाको प्रिमियममा अनुदान उपलव्ध गराउने निर्देशीका २०७० खारेज गर्ने निर्णय भएको उनले बताए ।

बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको रिक्त पदमा धुव्र आचार्य, ललिता कुमारी महर्जन र महेश प्रसाद काफ्लेलाई मनोनयन गरेको छ । त्यस्तै पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पती खोजविन समितिको म्याद दुई महिना थप गर्ने र संयोजकमा महेन्द्र कुमार थापा रहने गरि तोक्ने निर्णय समेत बैठकले गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...