नेभिगेशन
सबै कुरा

रवि लामिछानेमाथि अनुसन्धान भइरहँदा दलहरुले वक्तव्यवाजी गर्दा अनुसन्धान प्रभावित हुने देखियो : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राज्यले गरेको अनुसन्धानलाइ प्रभावित गर्ने काम उचित नभएको बताएका छन् । 

दि राइजिङ नेपालको ५९ औं वार्षिकोत्सवको अवसरमा सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले सहकारी प्रकरणमा रवि लामिछानेमाथि अनुसन्धान भइरहदा राजनीतिक दलबाट वक्तव्य जारी गर्ने र सडकमा आन्दोलन गर्ने प्रवृतिले अनुसन्धानलाइ प्रभावित गर्ने देखिएको बताएका हुन् । ‘अदालतमा गएको कुरा त अनुसन्धान हुन दिनुपर्यो नि । सडकमा गएर त्यो अपराधी हैन, भ्रष्टाचारी हैन, फलानाले बेतिथि गरेको हैन भनेर सडकबाट मुद्दा उल्टाउने प्रयास भइरहेको । त्यो चाहीँ हाम्रो सरकार निष्पक्ष भएर लाग्दा देखिएको परिणाम हो, त्यसका विरुद्ध विभिन्न राजनीतिक दलहरु लागिरहेको देखिन्छ ।’, मन्त्री गुरुङले भने । 

न्यायलयमा गइसकेको बिषयमा त्यसले गर्ने निर्णयलाई सवैले मान्नुपर्ने उनले बताए । उनले सरकारको ध्यान सुशासन तथा राजनीतिक स्थायीत्व प्रदान गर्नेमा केन्द्रीत रहेको उल्लेख गरेका छन् । गुरुङले अहिले संविधान र व्यवस्थामाथि भइरहेको हमलाको यथोचित जवाफ सरकारले दिइरहेको धारणा राखे । 

त्यस्तै उनले सरकारको कार्यशैलीलाइ सुधारेर अस्तव्यवस्त रहेको मलुकको अवस्थालाई व्यवस्थीत गर्दै अघि बढिरहेको बताए । गुरुङले मुलकमा दिगो स्थायीत्व कायम गर्न सके मात्रै दिगो बिकास सम्भव रहेको बताउँदै  सरकारी सञ्चारमाध्यमलाई बलियो र प्रतिष्पर्धी बनाउनुपर्नेमा पनि जोड दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...