नेभिगेशन
सबै कुरा

रवि लामिछानेलाई भेटेपछि माओवादी नेता देवेन्द्र पौडेल भन्छन्, ‘यो पूर्वाग्रह हो, राज्यले पूर्वाग्रह राख्नुहुँदैन’

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका नेता तथा सांसद देवेन्द्र पौडेलले प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेटेका छन् । सोमबार कास्की प्रहरीको हिरासतमा पुगेर पौडेलले लामिछानेसँग भेट गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

लामिछानेलाई भेटेर बाहिरिने क्रममा पौडेलले राज्यले रवि लामिछानेविरुद्ध पूर्वाग्राहीपूर्ण व्यवहार गरेको बताएका छन् । सरकारको काम गलत गर्नेलाई कारबाही र निर्दोषलाई न्याय दिलाउने काम भएको तर रविको हकमा सो नभएको नेता पौडेलले बताए । ‘यो पूर्वाग्रह हो । पूर्वाग्रह राज्यले राख्नुहुँदैन । पूर्वाग्रह नराखिकन गल्ती गर्ने नउम्कने र निर्दोषलाई नफसाउने, यो सिद्धान्तअनुसार राज्य अघि बढ्न सक्नुपर्थ्याे । पछिल्लो समय त्यो दिशातर्फ सरकार अघि बढेको हामीले महसुस गरेका छैनौँ ।’, नेता पौडेलले भने । 


त्यस्तै सहकारीसँग सम्बन्धित अन्य थुप्रै मुद्दाहरुलाई बेवास्ता गर्दै पूरै राज्यसंयन्त्र एक व्यक्तिको पछि लाग्नु पूर्वाग्रह भएको नेता पौडेलको ठहर छ । ‘सहकारीसँग सम्बन्धित अरु थुप्रैको प्रश्न उठेको छ, छानबिन समितिले थुप्रैको बारेमा छानबिन गर्ने भनेको छ, केही त छानबिनको प्रक्रियामा हुनुहुन्छ तर केहीलाई उन्मुक्ति दिएर केही पनि गरिएको छैन । यो पूर्वाग्रह हो ।’, उनले भने । 

त्यस्तै उनले आजको रवि लामिछानेसँगको भेटमा उनको स्वास्थ्य अवस्था, राज्यको व्यवहारबारे जानकारी लिएको उनले बताए । नेता पौडेलले आफूहरुको भेट सरकार बनाउने र फुटाउनेसँग सम्बन्धित नभएको प्रष्ट्याएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...