नेभिगेशन
सबै कुरा

‘राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार’: चन्द्र ढकाल

गोदावरी (कैलाली) । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले संसद्का ठूला दलहरू मिलेर बनेको सरकारबाट राजनीतिक र नीतिगत स्थायित्वले अर्थतन्त्रमा सुधार आउने विश्वास व्यक्त गरेका छन् ।

धनगढीमा आज आयोजित कैलाली उद्योग वाणिज्य सङ्घको ५०औँ स्वर्णिम वर्ष तथा वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले  नीतिगत अस्थिरताका कारण अर्थतन्त्रमा ठूलो समस्या देखिएकाले नेपाल राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने बताए ।

CG

सेयर बजारले गति लिन थालेको सन्दर्भ उल्लेख गर्दै अध्यक्ष ढकालले बजारमा माग सृजना गर्न र उत्पादनमूलक क्षेत्रको वृद्धिका लागि सरकारले थप सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । उनले सङ्घसँगै प्रदेश सरकार स्थायी हुने सम्भावना देखिएकाले प्रदेशमा आर्थिक गतिविधि चलायमान बनाउन प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनुपर्ने बताए ।

कार्यक्रममा कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले सुदूरपश्चिम प्रदेशमा आर्थिक गतिविधि चलायमान बनाउन उद्योग वाणिज्य सङ्घले प्रभावकारी भूमिका खेलिरहेको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरताः केन्द्रीय बैंक

मौद्रिक नीतिको सजगतापूर्ण लचिलो कार्यदिशालाई निरन्तरताः केन्द्रीय बैंक

आन्दोलनको क्रममा केही होटलमा क्षति भए पनि नेपालको शान्ति सुरक्षामा पर्यटक आश्वस्त देखिएकाले बाह्य पर्यटक आगमन बढेको छ”, मौद्रिक नीतिको समीक्षामा भनिएको छ ।
मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता

मौद्रिक नीति पहिलो त्रैमासिक समीक्षाः मौद्रिक उपकरणमा थप लचकता

राष्ट्र बैङ्कका अनुसार ब्याजदर करिडोरको तल्लो र माथिल्लो सीमाबीचको दूरी क्रमशः घटाउँदै नीतिगतदरलाई करिडोरको बीचमा कायम गर्ने उद्देश्यले करिडोरको माथिल्लो सीमाका रूपमा रहेको स्थायी तरलता सुविधा दरलाई छ...
प्रभु बैंकका सीईओ शेरचनसँगै डीसीईओ र सीसीओ पनि पक्राउ

प्रभु बैंकका सीईओ शेरचनसँगै डीसीईओ र सीसीओ पनि पक्राउ

बैंकले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन तथा प्रचलिन कानुन विपरित कार्य गरी बैंकलाई हानी नोक्सानी पुर्याएको तथा सोही अपराधलाई लुकाउन विभिन्न कम्पनीहरुको नाममा करोडौँ रकम कर्जा प्रवाह...
प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

प्रभु बैंकका सीईओ अशोक शेरचन पक्राउ

शेरचनलाई बैंकको केन्द्रीय कार्यालय अनामनगरबाट नियन्त्रणमा लिइएको सिआईबीले जनाएको छ ।