नेभिगेशन
सबै कुरा

२ अर्ब बराबरको सम्पत्ति जफत गर्दै गृहमन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Ncell
Extreme Energy

त्यस क्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिए । “पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको छ”, उनले भने, “हामीले अदालतबाट सोसम्बन्धी भएका फैसलाको लगत सङ्कलनका लागि शाखा अधिकृतको नेतृत्वमा पाँच वटा समूह बनाएर खटाएका छौँ ।” महानिर्देशक पन्थीले सम्पत्ति जफतसम्बन्धी विभिन्न अदालतबाट तीन हजार पाँच सय फैसला भएको जानकारी दिए। 

उनले रु दुई अर्ब बराबरको सम्पत्ति जफतको तयारी भइरहेको बताए । पहिलो चरणमा पाँच पूर्वप्रशासकले भ्रष्टाचारबाट आर्जन गरेको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेको सम्पत्ति जफतको प्रक्रिया अघि बढाइएको जानकारी दिए । 

अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएको अवस्थामा मन्त्रालयले जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढाएको गृहमन्त्रालयले जनाएको छ । कसुरजन्य सम्पत्ति जफतसम्बन्धी ऐनअनुसार सर्वोच्चबाट फैसला भएका घरजग्गा जफत गरी सरकारका नाममा ल्याउने कार्य तीव्र गतिमा बघि बढाइने महानिर्देशक पन्थीको भनाइ छ ।

विभागका अनुसार पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामात्रा चतुर्वेदीको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने प्रक्रिया मन्त्रिपरिषद्मा पुगेको हो । यस्तै, आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा पनि जफतका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ ।

विगतमा आपराधिक गतिविधिमा संलग्न भारतको असाम राज्यका निरञ्जन होजाइले नेपाली महिलाका नाममा काठमाडौँको जोरपाटीमा राखेको जग्गा र घर जफतका लागि गृह मन्त्रालयले अघि बढाएको हो । डेढ वर्षअघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सो घर खाली गराए पनि सरकारको नाममा आउन नसकेको महानिर्देशक पन्थीले बताए । “होजाइसँग विवाह गरेकी सरिता गिरीको नाममा सो घरजग्गा छ”, उनले भने, “होजाइले नेपालमा निर्मल राईका नाममा नागरिकता लिई आफ्नो पहिचान लुकाएर आतङ्कवाद/आपराधिक गतिविधिको पैसा ल्याएका थिए । सिन्धुपाल्चोककी सरितासँग बिहे गरी उनी र उनको परिवारका नाममा सम्पत्ति लुकाएको अनुसन्धानमा भेटिएपछि मुद्दा दायर भएको थियो ।” महानिर्देशक पन्थीले कसुरजन्य सम्पत्ति जफतको कामलाई तीव्रता दिइने बताए ।  

जफतको ठहर भएका घरजग्गा लिलामी गर्ने वा सरकारका नाममा ल्याउने दुवै विकल्प कानुनले दिएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत गर्न लागिएका घरजग्गा भने सरकारका नाममा ल्याएर सरकारी प्रयोजनमा प्रयोग गरिने विभागले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

पासपोर्टसम्बन्धी नयाँ कानुन ल्याउँदैछ सरकार, विदेशमा रहेका नेपालीले सहजै पाउने

त्यसभन्दा अघि पनि राज्यका निकायमा बसेकाहरूले पासपोर्ट दुरूपयोग गरेको घटना सार्वजनिक नभएको होइन । कतिले सफाइ पाए, कतिले अझै मुद्दा खेपिरहेका छन् । सरकारले दुरुपयोगमा कठोर बन्ने गरी...
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...