नेभिगेशन
सबै कुरा

सरकारले साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडाैँ । सरकारले साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शुक्रबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले वर्तमान सरकारको साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता समद्ध सवै मन्त्रालयले उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको जानकारी दिए ।

Ncell
Extreme Energy

बैठकले सामान्य प्रक्रियाबाट फछर्यौट हुन नसकेका बेरुजु फछर्यौट गर्न प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका सदस्य अच्युत प्रसाद मैनालीको अध्यक्षतामा बेरुजु फछर्यौट समिति गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने निर्णय गरेको छ ।

त्यस्तै काठमाडौँ उपत्यकाको खानेपानी आपूर्ति सुधार आयोजनाका लागि एसियाली विकास बैंकबाट प्रप्त हुने करिव २२ अर्व ८९ करोड रुपैया बरावरको सहुलितयपूर्ण ऋण सहयता तथा करिव २ अर्व १ करोड रुपैयाँ बराबरको अनुदान सहायता एवं जापान फण्डबाट प्राप्त हुने करिव ४० करोड ३९ लाख रुपैया बराबरको अनुदान सहायता सम्बन्धी बितिय सम्झौता तथा अन्य दस्तावेजलाई अन्तिम रुप दिन सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । 

बैठकले प्रत्येक बर्षको बैशाख ७ गते राष्ट्रिय याक दिवस मनाउने निर्णय गरेको छ भने वाली तथा पशुधन वीमाको प्रिमियममा अनुदान उपलव्ध गराउने निर्देशीका २०७० खारेज गर्ने निर्णय भएको उनले बताए ।

बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको रिक्त पदमा धुव्र आचार्य, ललिता कुमारी महर्जन र महेश प्रसाद काफ्लेलाई मनोनयन गरेको छ । त्यस्तै पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठित त्रिभुवन विश्वविद्यालयको जग्गा तथा सम्पती खोजविन समितिको म्याद दुई महिना थप गर्ने र संयोजकमा महेन्द्र कुमार थापा रहने गरि तोक्ने निर्णय समेत बैठकले गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।