नेभिगेशन
सबै कुरा

चितवनसँग पाेखरा हार्याे

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा पोखरा एभेन्जर्सले लज्जास्पद हार व्योहोरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्सका कप्तान कुशल भुर्तेलले टस जित्दै चितवन राइनोजलाई ब्याटिङको निम्तो दिएका थिए । जहाँ चितवन राइनोजले निर्धारित २० ओभरमा १६१ रन बनाएको थियो । चितवनले दिएको लक्ष्य पछ्याएको पोखराले १३.२ ओभरमा ७४ रन मात्रै बनाएको हो । एनपीएल प्रतियोगितामा पहिलोपटक मैदानमा उत्रिएको पोखरा एभेञ्जर्सले पहिलो खेलमै लज्जास्पद हार व्योहोरेको हो । 

Ncell
Extreme Energy

पोखरा एभेन्जर्सले पहिलो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएको थियो भने पहिलो ओभरमा ३ ब्याट्सम्यान गुमाएको थियो । जसमा सोहेल तनभिरको बलमा कुशल भुर्तेल आउट भएका थिए भने पाचौँ बलमा सोहेल तनभिरले नै दिलिप नाथलाई आउट गराएका थिए । त्यस्तै तनभिरकै बलको सामना गर्न नसक्दा छैटौँ बलमा बास डि लिडसमेत आउट भएका थिए । 

त्यस्तै ३.१ ओभरमा रिजन ढकालको बलमा दिनेश खरेल आउट भएका थिए भने ३.४ ओभरमा किरण ठगुन्ना खेलबाट बाहिरिएका थिए । त्यस्तै सोही ओभरमा अर्थात ३.६ ओभरमा माइकल लिस्क खेलबाट बाहिरिएका थिए । 

त्यस्तै ६.२ ओभरमा रेमन रेइफ, १०.२ ओभरमा म्याट क्रिट्ले, १२.५ ओभरमा नारायण जोशी, १३.२ ओभरमा बिपिन खत्री आउट भएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

एकदिवसीय मान्यता जोगाउने चुनौतीमा नेपाली क्रिकेट

आसन्न विश्वकप लिग–२ श्रृङ्खलामा नेपालले २५ र ३१ गते क्यानडा तथा असोज २७ र कात्तिक २ गते ओमान विरुद्ध खेल्ने तालिका छ ।
विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

विराट कोहली बने सबैभन्दा छिटो १५ हजार रन बनाउने खेलाडी

भारतीय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित क्रिकेटर विराट कोहलीले एकदिवसीय क्रिकेटमा १५ हजार रन पूरा गरेका छन् ।
भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरामा चार वटा अभ्यास खेल खेल्ने

विश्व पर्यटन दिवसका अवसर पारेर भुटानको राष्ट्रिय क्रिकेट टोलीले पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा चार वटा मैत्रीपूर्ण अभ्यास खेल खेल्ने भएको छ ।
एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्स खेल्ने क्रिकेट टोलीको बिदाइ

एसियन गेम्समा सहभागी हुन जापान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ ।

भर्खरै