नेभिगेशन
सबै कुरा

चेतावनी सन्देशरहित विदेशी ‘आइकस’ चुरोट सेवन सिकाउन भव्य आउटलेट, अवैध व्यापारमा प्रशासन मौन

काठमाडौँ । जगदम्बा ओभरसिज प्रालिले अवैध चुरोटको बिक्री वितरण गरिरहेको पाइएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन २०६८ लाई छलेर सो कम्पनीले ‘आइकस’ नामक चुरोटको बिक्री गरिरहेको पाइएको हो । सो बारे नियामक निकायमा उजुरी परे पनि कुनै कारबाही भने भएको छैन् ।  

Ncell
Extreme Energy


जगदम्बा ओभरसिज व्यापारिक घराना शङ्कर ग्रुप अन्तर्गतको चुरोट आयत गरेर बिक्री गर्न खोलिएको कम्पनी हो । सो कम्पनीले ललितपुरको झम्सिखेलस्थित इन्टरनेश्नल क्लबमा गत वैशाखदेखि फिलिप मोरिस इन्टरनेश्नल नामक अन्तराष्ट्रिय सुर्तिजन्य पदार्थ उत्पादन गर्ने कम्पनीको 'आइकस फ्ल्यागसीप स्टोर' सञ्चालनमा ल्याएको थियो ।


चुरोटको खिल्लीसरह नै स्वास्थ्यमा प्रतिकुल प्रभाव पार्ने यस्तो प्रकारको चुरोटमा स्वास्थ्य हानिकारक जनचेतनामूलक सूचना भने उल्लेख छैन् । 

सुर्तीयुक्त खिल्लीमा उपलब्ध हुने यस्तो चुरोटलाई ‘आइकस इलुमा’ नामक उपकरणमा तताएर सेवन गर्ने गरिन्छ । यद्यपि आगो सल्काउन नपर्ने भएकाले यसलाई बिक्रेताले विद्युतीय चुरोटको रुपमा प्रचार गरेको छ । तर, यसका उत्पादकले यो चुरोटलाई सुर्तिजन्य पदार्थ नै मानेको छ। 

अवैध चुरोटको तडकभडकपूर्ण प्रचार     

कम्पनीले यो वर्षको सुरुवातमै ललितपुरको झम्सिखेलमा एउटा स्टोर सञ्चालनमा ल्यायो । कुनै टेलिकम कम्पनीको स्टल जस्तै लाग्ने चुरोटको बिक्री केन्द्र झकिझकाउ र आकर्षक छ । 

इन्टरनेश्नल क्लबको ग्राउन्ड फ्लोरको एउटा ब्लकमा रहेको उक्त चुरोट बिक्री केन्द्र धूम्रपान सेवनका लागि प्रेरित गर्ने किसिमले सजाइएको छ ।


कुनै पनि व्यक्ति सो स्टोरमा प्रवेश गर्ने बित्तिक्कै चुरोट सेवन गर्न सिकाउन ग्राहक सेवा केन्द्रका युवतीहरू आइपुग्छन् र प्रेरित गर्छन् । 'आइकस चुरोट भेप होइन ।'

'यो ‘हिट नट बर्न’ अर्थात दहन नगरी श्वासले तान्ने र धुवाँ सेवन गर्ने उद्देश्यले बनाइएको सुर्तिजन्य टोबाको स्टीक हो ।' स्टारकी बिक्रेता युवतीले पनि सिधाकुरासँग कुरा गर्दै सो सुर्तिजन्य पदार्थ भेप नभएको स्वीकार गरिन । 

पटक पटक उजुरी तर प्रशासन मौन 

नेपालको कानुनले धूम्रपानजन्य सामाग्रीको प्रयोगका लागि उत्प्रेरित गर्न नपाइने व्यवस्था गरेको छ । चुरोटजन्य पदार्थका कारण हुनसक्ने स्वास्थ्य जोखिमका कारण यसको प्रयोग निरुत्साहित गर्न सुर्तिजन्य पदार्थको बट्टा, र्यापर्स, प्याकेट तथा पार्सलको प्याकेजिङ र लेबलको बाहिरी भागको ९० प्रतिशत भागमा सुर्तिजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक छ भन्ने जनचेतनामुलक सन्देश र चित्र टाँस गर्नुपर्छ । 

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) ऐन,२०६८ को दफा ९ (१) र सुर्तिजन्य पदार्थको बट्टा प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा चेतावनीमुलक सन्देश तथा चित्र अङ्कित गर्ने निर्देशिका २०७१ को नियम ४ मा यस्तो व्यवस्था गरिएको छ । 


यदी कसैले यस्तो व्यवस्थाको बर्खिलाप हुने गरी काम गरेको पाइएमा सो ऐनको दफा ११ (७) र दफा १७ (५) (ख) मा कारबाहीको व्यवस्था छ । जसले ऐन विपरितको सुर्तिजन्य पदार्थ जफत गरी ५० हजारसम्म जरिवाना गर्नुपर्छ ।  तर, जगदम्बा ओभरसिजले यि सबै नियमहरु उलङ्घन गरेको छ । आफूले नियम मानेको देखाउन कम्पनीले टाइप गरेको कागज काटेर धुम्रपान निषेध र १८ वर्षभन्दा माथिका लागि मात्रै प्रवेशको अनुमति सूचना टाँस गरेको स्टोरमा देखिन्छ । 

अवैध धुम्रपान बिक्रिको स्टलबारे पटक पटक जिल्ला प्रशासन कार्यालय ललितपुरमा यसअघि उजुरी परेको थियो ।  ती उजुरीहरु सिधाकुरालाई पनि प्राप्त भएका छन् । ती उजुरीहरुमा जगदम्बा ओभरसिजले धुम्रपानजन्य सामाग्रीको बिक्रिमा सरकारको नियम नमानेको उल्लेख छ ।


यस्तो कार्य गर्ने कम्पनीलाई तत्काल कारबाही गर्न अधिकारकर्मीहरुले माग गरेका छन् । तर, आयातकर्ता कम्पनीले भने अवैध चुरोटको बिक्री विस्तार गर्दै लगेको छ ।

यस विषयमा जगदम्बा ओभरसिजसँग कुरा गर्न खोज्दा उनीहरु सम्पर्कमा आएनन् । आउटलेटमा भेटिएका कर्मचारीहरुले यस विषयमा आफूहरुलाई थाहा नहुने भन्दै पन्छिए । 

यता उजुरी लिएर पनि कुनै कारबाही नगरी बसेको ललितपर जिल्ला प्रशासनले भने सिधाकुराको जिज्ञासापछि अब ध्यान दिने बताएको छ । दशैँ लक्षित बजार अनुगमन सुरु भएको र अब सो स्टोरमा कानुन पालना भए नभएको हेरिने ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सिधाकुरालाई बताइन् । ‘हामीले अब दशैँ लक्षित बजार अनुगमन सुरु गरेका छौँ । यो विषय जानकारीमा भयो । हामी हेर्छौँ,’ सहायक प्रमुख जिल्ला अधिकारी नेपालले भनिन् । 

सो कम्पनीले यस अवधिमा कति मात्रामा यस्ता चुरोट बिक्री गर्यो भन्ने अझै खुलेको छैन् । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्रै नेपालमा चुरोट र सुर्तिजन्य वस्तु आयातमा १३ करोड ४३ लाख रुपैयाँ खर्च भएको छ । सुर्तिजन्य पदार्थ नियमन तथा नियन्त्रण ऐनले मापदण्ड नपुगेको चुरोटजन्य पदार्थ आयात गर्न समेत निषेध गरेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

सरकारी कर्जा दुरुपयोगको आरोप लागेका उमेश गुप्ता फेरि औद्योगिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस

एउटै परिवारका श्रीमान्–श्रीमतीलाई फरक फरक स्टार्टप कर्जा दिएर छानबिनमा तानिएका तत्कालीन कार्यकारी निर्देशक उमेशकुमार गुप्तालाई नै फेरि १ नम्बरमा सिफारिस गरेपछि प्रक्रिया नै विवादित बनेको हो ।
वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

वर्षौंपछि उर्लेको कालीले दियो कहिल्यै नमेटिने पीडा, मुस्ताङदेखि सुस्तासम्म कसरी फैलियो बाढी ?

मौसम पूर्वानुमान महाशाखादेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हरेक दिन, हरेक क्षण मौसमको अपडेट गराइरहे । सम्भावित क्षतिबाट जोगिने उपाय खोज्न र जोखिम कम गर्न भनिरहे...
भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

भोटेकोशी भेलबाढीबारे विश्वभरका वैज्ञानिकका १३ वटा साझा निचोड

वैज्ञानिकहरूको अध्ययनले पछिल्ला वर्षमा हिमालयमा भइरहेको तापक्रम वृद्धि र त्यससँग जोडिएका भौतिक परिवर्तनलाई भोटेकोशी भेलबाढीको महत्त्वपूर्ण पृष्ठभूमिका रूपमा औंल्याएका छन्।
सुदनको सनकमा चोलेन्द्रको ११ घण्टा

सुदनको सनकमा चोलेन्द्रको ११ घण्टा

पूर्वप्रधानन्यायाधीश चालेन्द्र शमशेर जबरालाई किन पक्राउ गरियो ? र, किन छाडियो ? सर्वत्र यही प्रश्न उठेको छ । योसँगै मध्यरातमा घरबाटै उठाउनुपर्ने कारण के थियो ? बिहानसम्म पर्खेको...