नेभिगेशन
सबै कुरा

रवि लामिछानेमाथि अनुसन्धान भइरहँदा दलहरुले वक्तव्यवाजी गर्दा अनुसन्धान प्रभावित हुने देखियो : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यले गरेको अनुसन्धानलाइ प्रभावित गर्ने काम उचित नभएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दि राइजिङ नेपालको ५९ औं वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान भइरहदा राजनीतिक दलबाट वक्तव्य जारी गर्ने र सडकमा आन्दोलन गर्ने प्रवृतिले अनुसन्धानलाइ प्रभावित गर्ने देखिएको बताएका हुन् । ‘अदालतमा गएको कुरा त अनुसन्धान हुन दिनुपर्यो नि । सडकमा गएर त्यो अपराधी हैन, भ्रष्टाचारी हैन, फलानाले बेतिथि गरेको हैन भनेर सडकबाट मुद्दा उल्टाउने प्रयास भइरहेको । त्यो चाहीँ हाम्रो सरकार निष्पक्ष भएर लाग्दा देखिएको परिणाम हो, त्यसका विरुद्ध विभिन्न राजनीतिक दलहरु लागिरहेको देखिन्छ ।’, मन्त्री गुरुङले भने । 

Ncell
Extreme Energy

न्यायलयमा गइसकेको बिषयमा त्यसले गर्ने निर्णयलाई सवैले मान्नुपर्ने उनले बताए । उनले सरकारको ध्यान सुशासन तथा राजनीतिक स्थायीत्व प्रदान गर्नेमा केन्द्रीत रहेको उल्लेख गरेका छन् । गुरुङले अहिले संविधान र व्यवस्थामाथि भइरहेको हमलाको यथोचित जवाफ सरकारले दिइरहेको धारणा राखे । 

त्यस्तै उनले सरकारको कार्यशैलीलाइ सुधारेर अस्तव्यवस्त रहेको मलुकको अवस्थालाई व्यवस्थीत गर्दै अघि बढिरहेको बताए । गुरुङले मुलकमा दिगो स्थायीत्व कायम गर्न सके मात्रै दिगो बिकास सम्भव रहेको बताउँदै  सरकारी सञ्चारमाध्यमलाई बलियो र प्रतिष्पर्धी बनाउनुपर्नेमा पनि जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायता विधेयक सदनमा

निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक २०८३ प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको छ ।
जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

जोखिमयुक्त स्थान र विद्यालयमा काठमाडौँ महानगरको निगरानी

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौँ महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ ।
सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

सुनुवाइ समितिले माग्यो प्रस्तावित राजदूविरुद्ध उजुरी

संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ ।
हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

हाजिर गरेर टाप कस्ने सांसदलाई कडाइ गर्दै रास्वपा, अब सुरुदेखि अन्त्यसम्म बैठकमा अनिवार्य बस्नैपर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीले हाजिर गरेर टाप कस्ने (हाटा) सांसदहरुलाई कडाई गरेको छ । प्रतिनिधिसभामा १८२ सांसद भएको रास्वपाले संसद बैठकको उपस्थितिलाई थप व्यवस्थित गर्न यो कदम चालेको हो...