नेभिगेशन
सबै कुरा

संसदप्रतिको जनधारणा कमजोर हुँदै गएको छ : सभामुख घिमिरे

काठमाडाैँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदप्रतिको जनधारणा कमजोर हुँदै गएको बताएका छन् । संसदीय मामिला पत्रकार समाजले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसदीय गतिविधिहरु प्रभावकारी हुन नसकेका कारण संसदप्रतिको जनधारणा कमजोर हुँदै गएको बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले सांसदहरु निजी काम र निर्वाचन क्षेत्रमा बढि केन्द्रीत हुँदा संसदीय गतिविधि कमजोर हुँदै गएको र ऐन कानूनहरु पनि समयमा नै अघि बढ्न नसकेको धारणा राखे । संसदीय समितिहरुलाई नियमित ढंगले सञ्चालनका लागि आफुले पटक पटक दलीय रुपमा र समिति सभापतिहरुसँग निरन्तर छलफल गरेको उनले बताए । 

Ncell
Extreme Energy

सभामुख घिमिरेले संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयकहरु कार्यान्वयनमा जान नसकेको धारणा राखे । विद्यालय शिक्षा विधेयकलाई छिटै पारित गर्न देखिएका अप्ठेरा समाधान गर्न, संघीय निजामति विधेयकलाई सम्पन्न गर्नका लागि पनि पटक पटक आफुले सहजीकरण गरिरहेको उनको भनाई छ । 

त्यस्तै राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभामा बनेका मानकहरुलाई कम प्राथमिकता दिएको बताए । उनले सांसद, संसद सचिवालय, पत्रकार र नेपाली जनताको बीचको समुन्नयलाई ठीक ढंगले अघि बढाउन सके नेपालको संसदीय गतिविधिलाई अघि बढाउन सहज हुने उल्लेख गरे । 

कार्यक्रममा संसदीय मामिला पत्रकार समाजले प्रकाशन गरेको संसदीय पत्रकारिताः अवधारणा र अभ्यास नामक पुस्तक बिमोचन गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...