नेभिगेशन
सबै कुरा

चितवनसँग पाेखरा हार्याे

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा पोखरा एभेन्जर्सले लज्जास्पद हार व्योहोरेको छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्सका कप्तान कुशल भुर्तेलले टस जित्दै चितवन राइनोजलाई ब्याटिङको निम्तो दिएका थिए । जहाँ चितवन राइनोजले निर्धारित २० ओभरमा १६१ रन बनाएको थियो । चितवनले दिएको लक्ष्य पछ्याएको पोखराले १३.२ ओभरमा ७४ रन मात्रै बनाएको हो । एनपीएल प्रतियोगितामा पहिलोपटक मैदानमा उत्रिएको पोखरा एभेञ्जर्सले पहिलो खेलमै लज्जास्पद हार व्योहोरेको हो । 

CG

पोखरा एभेन्जर्सले पहिलो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो भने पहिलो ओभरमा ३ ब्याट्सम्यान गुमाएको थियो । जसमा सोहेल तनभिरको बलमा कुशल भुर्तेल आउट भएका थिए भने पाचौँ बलमा सोहेल तनभिरले नै दिलिप नाथलाई आउट गराएका थिए । त्यस्तै तनभिरकै बलको सामना गर्न नसक्दा छैटौँ बलमा बास डि लिडसमेत आउट भएका थिए । 

त्यस्तै ३.१ ओभरमा रिजन ढकालको बलमा दिनेश खरेल आउट भएका थिए भने ३.४ ओभरमा किरण ठगुन्ना खेलबाट बाहिरिएका थिए । त्यस्तै सोही ओभरमा अर्थात ३.६ ओभरमा माइकल लिस्क खेलबाट बाहिरिएका थिए । 

त्यस्तै ६.२ ओभरमा रेमन रेइफ, १०.२ ओभरमा म्याट क्रिट्ले, १२.५ ओभरमा नारायण जोशी, १३.२ ओभरमा बिपिन खत्री आउट भएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत

अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । अफगानिस्तानका जाइटुल्लाह शाहिनले तीन विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान दुई/दुई विकेट हात पारे ।
एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपीएलको सफल आयोजनापछि क्यानलाई आइसिसीको बधाई

एनपिएलको दोस्रो संस्करण सफलतापूर्वक आयोजना गरी सम्पन्न गरेकामा आइसीसी अध्यक्ष शाहले क्यानका अध्यक्ष चन्दलाई पत्राचार गर्दै बधाई दिएका हुन् ।
यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

यु–१९ एसिया कपः नेपालद्वारा बङ्गलादेशसामु १३१ रनको लक्ष्य

नेपालले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरको खेलमा ३१ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३० रन बनायो । नेपालका लागि अभिषेक तिवारीले सर्वाधिक ३० रन...
लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदूरपश्चिम यसपटक पनि उपविजेता

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो ।