नेभिगेशन
सबै कुरा

चिकित्सकको विश्लेषण: चितवनबाट पोखरा लगिएको बेला रविको स्वास्थ्य इमरजेन्सीमा भर्ना गर्नु पर्ने अवस्थाको थियो

काठमाडौँ । चितवन प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई गत बुधबार अस्वस्थ अवस्थामै अड्डासार गरेर रातारात पोखरा पुर्याइयो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दिनभर बयान सकेर जिल्ला प्रहरी परिसर चितवनको हिरासतमा रहेका लामिछानेलाई प्रहरी महानिरीक्षक वसन्त कुवँरको ठाडो आदेशमा चितवन प्रहरीले मध्यरात पोखरा लगेका थिए।

Ncell
Extreme Energy

जिल्ला प्रहरीका कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले राति १२ बजे जबरजस्ती लामिछानेलाई गाडीमा राखेर पोखरा पठाएका थिए । आफू अस्वस्थ रहेको, स्वास्थ्य परिक्षण गर्नु पर्ने, परिवारका सदस्यलाई भेट्नु पर्ने भन्दा भन्दै पनि उनलाई अड्डासार गरिएको विषय यतिबेला पेचिलो बनेको छ। 

रविमाथि गम्भिर मानवअधिकार हनन भएको भएको भन्दै रास्वपा र रवि पत्नी निकिता पौडेलले राष्ट्रिय मानव अधिकार आयोगमा लिखित उजुरी गरेका छन् । हिरासतमा रहेका रविमाथिको उक्त व्यावहारबारे स्थलगत अनुगमन पछि सोमबार प्रहरी महानिरीक्षक वसन्त कुवँरलाई मानव अधिकार आयोगले सोधपुछका लागि बोलाएको थियो ।

हिरासतमा रहेका लामिछानेमाथिको अमानवीय व्यवहारको  तीब्र आलोचना भइरहेको बेला हामीले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममुर्ती अनिललाई रविको स्वास्थ्य अवस्था र यसको जटिलताबारे कुरा गरेका थियौँ । डा. अनिलकाअनुसार समाचारमा सुनिएको र अदालतमा बहसका क्रममा भनिएको रक्तचापको अवस्था कुनै पनि प्रकारका बिरामीका लागि जटिल अवस्थाको हो ।

कुनै पनि सामान्य मानिसलाई सिस्टाेलिक (माथि) १८० र डायस्टाेलिक (तल) ९० को रक्तचाप देखिए तत्काल इमरजेन्सीमा भर्ना गरेर चिकित्सकिय निगरानीमा राखेर औषधी सेवन गराउनु पर्ने उनी बताउँछन् । 

रवि लामिछानेले अदालतमा गरेको बयान, उनको स्वास्थ्य अवस्था र यसलाई स्वास्थ्य विज्ञानमा कसरी हेरिन्छ भनेर डा.अनिलसँग गरेको कुराकानीको सम्पादित अंश यस्तो छ ।

पोखरामा पुगेर स्वास्थ्य परिक्षण गर्दा रविको रक्तचाप (ब्लड प्रेसर) १८० माथि र तल ९० थियो: 

 कुनै पनि मानिसमा १८० माथि र तल ९० रक्तचाप देखिएको छ भने यो अवस्थामा बिरामीको तत्काल स्वास्थ्य परिक्षण गरिनु पर्छ । अझ यस्तो अवस्थामा बिरामीको पुरानो मेडिकल हिस्ट्री हेरिनु पर्छ ।

यो भन्दा अघि उक्त बिरामीको ब्लड प्रेसर कस्तो थियो रु र उसले कुनै रक्तचापको औषधि खाने गरेको थियो कि थिएन भन्ने यकिन गरिनु पर्छ।

‘रविको उच्च ब्लड प्रेसरका मानिस होइनन् । उनले कहिल्यै प्रेसरको औषधी खाएका छैनन्’ रवि पत्नी निकिता पौडेल

यसको अर्थ एक्कासी ब्लड प्रेसर बढेको भनेर बुझ्नु पर्छ । यो अब एक्कासी थियो वा बिस्तारै बिस्तारै बढेको थियो भन्ने त मेडिकल हिस्ट्री हेरेर भन्ने कुरा हो । तर, यस अघि उच्च रक्तचाप नभएको र प्रेसरको औषधि नखाएको मानिसलाई यस्तो रक्तचाप देखिनु भनेको तत्काल अस्पताल भर्ना गर्ने र चिकित्सकले निगरानीमा राख्ने अवस्था हो । कतिपय मानिसको लक्षण नदेखिन सक्छ । लक्षण नदेखिने अवस्था अर्जेन्सीको अवस्था हो । तर, लक्षण देखिए तत्काल अस्पताल भर्ना गरिनु पर्छ ।   

रविले चितवन प्रहरीलाई भनेका थिए ‘टाउको दुखिरहेको छ । मलाई लैजानु अघि मेरो स्वास्थ्य परिक्षण गरिदेउ’

यसको अर्थ ब्लड प्रेशरको लक्षण देखिएको भन्ने हो । टाउको दुख्ने रिंगटा लाग्ने वा अन्य कुनै पनि लक्षण देखिएको अवस्थामा तत्काल अस्पताल भर्ना गरेर चिकित्सकको निगरानीमा औषधि खानु पर्छ, नियमित परिक्षण र रेखदेख गरिनु पर्छ । 

रवि लामिछानेको प्रेसर के कारणले बढेको हुन सक्छ ? 

सामान्यतय रक्तचाप शरिर भित्रको भित्रि सामस्या (किड्नी रोग, मुटु रोग), रक्तचाप उच्च हुने नियमित अवस्था र डरका कारण एक्कासी पनि उच्च रक्तचाप हुनसक्छ। 

कुनै पनि व्यक्तिमा डरका कारण रक्तचाप उच्च छ भने त्यसले शरिरमा हानी गर्दैन् । यो भनेको एकछिन हुन्छ र रोकिन्छ । तर, बिस्तारै बढ्दै उच्च अवस्थामा पुगेको र रक्तचाप स्थिर  अवस्थामा छ भने खतरापूर्ण मानिन्छ । यसको कारण खोजिनु पर्छ । मेडिकल भाषामा यसलाई चिकित्सकीय निगरानीमा राखिनु पर्ने भनिन्छ । जाडोमा स्ट्रेस पनि बढेको हुनक्छ ।

तीन दिनसम्म पनि रविको रक्तचाप उच्च छ । बिहीबार बिहान १८०/९० रहेको प्रेसर शनिबार पनि १८०/९० देखिएको छ।  

फरक फरक समयमा कसैको रक्तचाप १८० को अवस्थामा हुनु भनेको यो गम्भिर अवस्था हो । यस्तो अवस्थाका व्यक्तिलाई औषधि सेवन गराएर रक्तचाप नियन्त्रणमा राख्नु पर्छ । यसको भित्री अंगमा असर गरे, नगरेको शुक्ष्म परिक्षण गरिनुपर्छ । यस्तो अवस्थामा कुनै पनि चिकित्सकको फरक मत हुँदैन। 

यस्तै बयानका लागि अहिले रविलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । प्रहरी कार्यालयमै चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण गराइएको छ । चिकित्सकले रविको ब्लड प्रेसर आज पनि उच्च देखिएको बताएका छन् । उनको ब्लड प्रेसर १६०/११० देखाएको छ ।

यस्तो अवस्थामा विरामीले के गर्नु हुन्छ के गर्नु हुँदैन ?   

यस्तो अवस्थामा चिकित्सकले मेडिकल उपचारको योजना बनाउँछ । त्यो भनेको मोटामोटी एक साताको हुन्छ । बिरामीले औषधि सेवन गरेर आराम गर्नु पर्छ । तनाव घटाउनु पर्छ । चिकित्सकको नियमित निगरानीमा बिरामीलाई राख्नुपर्छ।

*यस अघि समाचारको शीर्षकमा अन्यथा भएकोमा सच्याइएको छ । सं.

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

सरकार र डा. गोविन्द केसीबीच सहमति, तोडे अनसन

बिहीबारदेखि धनगढीमा अनसन बसेका डा. केसीसँग वार्ता गर्न शिक्षामन्त्रीको निर्देशनमा शिक्षा सचिव चूडामणि पौडेल शनिबार धनगढी पुगेका थिए ।
नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पताल घटना: चिकित्सकमाथि आक्रमणको आरोपमा एक जना पक्राउ

नारायणी अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएको घटनापछि चिकित्सकमाथि भएको आक्रमण आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

धनगढीमा अनसनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या, लगियो अस्पताल

डा. केसी धनगढीको कृष्ण मन्दिर धर्मशालाको २११ नम्बर कोठामा सत्याग्रहमा बसेका थिए । उनलाई चिकित्सको सल्लाहमा प्रादेशिक अस्पताल सारिएको हो ।
जलन अस्पतालमा छैन खाली बेड

जलन अस्पतालमा छैन खाली बेड